कर्णाली

Pradesh-6

कर्णाली सरकार एक वर्ष सर्भे मै केन्द्रित हुन्छः मुख्यमन्त्री शाही

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली सरकारले एक वर्ष सम्भाव्यता अध्ययनमै केन्द्रित भएर बजेट निर्माण गर्न लागेको बताएका छन् ।

कर्णाली सरकार एक वर्ष सर्भे मै केन्द्रित हुन्छः मुख्यमन्त्री शाही

गाउँमा अझै पुगेनन् पुस्तक

यहाँका ग्रामीण क्षेत्रमा पाठ्यपुस्तक पुग्न नसक्दा पठनपाठनमा समस्या भएको छ । सोरु गाउापालिकाको जनज्योति मावि थर्पु, जगतमाला माध्यमिक विद्यालय धैनकोट, बिजयी मावि कालै र भवानी माविमा अझैसम्म पाठ्यपुस्तक पुग्न नसकेको हो ।

गाउँमा अझै पुगेनन् पुस्तक

गैलीबजार डुबानमा

अविरल वर्षाका कारण बन्गाडखोलामा आएको बाढीले बन्गाडकुपिण्डे नगरपालिकाको गैलीबजार डुबानमा परेको छ । बाढीले छिन्चु–जाजरकोट जोड्ने निर्माणाधीन पुल भत्काएको छ ।

गैलीबजार डुबानमा

उपचारका लागि बेलायतबाट सहयोग

मृगौला पीडित गुर्भाकोट नगरपालिका–१३ का ६५ वर्षीय शेरबहादुर घर्तीलाई बेलायतमा बस्ने नेपालीले ५ लाख ५५ हजार रकम सहयोग गरेका छन् । दुई वर्षदेखि दुबै मृगौलाले काम नगर्ने भएपछि पूर्व वेलायती सैनिक निर्मलकुमार श्रीस र उनकी पत्नी खिमा श्रीसले सहयोग संकलन थालेका थिए ।

उपचारका लागि बेलायतबाट सहयोग
जेष्ठ २७, २०७५

अटो रिक्सा दुर्घटनामा तीनको मृत्यु

पञ्चपुरी नगरपालिकामा आइतबार अपराह्न अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुर्खेत बाबियाचौरदेखि मुरमुरीतर्फ जाँदै गरेको भे१घ २१३५ नं को अटोरिक्सा अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

अटो रिक्सा दुर्घटनामा तीनको मृत्यु

छिचोलियो शिलाजित भीर

कालिकोटको खुलालुदेखि लालीघाटसम्म डेढ किमि भीर छाडेर लालीघाटदेखि बाजुरासम्म ५१ किमिमा गाडी गुड्न थालेका छन् । शिलाजित भीर कालिकोटको नानीकोटमा पर्छ । लगातार डेढ वर्ष चट्टान फुटाएर सेनाले ६ किमि शिलाजित भीर छिचोलेको हो ।

छिचोलियो शिलाजित भीर

नीति तथा कार्यक्रम : एक घर एक रोजगारी

कर्णाली प्रदेश सरकारले शनिबार आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णाली प्रदेशसभामा १ सय ७५ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

नीति तथा कार्यक्रम : एक घर एक रोजगारी
जेष्ठ २६, २०७५

पर्यटन वर्ष उद्घाटनमै ६४ लाख खर्च

सरकारले वैशाख १ गते रारामा उद्घाटन भएको कर्णाली–रारा पर्यटन वर्षको हिसाबकिताब संसद्लाई जानकारी गराएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विभिन्न शीर्षकमा गरी ६३ लाख ८१ हजार ७ सय ९५ रुपैयाँ खर्च भएको जनाए ।

पर्यटन वर्ष उद्घाटनमै ६४ लाख खर्च