रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री

वैशाख २५, २०८१ १३:००

प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताए । 

बुधबार सुनकोशी-मरिण डाइभर्सनको सुरुङ छिचोलिँदै

वैशाख २५, २०८१ १२:४६

सुनकोशी–मरिण डाइभर्सनअन्तर्गतको बुधबार छिचोलिने भएको छ । औपचारिक ‘ब्रेक थ्रु’ का लागि केही सेन्टिमिटर काम बाँकी राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा एक कार्यक्रमबीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नेछन् । 

बुबाहरूमा समर्पित 'गाउँ आएको बाटो'

वैशाख २५, २०८१ १२:२७

गायक राजेश पायल राई फिल्म 'गाउँ आएको बाटो'लाई निर्देशक नवीन सुब्बाको कमब्याक भन्न चाहँदैनन् । 'गुडबाई काठमाडौं'पछि तुरन्तै फिल्म निर्देशनमा नफर्किए पनि सुब्बा निरन्तर फिल्म क्षेत्रमै काम गरिरहेकाले 'गाउँ आएको बाटो'लाई निर्देशकको कमब्याक ठान्दैनन् उनी । 

प्रधानमन्त्रीसहित शीर्ष नेतासँग सभामुखले थाले छलफल 

वैशाख २५, २०८१ १२:२१

सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संसद्‍मा देखिएको गतिरोध अन्त्यलगायतका विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरूसँग छलफल सुरु गरेका हुन् । 

'मान्छे सोझी सोझी छ' सार्वजनिक

वैशाख २५, २०८१ १२:२१

गायक खेम सेन्चुरी र गायिका सुमित्रा तामाङको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द तथा श्यामश्वेत रसाइलीको अरेन्जमा 'मान्छे सोझी सोझी छ' बोलको गीत सार्वजनिक भएको हो ।

युक्रेनकी एआई परराष्ट्र प्रवक्ता 

वैशाख २५, २०८१ ११:५५

रुससँग जारी युद्ध लगायत विविध विषयमा सञ्चार माध्यम र अन्यलाई छिनछिनको अपडेट दिनेगरी युक्रनको पराराष्ट्र मन्त्रालयले हालै मात्र भर्चुअल आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रवक्ता नियुक्त गरेको छ । कन्सुलर प्रतिनिधिका रूपमा भिक्टोरिया शी नामक एआई युवतीले मन्त्रालयका सम्पूर्ण वक्तव्यहरू पढ्ने र कन्सुर सेवासम्बन्धी जानकारी दिने उल्लेख गरिएको छ । 

गोदाममा लागेको आगलागीबाट १ करोड ९६ लाख बढीको सामान जलेर नष्ट

वैशाख २५, २०८१ ११:१०

रुपन्देहीको बुटवलमा आगलागी भएको छ । आगलागीबाट बुटवल उपमहानगरपालिका-११ नारायणपथस्थित मोटर पार्ट्सको गोदाम जलेको छ । व्यवसायी  प्रिजम श्रेष्ठको ओम प्राप्ति एण्ड प्रिजा सप्लायर्सको गोदाममा भएको आगलागीबाट १ करोड ९६ लाख बढीको नोक्सानी भएको उनले बताए ।

३६ केजी गाँजासहित तीन युवक पक्राउ 

वैशाख २५, २०८१ १०:१९

पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले ३६ केजी गाँजासहित तीन युवकलाई सोमबार राति नियन्त्रणमा लिएको छ । 

एमाले महासचिव पोखरेल भन्छन् :  जसपा नेपालका बाँकी सांसदले पनि विद्रोह गर्छन् 

वैशाख २५, २०८१ १०:१६

एमाले महासचिव शंकर पोखरेलले जनता समाजवादी पार्टी, नेपालका अरु सांसदले पनि विद्रोह गर्ने बताएका छन् । एमाले जिल्ला कमिटी, ताप्लेजुङको १२औं अधिवेशनका लागि आएका महासचिव पोखरेलले मंगलबार बिहान पत्रकार सम्मेलनमा सांसदहरू आफैंले विद्रोह गरेको बताएका हुन् ।  

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

वैशाख २५, २०८१ ०९:४१

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही वैशाख २९ गते हुने भएको छ ।  बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजमा छलफल गरिने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

रिलमा पनि छोरीको दुःख देख्न नसक्ने आमा

वैशाख २५, २०८१ ०९:३८

शिरैमा सिन्दूर आहा, गलामा पोते आहाधोती र चोली आहा, घुम्टो र डोली आहाछमछम हातैका चुराले, रमझम रातैका कुरालेम बाँधिएकी हुँ या सजिएकी हुँ ?बुझिनँ मैले, बुझाइदेऊ कसैले !समीक्षा अधिकारीको स्वर, प्रकाश सपुतको शब्द–संगीतमा तबलाको ताल, रातो फरिया–चोली, निधारमा ठूलो रातो टीका, शिरमा सिन्दूरसहित दियो वरपर मस्त नाचिरहेकी देखिन्छिन्– केकी अधिकारी । उनलाई शंका छ, चुरा–पोते–धोती–डोलीमाथि । र, उनको प्रश्न छ, यी सबै शृंगारले म सजिएकी हुँ कि बाँधिएकी हुँ ?

जसपा नेपालका अध्यक्ष यादव स्वदेश फर्किए, संसदीय दलको बैठक बस्दै

वैशाख २५, २०८१ ०९:१४

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त  राष्ट्रसंघीय जनसंख्या  तथा विकास आयोगको ५७औँ  बैठकमा भाग लिएर स्वदेश फर्किएका छन् । जसपा नेपालका अध्यक्षसमेत रहेका यादव मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् । 

आजको मौसम : कतै हावाहुरी त कतै हल्कादेखि भारी वर्षाको सम्भावना

वैशाख २५, २०८१ ०९:०७

हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली  रही वाग्मती र कोशी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

रसुवा एमाले अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत

वैशाख २५, २०८१ ०८:५७

नेकपा (एमाले) जिल्ला कमिटी रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । सदरमुकाम धुञ्चेमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो । 

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख

वैशाख २५, २०८१ ०८:४१

आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहितका राजनीतिक दलहरूका शीर्ष नेताहरूसँग छलफल गर्दैछन् । शीर्ष नेताहरूसँगको छलफल आज बिहान ११ बजे सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा हुनेछ । 

गृह सचिव नेतृत्वको टोली दार्चुलाको ब्यासमा

वैशाख २५, २०८१ ०८:३८

गृह मन्त्रालयका सचिवसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू भ्रमणको सिलसिलामा दार्चुला पुगेका छन् । मंगलबार बिहानै हेलिकप्टरबाट गृह सचिवसहित सुरक्षा प्रमुखको टोली दार्चुला पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

सुन्दर मात्र होइन, स्वस्थ सहर बनाऔं

वैशाख २५, २०८१ ०८:३४

काठमाडौंस्थित रत्नपार्क र खुलामञ्चको बीचभागमा ढलको दुर्गन्धित पानी जमेको कैयौं महिना भइसक्यो । बटुवालाई त्यसको गन्धले हिँडिनसक्नु भइसक्यो । आज व्यवस्थापन हुन्छ कि भन्यो, भोलि हुन्छ कि भन्यो, दिनदिनै नाक थुन्दै हिँड्यो । यस्तै महानगरका बटुवाहरूको अवस्था छ । दिनदिनै गर्मी बढ्दो छ ।

नोटमा नक्सा बदल्नुको औचित्य

वैशाख २५, २०८१ ०८:३३

कान्तिपुरमा सोमबार प्रकाशित ‘१ सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णय’ भन्ने समाचार पढियो । सरकारको यो कदमलाई स्वागतयोग्य मान्नुपर्दछ । सरकारले पुरानो नक्सालाई बदलेर नयाँ नक्सा राख्न खोज्नु नेपालका लागि गौरवकै विषय हो ।

फेरि पनि चेपुवामा माधव नेपाल

वैशाख २५, २०८१ ०८:३२

एकीकृत समाजवादी (एस) अध्यक्ष माधवकुमार नेपाल फेरि एक पटक असहज अवस्थामा पुगेका छन् । वर्तमान सत्ता गठबन्धनमा नेपालको भूमिका अब हिजोअस्तिका दिनमा जस्तो बलियो देखिने छैन । अहिलेको सत्ता गठबन्धनमा तत्कालीन जनता समाजवादी नेपाल (जसपा) र एस सँगसँगै जोडिएर आएका थिए ।

यो देश कसको ?

वैशाख २५, २०८१ ०८:३२

माफियाकरणले देश खायोसमृद्धिको नारा फेल खायोयुवालाई यहाँ काम छैनकाम नभए दाम छैनखेत र बारी खन्ने को ?

बर्दिया र कैलाली जोड्ने पुल निर्माण सुरु

वैशाख २५, २०८१ ०८:२३

बर्दियाको सनकट्टी घाट र कैलालीको टीकापुर जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण सुरु भएको छ । उक्त पुल ०८४ साल पुस मसान्तसम्म निर्माण सम्पन्न हुने रसुवा कन्स्ट्रक्सन प्रालि काठमाडौंले जनाएको छ ।

भारतीय लोकसभा निर्वाचन : तेस्रो चरणअन्तर्गत ९२ सिटमा मतदान हुँदै

वैशाख २५, २०८१ ०७:५६

भारतमा लोकसभाको तेस्रो चरणको निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । तेस्रो चरणअन्तर्गत विपिन्न ११ राज्य र केन्द्र शासित प्रदेशका ९२ सिटमा चुनाव भइरहेको छ ।

विपद्‍मा सघाउने निजी क्षेत्रका ८ व्यवसायलाई सम्मान गरिने 

वैशाख २५, २०८१ ०७:३५

राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) ले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका साथै व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मान गर्ने भएको छ । 

भाखा नाघेको कर्जा चुक्ता गर्दा जरिवानामा शतप्रतिशत छुट

वैशाख २५, २०८१ ०७:३३

एनआईसी एसिया बैंकले ०८० चैत मसान्तसम्म भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले आगामी जेठभित्र ऋण चुक्ता गरे जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिने जनाएको छ । साथै बैंकले साधारण बक्यौता ब्याज रकममा समेत १५ देखि ३५ प्रतिशत छुट दिने योजना ल्याएको छ । 

ग्लोबल र बडीमालिका नगरबीच कर्जा सहजीकरण सम्झौता

वैशाख २५, २०८१ ०७:३०

ग्लोबल आईएमई बैंक र बडीमालिका नगरपालिकाबीच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवर्द्धन गर्न पालिकाभित्र रहेका उद्यमीलाई सरल र सहज रूपमा कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ । 

प्रादेशिक भाषा घोषणाको उत्साह

वैशाख २५, २०८१ ०७:३०

वाग्मती प्रदेश सरकारले सोमबारबाट एउटा फरक निर्णयको कार्यान्वयन गर्न गइरहेको छ । प्रदेश सरकार मातहतका सबै कार्यालयहरूका औपचारिक कामकाजमा खस नेपाली भाषाका अतिरिक्त नेपालभाषा र तामाङ भाषालाई पनि प्रयोगमा ल्याइने भएको छ ।

संघीयताको कसीमा बजेट तर्जुमा

वैशाख २५, २०८१ ०७:२९

नीति तथा कार्यक्रम र बजेटको तयारी गर्ने समयमा प्रदेशमा अस्थिरता छ । सरकार भत्काउने/बनाउने गतिविधि तीव्र छ । केही प्रदेशका सरकारको वैधानिकताका सम्बन्धमा अदालतामा मुद्दा छ । सरकार बन्ने/बनाउने शृंखला कहाँ गएर टुंगिने हो, निश्चित छैन । एक त संविधानप्रदत्त अधिकारको प्रयोग गर्नबाट प्रदेश वञ्चित छन्, अर्को केन्द्रीय सत्ता परिवर्तनको सिकार छन् ।

संकल्पसहितको विकल्प

वैशाख २५, २०८१ ०७:२९

दीप श्रेष्ठले गाएको पुरानो गीतले भन्छ– ‘हुँ यात्री एउटा रुमल्ली हिँड्ने अँधेरी रातमा...।’ गीतले यात्रीको दुविधा र अस्पष्टताका विषयमा संकेत गरेजस्तै राजनीतिक वृत्तमा बबाल र कमाल गर्ने गरी उदाएका रवि लामिछानेको राजनीतिक यात्रामा थुप्रै ‘स्पिड ब्रेकर’ देखापर्न थालेका छन् । 

बिचौलियाको बिगबिगी

वैशाख २५, २०८१ ०७:२९

हरेक क्षेत्रमा बिचौलियाको राज छ । जसले गर्दा न उत्पादक समूहको जीवनस्तरमा सुधार आउन सकेको छ न उपभोक्ताको । श्रम गर्ने तर श्रमको मूल्य नपाउने कहिलेसम्म ? उपभोगको नाममा चर्को मूल्य तिरेर गुणस्तरहीन खाद्यवस्तु खाएर स्वास्थ्यलाई कहिलेसम्म बर्बाद पारिरहने ? दिनरात दसनङ्ग्रा खियाएर मिहिनेत गर्नेहरूको गाँस, बासको समाधान कहिले हुन्छ ? यी र यस्तै समस्याको कारण पहिचान र समाधान गरिएन भने समग्र मुलुकको विकासले गति लिन सक्दैन । 

अझै पनि तीन लाखभन्दा बढी घरपरिवार शौचालयविहीन

वैशाख २५, २०८१ ०७:२४

मुलुकमा रहेका कुल ६६ लाख ६० हजार ८ सय ४१ घरपरिवारमध्ये करिब तीन लाख २ हजार परिवार शौचालयविहीन रहेको एक सरकारी अध्ययनले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरूले ४.५३ प्रतिशत घरपरिवार अझै पनि शौचालयविहीन रहेको देखाएका हुन् । शौचालय नभएका परिवारमध्ये सबैभन्दा धेरै मधेशमा छन् भने सबैभन्दा कम गण्डकीमा रहेको प्रतिवेदनले औंल्याएको छ । 

राष्ट्रिय सडक सञ्जालमा जोडियो सिमकोट

वैशाख २५, २०८१ ०७:२०

नेपाली सेनाले कर्णाली करिडोरअन्तर्गत हुम्लाको लालीबगर–दुल्लीकुना खण्डको छारे भीरमा ट्र्याक खोलेसँगै सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । यो काम सेनाले गत चैतमै सके पनि अहिले सडक चौडा पार्ने र ग्रेड मिलाउने काम गरिरहेको छ ।

आईसीपी सञ्चालनले व्यवसायी उत्साहित

वैशाख २५, २०८१ ०७:१७

६ वर्षको निर्माण कार्यपछि नेपालगन्जमा सञ्चालनमा आएको एकीकृत भन्सार जाँचचौकी (आईसीपी) ले व्यवसायी उत्साहित भएका छन् । नेपाल–भारतबीच सम्झौता भएको १८ वर्षपछि आईसीपी सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

ब्रोकर शुल्क घट्यो, जेठ १ देखि लागु हुने

वैशाख २५, २०८१ ०७:१५

दोस्रो बजारमा सेयर किनबेच गर्दा लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने शुल्क (कमिसन) घटेको छ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले आइतबार ब्रोकर शुल्क घटाउने निर्णय गरेको हो । नयाँ व्यवस्था जेठ १ देखि लागु हुने धितोपत्र बोर्डले जनाएको छ । 

आमाबाट सिकेको सीपले स्वरोजगार

वैशाख २५, २०८१ ०७:१३

लालझाडी गाउँपालिका–४ मा पर्ने खल्ला जाइँस्थित दोदा नदीको बगर । वरिपरि लौका, काँक्रा, फर्सी र खरबुजा खेती । बगरको बीचमा फुसको छाप्रो । त्यही छाप्रोमुनि डाँडा जाइँकी मन्तुरा राना कपडा सिउने मेसिनमा व्यस्त छिन् ।

सन् २००० मा आजकै दिन : रुसको राष्ट्रपतिमा पुटिन 

वैशाख २५, २०८१ ०७:११

सन् २००० मा आजकै दिन (मे ७) मा भ्लादिमिर पुटिनले रुसी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । रुसमा २००० मार्च २६ मा भएको चुनावमा पुटिन ५३.४४ प्रतिशत मतसहित विजयी भएका थिए । पुटिनका निकटतम प्रतिद्वन्द्वी गेनाडी ज्युगानोभले २९.४९ प्रतिशत मत ल्याएका थिए । 

औसत आयु वृद्धिको अर्थ

वैशाख २५, २०८१ ०६:५१

नेपालीको औसत आयु निरन्तर बढ्दो छ । २०४८ सालमा औसत आयु ५४.३ वर्ष रहेकामा ३० वर्षपछि १७ वर्ष बढेर ७१.३ वर्ष पुगेको छ । यो १० वर्षअघिको तुलनामा पनि ४.७ वर्षले बढी हो । औसत आयु निरन्तर वृद्धिले सचेतना अभिवृद्धि एवं स्वास्थ्य प्रणालीमा आएको सुधारलाई प्रतिबिम्बित गर्छ ।

सूर्यकुमारको शतकमा मुम्बईको जित

वैशाख २५, २०८१ ०६:४५

सूर्यकुमार यादवको नटआउट शतकमा  मुम्बई इन्डियन्सले सोमबार सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । यो जितले मुम्बईको प्लेअफ खेल्ने झिनो सम्भावना कायम रहेको छ ।

प्यालेससँग युनाइटेडको बिर्सनलायक हार

वैशाख २५, २०८१ ०६:४२

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसको हातबाट सोमबार बिर्सनलायक ४–० को हार बेहोरेको छ । हारले युनाइटेड आठौं स्थानमा रह्यो र अर्को सिजन युरोपमा खेल्ने सम्भावना कमजोर बन्यो ।

उपेन्द्रको निरन्तर ओरालो यात्रा

वैशाख २५, २०८१ ०६:३७

पटक–पटक टुटफुट हुँदै आएको जनता समाजवादी पार्टी, नेपाल फेरि एक पटक सत्ताको गोलचक्करका कारण विभाजित बनेको छ । १२ सांसद भएको जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव विदेशमा रहेका बेला विभाजित भएको हो । सात सांसदसहित अशोक राई नेतृत्वको जसपालाई सोमबार निर्वाचन आयोगले दलको मान्यता दिएको छ ।

महिला फुटबल टोली सम्मानित 

वैशाख २५, २०८१ ०६:२१

वाफ च्याम्पियनसिप उपविजेता नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकले सम्मान गरेको छ । फागुनमा साउदी अरेबियामा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा जोर्डनसँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो । पहिलो पटक यो प्रतियोगिता खेल्नेक्रममा फाइनलसम्म पुग्नुलाई नेपाली महिला फुटबलको ठूलो सफलताको रूपमा हेरिएको छ । 

लन्डनमा नेपाली टोली पराजित

वैशाख २५, २०८१ ०६:२१

नेपाली राष्ट्रिय फुटबल टोलीले सोमबार अल्डरसटस्थित ईबीबी रंगशालामा सोमबार दिउँसो भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड ‘सी’ टिमसँग २–० गोलले पराजय भोगेको छ । 

जो वर्षौंदेखि कर्णालीवासीको स्वास्थ्य जाँचिरहेका छन्

वैशाख २५, २०८१ ०६:१५

कर्मचारी वृत्तमा कर्णाली खटाइनुलाई सजाय दिएजस्तो बुझाइ छ । तर केही कर्मचारी अपवाद छन्, जो कर्णालीबाहिर घर भए पनि वर्षौंदेखि यहाँको दुःख र अभावबीच सेवामा खटिरहेछन् । कर्णालीको स्वास्थ्य सुधार्न मरिमेटेर वर्षौंदेखि यहीं बसिरहेका प्रतिनिधि डाक्टरको कुरा सुन्दा लाग्छ, यहाँ बसेर सेवा दिनु चुनौतीपूर्ण भए पनि असम्भव भने होइन ।

झस्किए नेपाल, फेरियो बोली

वैशाख २५, २०८१ ०५:५८

सत्तारूढ एमाले र माओवादीले सहमति कार्यान्वयन नगरेको भन्दै ‘उथलपुथल हुन सक्ने’ चेतावनीसमेत दिँदै आएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बोली एकाएक फेरिएको छ । जसपा विभाजनपछिको घटनाक्रमलाई लिएर सोमबार बसेको संसदीय दलको बैठकमा सांसदहरूले दबाब दिएपछि अध्यक्ष नेपालले वर्तमान सत्ता समीकरणलाई नै निरन्तरता दिने निष्कर्ष सार्वजनिक गरेका छन् ।

हावाहुरीले काठमाडौंमा अवतरण हुन नसकेर डाइभर्ट भए ६ वटा आन्तरिक उडान

वैशाख २४, २०८१ २२:२५

सोमबार साँझ ७ बजेपछि सिमरा हुँदै काठमाडौं पस्ने इन–रूट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावाहुरीको गति बृद्धि भएपछि कम्तिमा ६ वटा आन्तरिक उडान अन्यत्रै विमानस्थलमा डाइभर्ट भएका छन् । 

कुटपिट र तोडफोडपछि केएमसीका डाक्टरहरु त्रसित

वैशाख २४, २०८१ २२:०९

डा. विनिता प्रधान अचेल बिरामीको उपचार गर्न डराउँछिन् । आकस्मिक कक्षमा पुग्दा उनका खुट्टा काँप्छन् । हुलमुलमा एक किसिमको असुरक्षाको भावले उनी असिनपसिन हुन्छिन् ।

हेल्थ डेस्कका कर्मचारी ९ महिनादेखि तलबविहीन

वैशाख २४, २०८१ २२:०५

कोरोना संक्रमणका बेला सुदूरपश्चिमका नाकाहरुमा धमाधम हेल्थ डेस्क स्थापना भए । कर्मचारी पनि भर्ना गरिए । जोखिम मोलेर स्वास्थ्यकर्मीहरुले परीक्षण पनि गरे । अहिले पनि नाकामा कोरोना संक्रमणदेखि, मलेरिया, क्षयरोग र एचआईभीलगायतको परीक्षण भइरहेको छ । तर नाकामा जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु भने ९ महिनादेखि तलबविहीन भएर काम गरिरहेका छन् ।

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

वैशाख २४, २०८१ २२:०४

ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको सोमबार मृत्यु भएको छ । 

हेटौंडा र थाहा नगर सेमिफाइनलमा

वैशाख २४, २०८१ २१:५२

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल स्मृति वाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।

चन्द्रागिरि १६ स्वर्णसहित च्याम्पियन

वैशाख २४, २०८१ २१:४९

आयोजक चन्द्रागिरि तेक्वान्दो डोजाङले प्रथम चन्द्रागिरि राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा १६ स्वर्ण, १२ रजत र ११ कांस्य पदक जित्दै टिम च्याम्पियन ट्रफी जितेको छ ।