कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोल्पामा हत्या बढ्यो

विष्णुलाल बुढा

डोल्पा — तिन्जे-८ सिमेनका ४० वषर्ीय वाङदे लामालाई अज्ञात व्यक्तिले हत्या गरी घरमा भएको धनमालसमेत लुटे । त्यसबारे के भएको हो प्रहरीले १० दिनसम्म पत्तै पाएन ।


घरमा पूजा गर्न राखिएको बहुमूल्य मूर्ति लुट्ने क्रममा वाङदेको हत्या भएको थियो । त्यसतर्फ प्रहरी गएको एक साताभन्दा बढी भइसकेको छ । 'प्रहरी टोली आएकै छैन,' टोली पुगेको एक साता हुँदा पनि जानकारी नआएको जिल्ला प्रहरी प्रमुख यमुना रजकले
बताए ।
माथिल्लो डोल्पामा २ वर्षयता हत्याका घटना निकै भएका छन् । तर अपराधी फुत्केको फुत्कै हुन्छन् । गुन्डागर्दी, चोरी, लुटपाट, डकैतीजस्ता घटना त अति बढेका छन् । तर अपराधीलाई प्रहरीले पक्राउ गर्न
सकेको छैन ।
यस्ता घटना हुनुमा अपराधीहरूलाई विकट भौगोलिक अवस्थाले साथ दिएको छ । कतिपय गाउँबाट सदरमुकाम तथा प्रहरी भएको ठाउँसम्म आइपुग्न हप्तासम्म लाग्छ ।
गाउँ-गाउँमा प्रहरी चौकी छैनन् । गाउँलेले अपराधी समात्न सहयोग नगर्ने भएकाले कारबाही गर्न नसकिएको डीएसपी रजकले बताए । प्रहरी चौकी नहुनु, चीनसँगको सिमामा रहेको नाका खुला हुनु र सुरक्षा चौकी नरहनुले गर्दा अपराधी अपराध गरेर सहजै तिब्बत छिर्न सक्ने अवस्थाले गर्दा पनि अपराध बढ्दै गएको उनले बताए । 
जिल्लाभित्र पनि धो, फोक्सुन्डो गाविसमा इलाका प्रहरी चौकी स्थायी रूपमा राखिनुपर्ने र गाउँ-गाउँमा सर्वसाधारणहरू सबैलाई सुरक्षात्मक सचेतना कार्यक्रम सञ्चालन गरिए सुरक्षा स्थिति सुधार हुँदै जाने प्रहरीको दाबी छ । गत साउन १८ गते साल्दाङ गाविस-८ मा पर्ने उङरुङ भन्ने ठाउँमा २ जना व्यापारीको हत्या भएको थियो । यस घटनामा मुगु घर भई डोल्पाको दुनै-१ मा घर किनेर सोनाम फेन्सी स्टोर तथा किराना पसल गर्ने अन्दाजी ३२ वर्षका सोनाम झ्याम्पाल लामा र भिजेर गाविस घर भई धो गाविसमा बसोबास गर्दै आएका अन्दाजी वर्ष ३० का सोनाम गुरुङको हत्या भएको थियो ।
त्यस्तै जेठ १५ गते फोक्सुन्डोका फुर्वा बैजीका घरबाट चोरहरूले धनमाल चोरेका थिए । गत असार ११ गते रुकुम, डोल्पा र जाजरकोटको सिमानामा पर्ने त्रिवेणीमा संकास्पद अवस्थामा हिँडिरहेको देखेर चेकजाँच गर्दा साना हातहतियार र गोलीठ््ठासहित बाँफीकोट गाविस-४ रुकुमका ५२ वषर्ीय लोकबहादुर गिरी प्रहरीको पक्राउमा परेका थिए । उनीसँग रिभल्वर २ नाल, कटुवा पेस्तोल १ नाल, एसएलआरको गोली ३ थान र
गोली राख्ने चांचर १ थान बरामद भएको थियो ।
यसै सिलसिलामा २०६६ साउन ३ गते राति रुकुम र डोल्पाको सिमानामा पर्ने अरबिजा भन्ने ठाउँमा हतियारधारी समूहले ५० लाखभन्दा बढी मूल्यको यार्चागुम्बु लुटेका थिए ।
सहरतारा गाविस-४ का सार्की बुढा र शेरबहादुर बुढाले विभिन्न ठाउँबाट यार्चा खरिद गरी घरतर्फ आउन मैकोट गाविसको अरबिजा रुकुममा बास बसेर सुतिरहेको बेला ३ गते राति १२ बजेतिर ११/१२ जनाको हतियारधारी समूहले ती दुईसँग रहेको १३ किलो २ सय ग्राम यार्चागुम्बु लुटेर लगेका थिए ।
घर र व्यक्तिगत सम्पत्तिको कुरामात्र होइन धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेका गुम्बा र मन्दिरबाट मूर्तिहरू चोरी हुने क्रम बढी रहेको छ । २०६६ असोज १२ गते फोक्सुन्डो गाविसको पुग्म गुम्बाबाट २०
वटाभन्दा बढी पुराना मूर्तिहरू चोरले लगेका थिए ।
प्रहरीका अनुसार पुग्म गाउँको साझा गुम्बा र श्री लामाका दाजुभाइको व्यक्तिगत गुम्बाका गरी २० भन्दा बढी बुद्ध -धातु) का मूर्तिहरू, २ वटा झ्याली र अन्य सामानहरू चोरिएका थिए । उनका अनुसार मध्यपश्चिमाञ्चल विकास क्षेत्रकै प्रमुख शक्तिपीठ बाला त्रिपुरा सुन्दरीकै मन्दिरबाट मूर्तिहरू २०६२ साल मंसिरमा गरेर ३/४ पटक चोरी भएर ग सक्रियतामा चोर र मूर्ति पक्राउ गरी ल्याइएको थियो । 
केही वर्षअघि यात्सेर गुम्बाबाट अत्यन्त पुराना खर्बौं मूल्य पर्ने मूर्तिहरू लुटिएपछि चीनको तिब्बतमा ती मूर्तिहरू सहित चोर पक्राउ परेका
थिए । नेपाल सरकार र यात्सेर गुम्बाका अवतारी लामा रानाग टुल्कु रिन्चेन रिम्पोछेको पहलमा ती मूर्ति फर्काइएको थियो ।
जिल्लाका गुम्बा तथा मठमन्दिरबाट पुराना मूर्तिहरू चोरी हुने गरेका र कतिपय चोर र मूर्तिहरू पक्राउ पर्ने, कतिपय भने हराएको हरायै हुने गरेको अवस्था रहेको बाला त्रिपुरा सुन्दरीका पुजारी गौरीशंकर उपाध्याय बताउँछन् । 'समुदाय सचेत नभएका कारण घटना भएको लामो समयसम्म प्रहरीलाई जानकारी हुँदैन । त्यसले अपराधलाई प्रोत्साहन गरेको छ,' रजक भन्छन् ।

प्रकाशित : पुस १७, २०६७ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?