विविधा
माघ ६, २०७३

के अमेरिकी लोकतन्त्रले ट्रम्पलाई सुधार्लान्?

जनवरी २० तारिख २०१७ मा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ ग्रहण गर्नेछन् | उनको शपथ ग्रहणको बेला ठुलो बिरोध प्रदर्शन हुने निश्चितप्राय: छ | बिरोध गर्न पाउनु सबैको अधिकार हो | यो लोकतन्त्रको आधारभूत मान्यता हो | तर ट्रम्पको शपथ ग्रहणको बिरोधको नैतिक आधार छैन |

माघ २, २०७३

१२ वर्षपछि प्रचण्ड चुनवाङ फर्कंदा...

कस्तो लाग्यो १२ वर्षपछि चुनवाङ आउँदा ? प्रचण्डले प्याट्टै भने, ‘भावुक बनायो ।’ राजनीतिलाई नयाँ दिशा दिने केही विचार आयो ? उनले थपे, ‘केही न केही उर्जा त अवश्य पैदा भएको छ ।’ जुन जगले प्रचण्डलाई शक्ति र सत्तामा पुर्‍यायो, त्यही जग भुल्न गाह्रो पनि हुन्छ । चुनवाङ एउटा त्यस्तै जग हो  । हेलिकप्टरले चुनवाङका आकाश छोड्दासम्म प्रचण्डले स्थानीयलाई हात हल्लाएर अभिवादन गरिरहे ।

माघ १, २०७३

योगा चौतर्फी चासो

आज हजारौं अनुसन्धानहरु योगका विभिन्न पक्षको माध्यमबाट अनगिन्ति नसर्ने रोगहरुको संक्रमणलाई नियन्त्रण गर्नका लागि कति उपयोगी छन् भनेर गरिएका वैज्ञानिक अनुसन्धानद्वारा प्रमाणित छन् ।

पुस २८, २०७३

गाउँलेको नजरमा ‘बिग्रेकी केटी’

जव उनले छोरीलाई पढाउन कर गरिन् । अनि महिलाले रोग लुकाएर बस्न हुन्न अस्पताल जानु पर्छ भनिन् । जव उनले सुत्केरी हुँदा सात दिनसम्म एकै ठाउँमा खाने बस्ने र दिशापिसाव गर्ने संस्कारको बिरोध गरिन् । समाजले उनलाई एउटा उपमा दियो, ‘बिग्रेकी केटी’। गाउँलेहरुले उनलाई ‘आफु त बिग्री बिग्री अरुलाई पनि बिगार्ने भइ’ भनेर गाउँबाटसमेत लखेटे ।

पुस १८, २०७३

छोरालाई स्थापित गर्न मुलायमसिंहले नाटक त गरेको होइन ?

अखिलेश समुहले आइतबार ‘आकस्मिक’ बैठक डाकेर राष्ट्रिय अध्यक्ष बनाएको घोषणा गरे तर केही घन्टापछि नै मुलायमले उक्त घोषणालाई कानुन संवत छैन भन्दै आगामी विहीबार पार्टीको राष्ट्रिय महाधिवेशन बोलाए । छोरा अखिलेशलाई उचालेर केही राजनीतिक स्वार्थीहरुले दाउपेच गरिरहेको आरोप समेत उनको छ । त्यसपछि छोरालाई साथ दिएका राष्ट्रिय महासचिव रामगोपाललाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरेका छन् ।