कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादीलाई पनि एमाले बनाइ छाड्ने देउवाको अठोट

भरतपुर — कांग्रेसका नेता शेरबहादुर देउवाले माओवादीलाई पनि एमाले बनाइ छाड्ने अठोट व्यक्त गरेका छन् । उनले २०४८ सालतिरको स्मरण गर्दै त्यतिखेरको एमालेलाई पनि रुपान्तरण गर्न कांग्रेसले थुप्रै चुनौती ब्यहोरेको उल्लेख गरे ।

कांग्रेसका नेता शेरबहादुर देउवाले माओवादीलाई पनि एमाले बनाइ छाड्ने बताएका छन् । उनले २०४८ सालतिरको स्मरण गर्दै त्यतिखेरको एमालेलाई पनि रुपान्तरण गर्न कांग्रेसले थुप्रै चुनौती ब्यहोरेको उल्लेख गरे ।

'त्यतिखेर एमालेले पनि माओवादीले जस्तै हैरान पारेको थियो' मेलमिलाप दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले भने, 'माओवादीलाई पनि अब कांग्रेसले एमाले बनाएर छोडने छ ।'

कांग्रेसकै दबावका कारण माओवादी राजनीतिको मुलधार आएर लोकतन्त्र स्विकारेको उल्लेख गर्दै देउवाले मुलधारमा आएको पार्टी लोकतान्त्रिक हुनैपर्ने जिकिर गरे । उनले भने, 'माओवादी लोकतान्त्रीक भैसकेपछि शान्ति र संविधान बन्छ ।'
'फरक यत्ति हो त्यतिखेर एमालेसंग सेना थिएन अहिले माओवादीसंग सेना छ' उनले भने । माओवादीले चाहे जस्तो शासन ब्यवस्था संसारमा असफल भैसकेको भन्दै देउवाले त्यस्तो असफल ब्यवस्था नेपालमा लागु हुनै नसक्ने दावी गरे ।
देशमा शासन ब्यवस्थाको पद्धती बसाउन जरुरी रहेको औल्याउँदै देउवाले पार्टीहरुको ध्यान सिस्टम बसाल्ने तिर नजाँदा समस्या जटिल हुँदै गएको बताए। उनले सबै पद्धती राजाले खत्तम पारेको बताउँदै अब राज्यको पद्धति बसाउन आवश्यक रहेको दोहोर्‍याए ।
लोकतन्त्र मजबुत हुन स्थायी सरकारको आवश्यकता औल्याउँदै उनले अमेरिकामा दुई सय वर्षदेखि र भारतमा विगत ६५ वर्षदेखि प्रजातान्त्रिक पद्धति रहेकाले दवै मजबुत हुँदै गएको बताए । कांग्रेसको प्रसंग कोट्यादै पार्टीमा कसैले पनि एकलौटी गर्न नहुने अडानमा आफू रहेको बताए । 'पार्टीभित्र अंश बण्डाको कुरा छैन ' उनले भने, ' नेपाली कांग्रेस ठूलो पार्टी हुनका लागि एकता जरुरी छ ।'




प्रकाशित : पुस १६, २०६७ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?