कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१ सय ११ विद्यार्थीलाई छात्रवृत्ति

नवलपरासी — चौधरी समूहले नवलपरासी जिल्लाका विभिन्न विद्यालयबाट एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने र गरिब तथा जेहेन्दार १ सय ११ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नवलपरासीको निर्वाचन क्ष्ाेत्र नम्बर १ र २ का विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई बिहीबार ज्ञान उदय छात्रवृत्ति प्रदान गरिएको थियो ।


नवलपरासीको दिव्यपुरी गाविस दुम्कौलीमा चौधरी समूहका विभिन्न उद्योग रहेको गंगादेवी चौधरी उद्योग ग्राममा आयोजित कार्यक्रममा अंग्रेजी, गणित र विज्ञान विषय पढाउने ३ जना शिक्षकलाई पनि सम्मान गरिएको थियो ।
यी विद्यार्थीले ३ देखि १० हजार रुपैयाँसम्म छात्रवृत्ति पाएका छन् । दुई वर्षअघिदेखि सुरु भएको यस योजनाअन्तर्गत चौधरी समूहले करिब साढे ५ लाख रुपैयाँ वितरण गर्दै आएको कार्यक्रममा बताइएको थियो । कार्यक्रममा ९ वर्षअघि उद्योग ग्रामभित्रै जन्मेकी सीता थापामगरलाई पनि आर्थिक सहयोग प्रदान गरिएको थियो । छात्रवृत्ति योजनाका प्रमुख संयोजकसमेत रहेका समूहका अध्यक्ष तथा सभासद विनोद चौधरीले कार्यक्रमको थप विस्तार गरिने बताए । 'हामी यस कार्यक्रमलाई जिल्लाभरिका गरिब जेहेन्दार र उत्कृष्ट विद्यार्थीसम्म विस्तार गरी निरन्तरता दिनेछौं,' उनले भने । उनले आमा हरिमाया थापा मगरलाई सीतालाई उच्च शिक्षा अध्ययन गर्न सहयोग पुर्‍याउने आश्वासन दिए । 'म उनलाई उच्च शिक्षा दिलाई यस उद्योगकै प्रमुख कार्यकारी बन्न सक्ने सहयोग दिनेछु,' उनले भने ।
उद्योगले त्यहाँ कार्यरत कर्मचारीका बालबालिकालाई पनि यस्तै छात्रवृत्ति दिने तयारी गरिरहेको कार्यक्रममा जानकारी दिइयो । उद्योग ग्राममा १४ सयले प्रत्यक्ष रोजगारी पाएका छन् । यस उद्योग ग्राममा लोकपि्रय ब्रान्ड वाइवाइसँगै अन्य चाउचाउ र स्न्याक्स, बियर, चुरोट, प्याकिङ बाकस, उत्पादन हुन्छन् ।
चौधरी समूहले वाषिर्क करिब ८० लाख रुपैयाँ सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा प्रदान गरिरहेको छ ।
यससँगै चौधरीकै पहलमा नवलपरासी जिल्लाको विकास खाका पनि तयार भइरहेको छ । यस जिल्लामा जन्मेका विज्ञ र सभासदहरूसहितको समूहले काम गरिरहेको उनले बताए । 'हामी बाँकी सबै जिल्लाले अनुकरण गर्न सक्ने विकासको खाका तयार गरिरहेका छौं,' चौधरीले भने । गत वर्षदेखि सुरु भएको यस कार्यक्रमबारे छलफल गर्न राजधानीबाट विभिन्न सभासद र विज्ञहरू बुधबार उद्योग ग्राममा भेला भएका थिए ।

 

प्रकाशित : पुस १७, २०६७ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?