२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

जबज दर्पण

विमल निभा

काठमाडौ — 'अ भिवादन ।' कालो बि्रफकेस बोक्दै गाडीभित्र छिरे उनी ।
'कमरेडले आज मलाई भेट्ने टाइम दिनुभएको होइन ?' मैले कराएर सोधें । जरुरी मिटिङमा जानुपर्‍यो । उनले गाडीको सिसा लगाउँदै भने, 'तपाईं मेरो पियनसँग भेट्नोस् ।'

'अ भिवादन ।' कालो बि्रफकेस बोक्दै गाडीभित्र छिरे उनी ।
'कमरेडले आज मलाई भेट्ने टाइम दिनुभएको होइन ?' मैले कराएर सोधें । जरुरी मिटिङमा जानुपर्‍यो । उनले गाडीको सिसा लगाउँदै भने, 'तपाईं मेरो पियनसँग भेट्नोस् ।'
मलाई त्यहीँ छाडेर पजेरो गेटबाहिर हुइँकियो ।
उनी नेकपा एमालेका तर्फबाट वर्तमान सरकारका एक मन्त्री हुन् । सबैलाई थाहै छ कमरेड माधवकुमार नेपालको प्रधानमन्त्रीत्वमा सरकार चलिरहेछ । यसलाई कामचलाउ सरकार भनिएको छ । त्यसैले चल्नु पनि पर्‍यो । नत्र काम कसरी चल्छ ? सरकार चले पीन अथवा नचले पनि संविधानभाको निर्वाचनमा दुईदुई स्थानबाट नराम्ररी हारेका कमरेड माधवको काम भने मजाले चलिरहेछ । यसमा तुक मिलाएर भन्ने हो भने 'माम' चलिरहेछ । यो तपाईंहामी जस्ताको मामुली माम होइन । यसको करोडौंकरोड मूल्य पर्न सक्छ । अझ अरबखरब पनि । त्यसैले उसले लेखाजोखा गर्नपट्ट नलाग्नु नै बेस ।
'तपाईं यहाँ किन उभिइरहनुभएको ?' मन्त्री क्वार्टरको पालेले हप्कायो ।
'मन्त्रीज्यूले मलाई टाइम दिनुभएको थियो ।' मैले आँखा तरेर भनेँ ।
'मन्त्रीज्यू त बाहिर गइसक्नुभयो, देख्नुभएन ?'
'उहाँले पीएसँग भेट्न भन्नुभएको छ ।'
'त्यसो भए भित्र कोठामा जानोस् ।' उसले औंलाले देखायो, 'यहाँ यसरी उभिइरहन मिल्दैन ।'
म पालेको निर्देशमा खुरुखुरु अघि बढेँ । अघिल्तिर लामो कोरिडोर थियो । त्यस पछाडिका प्राइभेट कोठाहरूमा मन्त्रीज्यू सपरिवार बस्यो । सबै मिलाएर एक पत्नी र तीन छोरी । छोरा थिएनन् । त्यसका लागि प्रयासरत चाहिँ थिए अर्थात् मन्त्रीज्यूकी मन्त्राणी गर्भवती थिइन् । -व्यक्तिगत प्रसंग भएकाले 'कति महिनाको ?' जस्ता प्रश्नोत्तर कार्यक्रममा लाग्नु मनासिब छैन) दक्षिणीछेउको कोठामा पुगेँ र त्यहाँ झुन्ड्याइएको पित्तलको नेमप्लेट हेरेँ । पीएमा मन्त्रीज्यूका भान्जाको नाम थियो ।
कोठामा पसेर झटपट मधुर मुस्कानसाथ अभिवादनको हात उठाएँ । पीए अर्थात् मन्त्रीज्यूका भान्जाले मलाई नचिनेझैं गर्‍यो । मेरो अभिवादनको पनि कुनै उत्तर दिने प्रयास गरेन । मलाई देखेर अप्ठ्यारो अनुहार पारेर त्यसै कुर्सीमा बसिरह्यो । म उसलाई राम्ररी चिन्थेँ । यो सूर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टीमा थियो ।
-पञ्चायतकालमा हाम्रो सीआईडीगिरी गर्नेलाई बिर्सने कुरा पनि भएन) अहिले पनि उतै हुनुपर्छ अथवा मामाको पार्टी नेकपा एमालेमा आइसक्यो कि ?
'मन्त्रीज्यूले मलाई तपाईंसँग भेट्न भन्नुभएको छ ।' म कुर्सीमा बसेँ ।
'मलाई त केही भन्नुभएको छैन ।' उसले टेबुलको कागजपत्रमा आँखा गाडेको थियो ।
'अहिले भर्खरै भन्नुभएको हो ।'
'हुँ'
'म के गरूँ ?' मैले भनेँ ।
उसले मेरो कुरामा कुनै ध्यान दिने आवश्यकता ठानेन ।
'म कहिले भेट गर्न आऊँ मन्त्रीन्यूलाई ?'
'तपाइर्ं पहिले टेलिफोन गर्नोस् ।' ऊ बिल्कुलै नटेर्ने भावमा रहेको थियो ।
त्यसपछि केही नलागेर म त्यहाँबाट निस्केँ ।
म नेकमा एमालेकै एक कार्यकर्ता हुँ । अझ वरिष्ठ कार्यकर्ता नै भन्नोस् । मेरो आफ्नै एउटा इतिहास रहेको
छ । -यस सम्बन्धमा तपाईं मूलपानीदेखि लिएर गोठाटारसम्मका एमाले समर्थक जनतासँग सोध्न सक्नुहुन्छ) मलाई कम नठानियोस् तर झलनाथ गुटमा भएकाले मन्त्रीज्यूका पीएले मेरो उपेक्षा गरेको हुनुपर्छ । मन्त्रीज्यू खाँटी ओली गुटका हुन् । यसलाई माधव गुट भने पनि
हुन्छ । ओली र माधवमा अहिले के अन्तर छ र ? पछि हुन सक्छ किनभने माधव गुट कुनै पनि बखत झलनाथ गुटमा जान सक्छ । -झलनाथ गुट यसैको दाउमा निरन्तर रहेको छ) अथवा यस्तो नहुन पनि सक्छ । यही माधव गुटको असली बानी हो । कुनै पनि मौकाबमोजिम यताउता भइरहनु माधव गुटको सही निसानी हो । यही कमरेड सीपी मैनाली -भूमिगत माले काल) महासचिव रहँदादेखि अहिलेसम्मको रामकहानी हो । मतलव कमरेड माधवको राजनीतिक जवानी हो । हेर्नोस्, फरि क्या तुक मिल्न गयो ।
जे होस्, केही दिनपछि म सिंहदरबारभित्र पसेँ । यद्यपि मलाई मन्त्रीज्यूका भान्जाले -त्यही मन्त्री क्वार्टरको पीए) पहिले टेलिफोन गर्ने भनेको थियो तर नेकपा एमालेकै नेतृत्वको सरकार भएका बेला यसरी कार्यकर्तालाई हेप्न मिल्छ ? यो त अति नै भयो । म यसलाई पटक्कै सहन गर्ने पक्षमा छैन । किन सहने ? नेकपा एमालेमा मेरो पनि एउटा स्थान छ । स्तर रहेको छ । मलाई हेप्न मिल्दैन । तसर्थ सोझै मन्त्रीज्यूको कार्यकक्षमा गएँ । त्यहाँ उनका अफिसियल पीएसँग भेट भयो । मन्त्री क्वार्टरमा रहेको सरकारी खर्चको निजी पीए भान्जो हो भने अफिसियल पीए मन्त्रीज्यूको
सालो । पहिले नेपाली कांग्रेस पार्टीमा सक्रिय थियो । अहिलेसम्म पनि त्यहाँ हुन सक्छ । वास्तवमा मलाई त्यति जानकारी छैन । हो, यससँग मेरो चिनारी राम्रो नै भन्नुपर्छ किनभने विद्यार्थीकालमा यसले नेविसंघतिरबाट ममाथि सांघातिक हमला गरेको थियो । म अखिलको युनियन सेक्रेट्री थिएँ । यी मेरो निधारको लामो खत हेर्नोस् । -गजबले हँसिया आकारको) यो त्यसै बेलाको हो ।
'जय नेपाल'
यो सुनेर मन्त्रीज्यूको सालोले अत्यधिक क्रोधका साथ ठूल्ठूला आँखा पारेर हेर्‍यो । यसै पनि उसका आँखा पहिलेदेखि ठूला । अब ठूलोमाथि अर्को ठूलो थपिए के
हुन्छ ? एउटा कांग्रेसीलाई गरिने नमस्ते/प्रणाम, नमस्कार यस्तै हुन्छ । मैले कुनै गल्ती गरेको थिइनँ । बरु ऊ नै मेरो अभिवादनको कुनै जबाफ नदिएर व्यर्थ क्रुद्ध थियो र आँखैआँखाले मलाई खानेजस्तो गरिरहेको थियो । मैले के बिराम गरेँ, हँ ?
'मन्त्रीज्यूलाई भेट्नुपर्‍यो ।' म ऊसमक्ष गम्भीरतासाथ प्रस्तुत भएँ ।
उसको क्रोध नमरिसकेकाले कुनै पनि प्रतिक्रिया आएन मेरो भनाइको ।
'मन्त्रीज्यूसँग काम छ ।' मैले फेरि भनेँ ।
'अहिले उहाँसँग भेट्न मिल्दैन' बल्न उसको रुद्रघन्टी हल्लियो ।
'किन मिल्दैन ?'
'मित्र माननीय सभासदहरू छन् ।' पीएले रूखो ढंगले भन्यो, 'जरुरी मिटिङ चलिरहेछ ।'
'मेरो काम पनि जरुरी छ ।' मैले ननिको मान्दै अनुहार बिगारेँ ।
'तपाइर्ं प्रतीक्ष्ाा गर्न सक्नुहुन्छ ।' ऊ एउटा फाइल बोकेर मन्त्रीकोठामा स्वाट्ट छिर्‍यो ।
म प्रतीक्षा गर्न थालेँ । अरू के गर्न सकिन्थ्यो तर यो लामो हुन थाल्यो । यसो ता प्रतीक्षा भनेकै लामो हुन्छ । याने छोटो भए पनि लामो महसुस हुन्छ । यही प्रतीक्ष्ााको मनोविज्ञान हो । यस्तै भनिन्छ तर यो प्रतीक्षा साँच्चिकै लम्बेतान हुँदै गइरहेको थियो ।
यसमा मानसिकता आदिको कुरो थिएन । मैले घडी
हेरेँ । अब मसँग दुईवटा विकल्प थिए । कि त यहाँबाट पलायन भएर बाहिर निस्कनु कि जति समय भए पनि पर्खिरहनु । -अल्छी लागेको खण्डमा अतिरिक्त रूपले 'हाइ' गर्न सकिन्थ्यो ।) मैले दोस्रो अर्थात् प्रतीक्षारत रहनुलाई
रोजेँ । अलिकति फरक के भने यसका साथसाथै म सोच्न पनि थालेँ यही मन्त्रीज्यूका विषयमा । -यो फराकिलो भएर प्रधानमन्त्री र साँघुरिएर सहायकमन्त्री पनि हुन सक्छ) मेरो प्रतीक्षा तथा मन्त्रीज्यूसम्बन्धी सोच समानान्तर गतिले अघि बढ्न थाल्यो ।
मन्त्रीज्यूले निजी पीएमा राजपामा रहेको भान्जालाई राखेका छन् भने अफिसियल पीएमा आफ्नो माइलो सालोलाई । यस्तै प्रेससम्बन्धी जम्मै काम उनको साढुभाइले हेर्ने गर्छ । साढुभाइ राप्रपा नेपालको हो क्यारे । मन्त्रीज्यूका अधिकांश नातेदार उनीसँग काम गरिरहेका छन् । सबै मालामाल । गाडी । बंगला । सुनचाँदी । मोटो
क्याससहित । हठात् उच्च वर्गमा पुगेका । अँ, मन्त्रीज्यूको कानुनसम्बन्धी कार्य हेर्ने जनमोर्चाका वकिल भिनाजुबारे भन्न झन्डै बिर्सिएको । के कमरेड मदनकुमार भण्डारीले नेकपा एमालेमा प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद यही हो ? उसो भए मन्त्रीज्यूलाई जबज दर्पण भने पनि फरक पर्दैन । जबज- २०६७ का दर्पण । यही दर्पणमा नेकपा एमाले सम्पूर्ण रूपले देखा पर्छ । एकदमसँग छर्लंगिन्छ अर्थात् नांगिन्छ । होइन ??
केही सभासद टाइप व्यक्तिहरू बाहिर निस्किए ।
साले -मेरो होइन, मन्त्रीज्यूको) अहिलेसम्म भित्र नै थियो ।
म झलनाथ गुटमा भएकाले मन्त्रीज्यूले मलाई नभेटेको हुनुपर्छ । यही सत्य थियो । त्यसैले त्यहाँबाट जुरुक्क उठेर ढोकाबाट बाहिर निस्कनु बाहेक अरू कुनै उपाय थिएन ।
-निकै नै अबेर भएको साक्ष्ाीमा अगाडिको पर्खाल घडी बसेको थियो) मलाई झलनाथ-सलनाथसँग के काम । मेरो आफ्नै व्यक्तिगत काम थियो । -छ नै) त्यसकारण झलनाथ गुटलाई छाडेर ओली गुटमा जानुपर्‍यो कि क्या हो ।

प्रकाशित : पुस १७, २०६७ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?