विविधा
भाद्र ६, २०७५

त्यसैले बाजपेयी "अटल" भए 

अटल बिहारी बाजपेयीलाई श्रदान्जली दिन पुगेका सामाजिक न्याय  अभियन्ता स्वामी अग्निवेश  तथाकथित भारतीय जनता पार्टीका कार्यकर्ताद्वारा कुट्पिट  गरिएपछि आफु हिन्दू हुनुमा मलाई लघुताभास हुनथाल्यो । 

टीकापुर काण्डको पोस्टमार्टम

तीन वर्षअघि भदौ ७ गते कैलालीको टीकापुर सहरमा अनपेक्षित र अवाञ्छित घटना घटे । थारु आन्दोलनकारी र प्रहरी बीचको हिंसात्मक मुठभेडमा असंख्य थारु घाइते भए । आठजना प्रहरी मारिए । घटना घटेको एकाध घन्टापछि सुनसान र चकमन्न अवस्थामा रहस्यमय रूपमा एक बालक गोलीको सिकार भयो ।

दलितलाई आवासको हक

संसदमा अहिले बजेट अधिवेशन चलिरहेको छ । संविधानमा व्यवस्था भएका ३१ वटा मौलिक हकलाई सार्थक बनाउन विभिन्न विधेयक संसदमा दर्ता भइरहेका छन् । छलफल तथा संशोधनका लागि पिजनहोलमा राखिएका धेरै विधेयक पढेर धारणा बनाउन सांसदसंँग समय नहुन सक्छ ।

बत्तीका पुतली

बत्तीका पुतली । यो एउटा नेपाली लोकोक्ति हो । यसले कुनै चिजमा आकर्षित भई फँस्नु वा त्यसमा फँसेर ज्यान गुमाउनु भन्ने बुझाउँछ । के साँच्चै बत्तीमा आएका पुतली फँसेकै हुन् त ? बत्तीमा किन पुतली या अन्य किरा आएका होलान् !

बालिकामाथि बर्बरता

झापाको अर्जुनधारामा ९ वर्षकी एक बालिकालाई ७० वर्षका वृद्धले बलात्कार गरे । नवलपरासीको प्रतापपुरमा साढे तीन वर्षकी बालिकालाई एक किशोरले बलात्कार गरे ।

भाद्र ५, २०७५
ADVERTISEMENT

घाँसेबाली खेतीः नगदको साथै बाँदर धपाउन समेत उपयोगी

पशुजन्य पदार्थको माग बढ्दै गएको अवस्थामा व्यावसायिक पशुपालन पनि नेपालमा फस्टाउँदै गएको व्यवसाय हो । कृषिकर्मको पुरक व्यवसायको रूपमा अपनाइने निर्वाहमुखी पशुपालन हाल आधुनिक प्रविधियुक्त पूर्ण व्यावसायिकतातिर अग्रसर भइरहेको छ ।

संहिताले जन्माएको संशय

मुलुकी देवानी र फौजदारी संहिता र कार्यविधि लागू भएपछि यसका केही प्रावधानका विषयमा समाजका केही अंग सशंकित देखिन्छन् । प्रेस जगतले केही प्रावधानलाई प्रेस स्वतन्त्रता विरोधी भनिरहेको छ ।

करको झमेला

अधिकांश स्थानीय सरकारले धमाधम अपरिपक्व निर्णय गरिरहेका छन् । उनीहरूमा सामाजिक उत्तरदायित्वको भावना देखिएको छैन । हचुवाका भरमा कर निर्धारण गरिएको छ । त्यसको सिकार साना व्यवसायीदेखि किसानसम्म बनिरहेका छन् ।

होला न्यायालयमा सुधार ?

सबैले जिम्मेवारी इमानदारी र कुशलतापूर्वक बहन गरिदिने हो भने पुलिस प्रशासन लगायतका संयन्त्र चाहिँदैन । युटोपियनझैं लाग्ने त्यस्तो व्यवस्थालाई वामपन्थीले संक्षेपमा साम्यवाद भन्ने गर्छन् । तर त्यस्तो व्यवस्था अस्तित्वमा छैन । सबैले राम्रोसँग आफ्नो जिम्मेवारी बहन गरिदिए हुन्थ्यो भन्ने आकांक्षा त हुन्छ ।

भाद्र ४, २०७५

निर्माणस्थल कति सुरक्षित ?

काठमाडौंको महाराजगन्जमा गत साउन २७ गते इनार सफा गर्दा २ जनाको मृत्यु भयो । गत वैशाखमा डोल्पाको चिप्लेभिरमा सडक निर्माणका क्रममा ब्लास्टिङ गर्दा उछिट्टिएको ढुङ्गाले लागेर दुई कामदारको मृत्यु भयो । गत साल मेलम्ची आयोजनाको पाइप बिछ्याउने ट्रेन्च खन्दा तीन जनाको ज्यान गयो ।

सर्पदंशमा सजगता

सर्पले मानिसलाई खोजी–खोजी डस्दैन । अन्जानवश कसैले टेक्न पुगे वा जिस्क्याए मात्र सर्पले खतरा महसुस गरी प्रतिरक्षाका लागि डस्ने हो । नेपालमा ८९ प्रजातिका सर्प फेला परेका छन् । तीमध्ये १७ प्रजातिका सर्पमात्र विषालु छन् । गोमन, राजगोमन, गनग्वारी (राजा सर्प), करेत, बाघे तथा हरेउ विषालु सर्प हुन् ।

पीडकलाई कारबाही मात्र न्याय होइन

घटना १ : संखुवासभाकी अजिता मगर (नाम परिवर्तित) १३ वर्षकी भइन् । कक्षा तीनमा पढ्दै गर्दा उनी एउटै घरमा भाडामा बस्ने ४० वर्षे पुरुषबाट २०७४ मंसिरमा बतात्कृत भइन् । डर र धम्कीका कारण उनले घटनाबारे तत्काल कसैलाई भन्न सकिनन् । २१ हप्ताको गर्भ भएपछि मात्रै एकाएक घरपरिवार र छरछिमेकले घटनाबारे थाहा पाए ।

पराइ भूमिमा पसिना

गए साता युवाले औपचारिक, अनौपचारिक कार्यक्रम गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाए । यस पंक्तिकार युवाका मनोभावना, इच्छा, आकांक्षा, दु:ख, सुख, पीडा, व्यथासँग नजिकैबाट परिचित छे । समृद्ध नेपालको नारा निकै जोडतोडले घन्किरहेको छ ।