विद्युत् क्षेत्रको नियमनका लागि गठन गर्ने तयारी गरिएको विद्युत् नियमन आयोगको क्षेत्राधिकार बढाउने प्रस्तावसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत नीतिमाथि छलफल अघि बढाएको छ ।
गोरखा पालुङटारमा ३ सयवटा गाई पालेर वार्षिक १ करोड रुपैयाँ बराबरको अम्दानी गर्दै आएका राजेन्द्रराज पन्तलाई सरकारले यस वर्षको सर्वोत्कृष्ट कृषक घोषणा गरेको छ ।
नेपाल–भारत ऊर्जा व्यापार समितिको यो साता बस्ने बैठकमा नेपाली पक्षले विद्युत् मूल्य नबढाउन भारतीय पक्षसँग आग्रह गर्ने भएको छ । समितिको बैठक यही बिहीबार र शुक्रबार नयाँदिल्लीमा बस्ने तय भएको छ ।
आगामी मौद्रिक नीतिको तयारीमा जुटेको केन्द्रीय बैंकले यतिबेला प्रदेश र स्थानीय तहको बजेट अध्ययन गरिरहेको छ । मुलुक संघीयतामा गएपछि यो वर्ष पहिलोपटक संघ र प्रदेशले छुट्टाछुट्टै बजेट सार्वजनिक गरेका छन् ।
सरकार, रोजगारदाता र ट्रेड युनियनको प्रतिनिधित्व रहने गरी गठन भएको राष्ट्रिय न्यूनतम ज्याला दर निर्धारण समिति अझै टुंगोमा पुगेको छैन । वार्ता सुरु भएको लामो समयपछि रोजगारदाताले पहिलोपटक प्रस्ताव गरेको ज्याला दरमा ट्रेड युनियन सहमत हुन सकेका छैनन् ।