काठमाडौं-निजगढ फास्ट ट्र्याकको डीपीआर आफैं बनाउने सेनाको निर्णय

मुलुकको आर्थिक विकासमा महत्वपूर्ण रहने भनिँदै आएको काठमाडौं-निजगढ द्रुत मार्ग (एक्सप्रेस वे)को कामका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाली सेना स्वयंले बनाउने भएको छ ।

दीपक मनाङेलाई ५ वर्ष कैद

सर्वोच्च अदालतले मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित दीपक मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गरेको छ । मनाङे स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएर विजयी भएका हुन् । 

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले पक्का

प्रदेश नम्बर १ मा मुख्यमन्त्री एमालेले पाउने पक्काजस्तै भएको छ । ऊसँग गठबन्धनमा रहेको माओवादी केन्द्रले सभामुख पदमा दाबी गरेको छ । यो प्रदेशमा सरकार गठनका लागि एमाले एक्लैको प्रस्ट बहुमत छ ।

दीपक मनाङेलाई ५ वर्ष कैद

सर्वोच्च अदालतले मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित दीपक मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गरेको छ । मनाङे स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएर विजयी भएका हुन् । 

आयोगद्वारा राष्ट्रियसभा निर्वाचनबारे दलहरुसँग छलफल

निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ । 

कर्णालीको विकासका लागि ९ वटा कर्णाली विशेष योजना

सरकारले कर्णाली क्षेत्रको विकासको लागि एकीकृत रुपमा दिगो योजना तयार गर्न बनाएको कर्णाली विकास आयोगले १० वर्षे विकास योजनाको मस्यौता तयारी गरेको छ ।

भर्जिनियामा ल्होछार मनाइयो

ग्रेटर वासिंटन तमु समाजले अमेरिकाको भर्जिनियामा खि ल्होछार मनाएको छ । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले प्रमुख अतिथिका रुपमा उपस्थित थिए । 

म्यानचेस्टरले दूरी घटायो

म्यानचेस्टर युनाइटेडले सोमबार राति इंग्लिस प्रिमियर लिगमा स्टोकमाथि सजिलो ३–० को जित निकालेको छ । म्यानचेस्टरका लागि एन्टोनियो भ्यालेन्सिया र एन्थोनी मार्टिएलल पहिलो हाफमा गोल गरे । 

नेपालले अस्ट्रेलियालाई हरायो

दृष्टिविहीन वान डे विश्वकप क्रिकेटअन्तर्गत नेपालले सोमबार अन्तिम खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यूएईस्थित अजमान मैदानमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले नेपालसामु २ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

पहिलो दिनै अमेरिकीलाई झट्का

राफेल नाडलले चोटको समस्याबाट मुक्त भएको संकेत दिँदै अस्ट्रेलियन ओपन टेनिसमा सोमबार विजयी सुरुआत गरेका छन् । प्रतियोगिताको पहिलो दिन सोमबार अमेरिकी खेलाडीहरूका लागि खराब रह्यो । भेनस विलियम्ससँगै माथिल्लो वरीयताका खेलाडी पराजित हुँदै बाहिरिए । 

कोहलीको उत्कृष्ट शतक

भारतीय कप्तान विराट कोहलीले अघिल्लो दिनको लय जारी राख्दै दोस्रो टेस्टको तेस्रो दिन शतक पूरा गरेका छन् । सोमबार कोहलीले भारतको अन्तिम विकेटका रूपमा पेभेलियन फर्कनुअघि २१ औं शतक प्रहार गर्दै १ सय ५३ रन जोडे । भारत पहिलो इनिङ्समा ३ सय ७ रनमा अलआउट भयो, जुन दक्षिण अफ्रिकाको पहिलो इनिङ्सको स्कोरभन्दा २८ रन कम हो ।

माघको जाडोमा पनि ज्योतीले तताईन् दर्शकलाई 

माघ महिना पहिलो दिन अर्थात माघेसंक्रान्ति । जाडोको चरम उत्कर्षको बेला । तर, सेतै कपाल फुलेका आधाबैशेहरु पनि हौसिएका छन् । जोसिएर हुलबाट हात ठड्याइरहेका छन् ।

“मिस्टर झोलेबाट सन्तुष्ट छु”

भ्यात्त पेट निस्केका, मंगोलियन अनुहारका दयाहाङ राईलाई ‘लुट’ बाट निर्देशक निश्चल बस्नेतले गोप्ले चरित्रमार्फत आम चिनारी दिए । अझ अघि बढेर निर्देशक रामबाबु गुरुङले त दयाहाङलाई काजीको भूमिकामा ‘कबड्डी’ को हिरो नै बनाइदिए ।

लिलिबिलीको रोमान्टिक गीत

फिल्म ‘लिलिबिली’ को रोमान्टिक गीतको भिडियो आएको छ । स्कटल्यान्डमा छायांकन गरिएको गीत ‘इज इट लभ...’ को भिडियो सोमबार राजधानीमा सार्वजनिक गरिएको हो ।

‘पिँजडा ब्याक अगेन’ शुक्रबारै

सोनाम ल्होसारको बिदा पारेर बिहीबारै रिलिज गर्ने भनिएको फिल्म ‘पिँजडा ब्याक अगेन’ राजधानीमा भने शुक्रबार प्रदर्शनमा आउने भएको छ । फिल्म उपत्यकाबाहिर भने बिहीबारदेखि नै प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । 

पूर्वमा “सर्जमिन”

पुष्कर शमशेरको कालजयी कथा ‘परिबन्द’ लाई रंगकर्मी प्रवीण खतिवडाले नाटय रूपान्तरण गरे । उनैले निर्देशन गरेको नाटकले प्रशंसा पायो । त्यही नाटक ‘सर्जमिन’ अहिले पूर्वका विभिन्न सहरमा मञ्चन भइरहेको छ । मण्डला थिएटर नेपालका कलाकारहरूद्वारा अभिनीत नाटक आइतबार र सोमबार परिवर्तन थिएटरको आयोजनामा झापाको धुलाबारीमा प्रदर्शन गरियो । 

आयुर्वेदले दिन्छ दीर्घायु

रोगप्रतिरोधक क्षमता बलियो भए हाम्रो शरीर थुप्रै संक्रमण र रोगबाट आफैं जोगिन सक्छ । अनि हामी स्वस्थ र बलियो भएर आनन्द साथ दीर्घजीवन बाँच्न सक्छौं । प्राचीनकालदेखि नै ऋषिमुनिले स्वस्थ भएर सय वर्ष बाँच्नका लागि विभिन्न आयुर्वेदिक र जीवनशैलीसम्बन्धी प्रक्रिया अपनाउन उपायहरू सुझाएका छन् । यसैले होला, रोगप्रतिरोधक क्षमता बढाउने उपायबारे आयुर्वेदले हजारौँ वर्षअघि वर्णन गरेको छ । 

यस्ता छन् महका फाइदा

मौरीले फूलको रस चुसेर त्यसमा अतिरिक्त पदार्थहरू मिलाई चाकामा एकत्र गर्दा बन्ने प्राकृतिक गुलियो पदार्थ हो- मह । पृथ्वीमा पाइने सबैभन्दा पुरानो गुलियो वस्तु हो( मह । यसलाई परापूर्वकालदेखि नै मानव स्वास्थ्यका लागि अमृतसमान मानिँदै आएको छ । 

निरन्तर हवाईयात्राले रोगको जोखिम 

सधैँ हवाईयात्रामा हुँदा दीर्घ रोग सक्न सक्छ । एउटा अध्ययनमा दाबी गरिए अनुसार, निरन्तर हवाईयात्रा जेट ल्यागको कारक बन्न सक्छ र हुँदाहुँदा यसबाट क्यान्सरको खतरा पनि बढ्न सक्छ ।

धूमपानले गर्दा आन्द्रा सुन्निने समस्या 

धूमपानले एकरत्ती फाइदा गर्दैन भन्ने सर्वविदितै छ । यो फोक्सोको क्यान्सरको प्रमुख कारक त हुँदै हो, त्यसअघि यो अम्मलले आन्द्रालाई पनि क्षति पुर्‍याउँछ । हालै गरिएको एउटा अध्ययन अनुसार, धूमपानका कारण आन्द्रामा क्षति पुग्न सक्छ र त्यसै कारण कोलाइटिसको खतरा बढ्ने आशंका हुन्छ । 

अमृत फल सुन्तला

जाडोयाममा घाममा बसेर अमिलो, गुलियो, रसिलो सुन्तला खाँदाको आनन्द हामी बिर्सन सक्दैनौं । यसको रस शताब्दियौँदेखि औषधीय गुणका लागि चिनिने गरेको छ । सुन्तला स्वास्थ्यवद्र्धक फल हो । उपवास र सबै रोगमा सुन्तला उपयोग गर्न सकिन्छ ।

विमानस्थल झडपमा मृत्यु हुनेको संख्या २० पुग्यो

लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूले आक्रमण गरेपछि सुरक्षाकर्मी र आतङ्ककारीबीच भएको झडपमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । उक्त आक्रमणमा अन्य ६३ जना घाइते भएका छन् । 

मोदी र नेतान्याहुले भने–भारत–इजरायल सम्बन्ध नयाँ युगमा

भारत र इजरायलले दुई देशको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको जनाएका छन् । रक्षा, कृषि र नागरिक उड्ययन क्षेत्रबारे नयाँ सम्झौतामा हस्ताक्षर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका इजरायली समकक्षी बेन्जामिन नेतान्याहुले यस्तो बताएका हुन् । 

ओलम्पिकबारे दुई कोरिया वार्ता 

आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिक खेलमा उत्रेर कोरियाको सहभागिताको योजनाबारे दुई कोरियाबीच सोमबार वार्ता भएको छ । उक्त वार्ता दुई देशको सीमा क्षेत्रमा पर्ने पन्मुन्जोममा भएको हो । 

आत्मघाती आक्रमणमा कम्तीमा ३५ मारिए

इराकको राजधानी बग्दादमा सोमबार गरिएका आत्मघाती बम आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । आक्रमण तीन दिनयता दोस्रो पटक गराइएको हो । 

अब्बासद्वारा ट्रम्पको आलोचना

प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण मध्यपूर्व शान्ति प्रयास जोखिममा परेको भन्दै कडा शब्दमा आलोचना गरेका छन् । रमल्लाहमा विभिन्न राजनीतिक गुटको दुई दिने बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

उमंगको माघी

बाबाके सागर गैनु हा, मुरिया लाहनरानीके सिदुर छुटल पानी घाट, सखिए होमाघीको दिन । थारू समुदायका छोरीचेली बिहानै नदीमा नुहाउन जान्छन् र फर्केपछि बाबासँग विवाहका लागि केटा खोजिदिन अनुरोध गर्दै छोरीले यसरी गाउँछिन्– ‘बिहानै सागरमा नुहाउन गएँ तर सिन्दुर घाटमै छुट्यो ।’

सिईएस २०१८को आकर्षण : ८के टीभीदेखि स्लिपिङ् मास्कसम्म   

अमेरिकाको नेभादा प्रान्तस्थित लस भेगासमा हालै सम्पन्न कन्ज्युमर इलेक्ट्रोनिक शो (सिईएस) मा नयाँ–नयाँ प्रविधिहरुको प्रदर्शन गरिएको छ । प्रदर्शित प्रविधिहरु धेरैका लागि काल्पनिक लागेपनि ति सबै वास्तविक हुन् । अधिकांश उत्पादनहरु नौलो र आश्चर्यजनक थिए । नयाँ प्रविधियुक्त स्मार्टफोनदेखि भविष्यमा ल्याइने पछिल्ला अविष्कारलाई समेत सिईएसमा प्रदर्शन गरिएको थियो । 

प्रविधिमा २०१७ : 'क्वान्टम कम्प्युटर'देखि 'द सेल एट्लस’

सन् २०१७ मा विभिन्न प्रविधिको विकास भए । ति सबै अगामी केही वर्ष शक्तिशाली नै रहने छन् । केहीले विश्वको अर्थव्यस्थालाई प्रभावित पार्ने छन् भने केहीले राजनीतिलाई । गत वर्ष औषधी विज्ञानका लागि पनि त्यति नै महत्वपूर्ण रहयो, थप औषधीहरु विकसित गर्ने मार्ग प्रशस्त भयो ।

सुशासन एप–सिंहदरबार

कृषि विभागले केके काम गर्छ ?, वैदेशिक रोजगार विभागमा कसरी सेवा लिने ? पासपोर्ट बनाउने फाराम कसरी भर्ने ? यिनै जानकारी सहितको सिंहदरबार एप सार्वजनिक भएको छ ।

मलाई मन पर्छ  - हेमन्त शर्मा, गायक

ठाउँ नारायणी नदीको पारिपट्टि त्रिवेणी भन्ने गाउँ छ । यो पहिले नवलपरासीमा जिल्लामा पथ्र्यो, अहिले नवलपुरमा पर्छ । मेरो बाल्यकालको अधिकांश समय त्यहीँ बित्यो । त्यहाँ एक किलोमिटर चौडा नदी छ, त्यसको किनारमै पहाड छ । मन्दिरैमन्दिरले भरिएको निर्दाेष गाउँ भएकोले त्यो ठाउँ मलाई मन पर्छ । 

बंगलादेशका मेडिकल कलेज “स्तरहीन”

गत वर्ष बंगलादेशको ढाकास्थित नाइटिङ्गेल मेडिकल कलेज बन्द भयो । त्यसको कारण थियो– सरकारी मापदण्डअनुसार सञ्चालन नहुनु । त्यो कलेज बन्द हुँदा २० नेपाली विद्यार्थीको भविष्य झन्डै अन्धकार बनेको थियो । 

समृद्धितर्फ लम्किंदै दोलखाका उत्तरी गाउँबस्ती

केही समयअघिसम्म दु:ख हेर्न दोलखाको उत्तरी भेगमा जानुपर्छ भनिन्थ्यो, अहिले राम्रा अवसरका लागि त्यता जानुपर्छ ।

मध्यरातमा हल्ला गर्दै हिड्नुहुन्छ ? पक्राउ परिएला?

पुस महिनाको ठिहिऱ्याउने चिसो । त्यसमाथी मध्यरात । ओछ्यानको तातो छोडेर को नै बाहिर निस्केला र ? तर यर्थाथ यस्तो छैन् । सिंगो उपत्यकाका अधिकांश मान्छे सुतेपनि राजधानीका तीन जिल्लामा मध्यरातमा निस्फिक्री हिडडुल गर्नेको ठुलो संख्या छ । मध्यरातमा मदिराको नसामा चुर भएर हो हल्ला गर्दै हिड्नेहरुको कमी छैन ।

तीन सय वर्षअघि बनेको रानीपोखरीको फेरिँदो स्वरुप 

रानीपोखरी बनेको तीन सय वर्ष नाघ्यो । वि.सं. १७२७ मा प्रताप मल्लले बनाएका हुन् रानीपोखरी । यो बीचमा रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा निकै परिवर्तन आएको बेला बेलाको तस्बिरले देखाएका छन् । भुइँचालोले मन्दिरमा क्षति पुगेपछि यसलाई महानगरले आधुनिकीकरण गर्न खोज्यो । त्यही कारण अहिले चर्चामा छ- रानीपोखरी । यसमा कसरी र के कस्ता परिवर्तन आए ?

स्वदेशी डिग्री, स्वदेशमै उद्यम

उच्च शिक्षा हासिल गर्न विदेश जाने र विदेशी डिग्री लिएर उतै उद्यम गर्ने वा जागिर खाने अधिकांश नेपाली विद्यार्थी को सपना हो । स्वदेशी कलेज र पाठयक्रम भन्नासाथ हेयका दृष्टिकोणले हेर्ने आमप्रवृत्तिले प्राय: विद्यार्थीको रोजाइ विदेशी डिग्री, विदेशी काम बन्ने गरेको हो ।

बिमानस्थलमा नाङ्गै दौडिएपछि...

यौनवद्र्धक औषधि भियग्रा खाएर थाईल्याण्डको फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा होहल्ला गर्ने एक अमेरिकी नागरिक पक्राउ परेका छन् । थाई प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

झम्के साँझमा नारायणी किनार दर्शकमय [तस्बिरहरु]

माघे संक्रान्तिको दिन सोमबार साँझ ५ नबज्दै चितवनको नारायणी नदी किनार दर्शकमय बन्यो । दाताज इभेन्ट म्यानेजमेन्टले दर्शक जम्मा गर्ने काम गरेको थियो । त्यो पनि नेपालको चर्चित सांगीतिक समूह नेपथ्यलाई निम्ताएर । बालबालिकादेखि वृद्धवृद्धासम्म नेपथ्यको सांगीतिक प्रस्तुति हेर्न जम्मा भएका थिए । गायक अमृत गुरुङले जोशीलो पारामा गीत गाउँदै दर्शकलाई साँझ ८ बजेसम्म झुमाए । दर्शकदीर्घा एकोहोरो नाचिरह्यो ।

बागमतीमा व्रतालु

स्वस्थानी व्रत कथासँगै सुरु हुने माधव नारायण पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ । उक्त अवधीमा श्रद्धालुहरु भक्तपुरको हनुमानघाट लगायत काठमाडौं उपत्यकाका विभिन्न तीर्थस्थल तथा नदीहरुमा गएर नुहाई पवित्र भएर माधव नारायणको उपासना गर्ने गर्दछन् । सोही परम्परा अनुसार आज व्रतालुहरुले पशुपतिको बागमतीमा नदीमा स्नान गरेर पुजा गरेका छन् ।

माघे संक्रान्तिका दिन वेत्रावतीमा गोरुको घम्साघम्सी

रसुवा र नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक धार्मिक तिर्थस्थल वेत्रावतीमा माघे संक्रान्ति पर्वको अवसरमा १० हल गोरुले मैदानमा प्रतिष्पर्दा गरेका छन् ।

टुंडिखेलमा माघी मनाउँदै थारु समुदाय

उपत्यकामा बसोबास गर्ने थारु समुदायले टुंडिखेलमा जम्मा भएर सोमबार माघी मनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिको रुपमा निम्त्याएर मनाइएको माघी कार्यक्रममा थारु संस्कृति प्रदर्शन गरिएको छ ।

देवघाटमा माघे संक्रान्ति मेला

धार्मिक पर्यटकीय क्षेत्र तथा पवित्र तीर्थस्थल चितवनको देवघाटमा सोमबार माघे सक्रन्ति मेलाका लागी भक्तजनको घुँइचो लागेको छ । सोमबार बिहानै देखि देशभर र भारतबाट समेत आएका भक्तजनहरुले स्नान गर्ने र पूजाआजा गर्ने क्रम जारी छ ।

तिनाउ तीरको कथा 

बुटवलको तिनाउ तीरको सुविधासम्पन्न बस्तीको एउटै समस्या हो— लालपुर्जा । सरकारी कागज, पुर्जा नभए पनि यहाँ घरजग्गा कारोबारमा कुनै कमी छैन । घरजग्गाको मूल्य सुन्दा एकपटक विश्वास लाग्दैन । ...

यी हुन् उत्कृष्ट

अघिल्लो साता त्रिभुवन विश्वविद्यालयको ४३ औं दीक्षान्त समारोह सम्पन्न भयो । त्रिविका ६० आंगिक र १ हजार ८५ सम्बन्धन प्राप्त क्याम्पसका ६० हजार बढी दीक्षित हुन योग्य ...

कक्षामै रमाइलो

कक्षामा पढ्न कत्तिको जाँगर चल्छ ? कि सधैं किताब मात्र पढ्दा दिक्कै लाग्छ ? कहिलेकाहीँ शिक्षकशिक्षिकाले कथा वा गीत सुनाएर रमाइलो गराउनुभएकै होला । मैदानमा लगेर विभिन्न खेल पनि ...

Your browser is too old or not supported by Kantipur Daily.
You are recommended to upgrade to latest version of