अर्थ / वाणिज्य
भाद्र १७, २०७५

व्यापार घाटा ६२ प्रतिशतले बढयो

मुलुकले आर्थिक वर्षको सुरुमै तीव्र व्यापार घाटा बेहोरेको छ । आन्तरिक उत्पादन न्यून हुनु र बढ्दो मागका कारण पहिलो महिनामै व्यापार घाटा करिब सवा खर्ब रुपैयाँ पुगेको हो ।

कृषिमा बैंक लगानी : वर्षमा पौने ४६ अर्ब थपियो

गएको वर्ष बैंक तथा वित्तीय संस्थाले कृषिमा थप ४५ अर्ब ७१ करोड रुपैयाँ लगानी गरेका छन् । यो गत असारसम्मको तथ्यांक हो । ०७४ असारसम्मको तुलनामा गत असारमा यस्तो लगानी करिब ५१ प्रतिशतले बढेको हो ।

अण्डामा ठगिँदै किसान र उपभोक्ता

अण्डा उत्पादनमा संलग्न किसानहरूले लागत मूल्यसमेत नपाएको गुनासो गरी रहँदा उपभोक्ता बढी मूल्य तिर्न बाध्य छन् । किसानले उत्पादन गरेको अण्डा झन्डै पाँच तह पार गरी उपभोक्तासम्म पुग्छ ।

नेपाली बुलेटलाई सीमित पहुँच

भारत सरकारले नेपाली ग्यास बुलेटलाई सीमित पहुँच दिने संकेत गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच भएको छलफलमा नेपाली बुलेट सञ्चालन गर्न दिने समझदारी भएको हो ।

क्लिंकरको आयात घटयो, सिमेन्टको बढयो

भारतीय रेल्वले पर्सा–बारा औद्योगिक करिडोरका लागि भारतको रक्सौल रेल्वे स्टेसनबाट क्लिंकर लोड अनलोड बन्द गरेपछि भारतीय तयारी सिमेन्टको आयात झन्डै दोब्बरले बढेको छ ।

सम्मेलनलाई सजियो जुम्ला

जुम्लाको आर्थिक समृद्धिका लागि लगानी सम्मेलनको तयारी भइरहेको छ । ‘विकास सामथ्र्यको उजागर’ नाराका साथ भदौ २९ मा चन्दननाथ नगरपालिकाले सम्मेलन गर्न लागेको हो ।

सामूहिक कृषि उत्पादनमा युवा

चौरजहारी नगरपालिकाका युवा सामूहिक कृषि तथा पशु उत्पादनमा जुटेका छन् । चौरजहारी–५, ६ र १० नम्बर वडाका युवा मिलेर तरकारी उत्पादन, बाख्रा र भैंसीपालन थालेका हुन् ।