कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टेलिकमद्वारा ‘क्लोज युजर ग्रुप’ का लागि नयाँ प्याकेज

काठमाडौं — नेपाल टेलिकमको ‘क्लोज युजर ग्रुप (सीयूजी)’ योजनाका प्रयोगकर्ताका लागि कम्पनीले नयाँ प्याकेज ल्याएको छ । यसअन्तर्गत टेलिकमको जीएसएम पोस्टपेडका ग्राहकले मंसिर १० देखि कुरा गर्न सस्तो महसुल तय गरिएको विज्ञप्तिमा छ ।

टेलिकमद्वारा ‘क्लोज युजर ग्रुप’ का लागि नयाँ प्याकेज

कम्पनीले ‘क्लोज युजर ग्रुप’ मा ५० देखि सय जनालाई समावेश गर्न सकिने जनाएको छ । ग्रुपमा रहेका सबैसँग कुरा गर्न प्रतिमिनेट ५० पैसा मात्र लाग्ने छ । त्यस्तै समूह भित्रका ग्राहकले १ सय १ देखि २ सय जना रहेमा ४५ पैसा र २ सय १ देखि ५ सय जना ग्राहक भएमा ४० पैसा प्रति मिनेटमा कुरा गर्न सकिने छ । यसबाहेक नियमअनुसार अतिरिक्त कर लाग्ने विज्ञप्तिमा छ ।

सीयूजी सुविधा लिन चाहने कर्पोरेट समूहले ग्रुपमा राख्न चाहने ग्राहकको नामावाली र अन्य कागजातसहित उपत्यकाका लागि मोबाइल सेवा निर्देशनालय पुल्चोक र उपत्यका बाहिरका लागि सम्बन्धित क्षेत्रीय निर्देशनालयमा सम्पर्क राख्नुपर्ने विज्ञप्तिद्वारा टेलिकमले जनाएको छ । जीएसएम पोस्टपेड सेवाका ग्राहकले मासिक रूपमा तिर्नुपर्ने न्यूनतम महसुल ३ सय रुपैयाँभित्र नै यो सुविधा लिन सक्ने विज्ञप्तिमा छ ।

प्रकाशित : मंसिर १०, २०७२ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?