कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऐश्वर्याको निहुँमा विवाद

मुम्बई (एजेन्सी) — अन्तर्राष्ट्रिय फेसन दुनियाँको चर्चित म्यागजिन 'एले' रंगभेदी विवादमा परेको छ । म्यागजिनको कभरमा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई गोरो बनाइदिएको भन्दै पाठकहरू रुष्ट भएका छन् ।


पूर्व मिस वल्र्ड ऐश्वर्याको प्राकृतिक रंगलाई फोटोसपबाट गोरो बनाइदिएको अडकल सुरु भएलगत्तै पाठकहरूले म्यागजिनविरुद्ध रंगभेदको आरोप लगाएका हुन् । ३७ वर्षीया सुन्दरीको छालालाई 'डिजिटल ब्लिच' गरिदिएको उनीहरूको दाबी गरेका छन् ।
'ब्राइड एन्ड प्रेजुडाइस' स्टारले यो महिना 'एले' म्यागजिनको भारतीय संस्करणको कभरमा शोभा बढाएकी छन् । तर, त्यसमा नीला आँखावाली अभिनेत्रीको छालाको रंग धेरै गोरो देखाइएको छ । म्यागजिनका भित्री फोटामा पनि उनलाई धेरै उज्यालो बनाइएको छ ।
त्यसैले, बलिउड सुन्दरी ऐश्वर्याका फ्यान रुष्ट छन् । उनीहरूले यसबारे म्यागजिनको अनलाइनमा प्रतिक्रिया दिँदै उसले रंगभेद गरेको आरोप समेत लगाएका छन् । 'मलाई रिस उठिरहेको छ,' एक जना फ्यानले लेखेका छन्, 'गोरो छालाचाहिँ सधैं फेसनमा हुने र कालो छालालाई आँखा बिझाउने जस्तो व्यवहार गरेको छ, पत्रिकाले ।'
म्यागजिनले गोरो छाला नभएका मोडललाई गोरो देखाएकामा विवादमा परेको यो पहिलो पटक होइन । गत सेप्टेम्बरमा अश्वेत अभिनेत्री गाबौरी सिडिबेको कम्प्लेक्सन गोरो बनाएर कभरमा छापेपछि विवाद भएको थियो । त्यस घटनामा म्यागजिनले 'प्रेसियस' स्टारको छालाको रंग अरू मोडलहरूको भन्दा बढी सेतो नबनाइदिएको दाबी गरेको थियो ।
फ्यानहरू रुष्ट भएर सुरु भएको यो विवादबारे म्यागजिन र ऐश्वर्याले कुनै प्रतिक्रिया दिएका छैनन् ।


प्रकाशित : पुस १४, २०६७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?