कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेरिस आक्रमणकारी तीन समूहमा

आक्रमणकारी मध्ये एक फ्रान्सेली नागरिक
बीबीसी

फ्रान्स — पेरिस सरकारका मुख्य अभियोजकका अनुसार शुक्रबार साँझ १२९ जनाको ज्यान जाने र ३५० जना घाइते हुने गरी भएको आक्रमण तीनवटा समूहमा भएको दाबी गरेका छन् ।

पेरिस आक्रमणकारी तीन समूहमा

‘हामीले उनीहरु कहाँबाट आए भनेर पत्ता लगाउन बाँकी छ,’ फ्रांकोइस मोलिन्सले भने, ‘र उनीहरुलाई कसले आर्थिक साहयता दिए भन्ने पनि पत्ता लगाउनु छ ।’ उनको अनुसार ७ जना आक्रमणकारीहरु मारिएका छन् र उनीहरु अत्याधिक मात्रामा गोली गठ्ठासहित सुसज्जित भएको र बिष्फोटक पदार्थभएको बेल्ट लगाएका थिए ।

इश्लामिक स्टेट (आइएस)का लडाकुले शुक्रबार पेरिसको विभिन्नस्थानमा लगभग एकै समयमा आक्रमण गरेका थिए । उनीहरुले भव्य कन्सर्ट भइरहेको कन्सर्ट हल, फ्रान्स र जर्मनीबीच मैत्रीपूर्ण फुटबल खेल भइरहेको राष्ट्रिय रंगशाला तथा रेस्टुरेन्ट र बारमा हमला गरेका थिए ।
 
फ्रान्सका प्रधानमन्त्री म्यान्युल भाल्सले फ्रान्सले सिरियामाथि आइएस विरुद्ध गरिरहेको हवाई कारवाही नरोक्ने र ती सुसंगठित शत्रु भएको प्रतिक्रिया दिएका छन् ।

मोलिन्सका अुनसार मारिएका आक्रमणकारी मध्ये एक २९ वर्षिय फ्रेन्च नागरिक ओमार इमाइल मोस्तेफी रहेको बताएका छन् । मोस्तेफी विरुद्ध प्रहरीसँग अपराधीक रेकर्ड रहे पनि उनी हालसम्म जेल भने परेका थिएनन् ।

मोस्ताफीको औंला बाटाक्लान कन्सर्ट हलको अगाडी भेटिएपछि उनको फिंगर प्रिन्टका आधारमा उनको पहिचान भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

मोस्ताफी पेरिसबाट २५ किमि दक्षिणमास्थित काउरकाउरोन्नेस भन्ने सहरका बासिन्दा भएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई सुरक्षा निकायले अतिवादीहरुको सुचीमा राखे पनि केही कारवाही भने गरेका थिएनन् ।

अनुसन्धानकर्ताहरुले मोस्ताफी सन् २०१४मा सिरिया गए नगएको अनुसन्धान गर्दैछन् ।
प्रहरीले मोस्तफीको पिता र दाइलाई अनुसन्धानका लागि हिरासतमा लिइ उनीहरुको घरमा समेत खानतलासी गरेको छ ।

‘जे भयो त्यो पागलपन हो,’ मास्ताफीका दाइले प्रहरी समक्ष आत्मसमर्पण गर्नु अघि भनेका थिए, ‘म पेरिस मै थिएँ ।’ उनको अनुसार उनले धेरै वर्षदेखि आफ्नो भाइलाई भेटेका थिएनन् ।

यस्तै शनिबार बेल्जियममा पक्राउ परेका तीनजनाको पेरिस आक्रमणमा संलग्नता रहे नरहेको अनुसन्धान भइरहेको छ । बेल्जियन प्रधानमन्त्री चाल्र्स मिचेलले आनुसन्धानकर्ताहरुले पक्राउ परेकाहरुको पेरिस कनेक्सनको जाँच भइरहेको प्रतिक्रिया दिएका छन् ।

पेरिस आक्रमणकारीहरुले क्लासिनोभ राइफलको र एकै प्रकारको बिष्फोटक सामाग्रीको प्रयोग गरेको अनुसन्धानकर्ताहरुले दाबा गरेका छन् ।

प्रकाशित : कार्तिक २९, २०७२ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?