अर्थ / वाणिज्य

Nepali Business & Economics News

भारतबाट २ अर्ब ५८ करोड युनिट विद्युत् आयात

राष्ट्रिय प्रसारण प्रणालीमा गत वर्ष प्राप्त कुल ऊर्जाको ३६ प्रतिशत भारतबाट आयात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७४/७५ मा आफ्नो प्रसारण प्रणालीमा प्राप्त कुल ऊर्जामध्ये प्राधिकरण आफैंले ३३ प्रतिशत उत्पादन गरेको थियो । यस्तै निजी क्षेत्रबाट उत्पादित विद्युतको प्रतिशत करिब ३१ प्रतिशत छ ।

भारतबाट २ अर्ब ५८ करोड युनिट विद्युत् आयात

२८ बैंकको कमाइ ५३ अर्ब

लगानीयोग्य रकम अभाव भएको भन्दै गत आर्थिक वर्षका अधिकांश महिनामा बैंकहरूले ऋण प्रवाहमा कडाइ गरे पनि नाफामा त्यसको असर देखिएन । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरूको नाफा साढे १८ प्रतिशत बढ्नुले यो पुष्टि हुन्छ ।

२८ बैंकको कमाइ ५३ अर्ब

डलर भाउ हालसम्मकै उच्च

शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १ सय १२ रुपैयाँ ५५ पैसा तिर्नुपर्ने भएको छ । यो हालसम्मकै उच्च हो । यसको अर्थ डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्ने हो ।

डलर भाउ हालसम्मकै उच्च

छिटो फल लाग्ने महँगो स्याउ बोट

सोलुखुम्बु दूधकुण्ड नगरपालिका २ स्थित इविङमका आङनुरी शेर्पाले व्यावसायिक रूपमा स्याउ लगाउन थालेको ५ वर्ष भयो । सुरुमा रिच ए रेड र गोल्डेन डेलिसियस जातको स्याउ लगाए । यो स्याउ अझै फलेको छैन । फल्न अझै ६ वर्ष लाग्छ ।

छिटो फल लाग्ने महँगो स्याउ बोट

उद्योग मन्त्रालयका आयोजना: ३० मध्ये २ को प्रगति सन्तोषजनक

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ३० निकायमध्ये दुईको मात्रै प्रगति सन्तोषजनक देखिएको छ ।वार्षिक प्रगति समीक्षाअनुसार मन्त्रालय मातहतका घरेलु तथा साना उद्योग विकास कार्यक्रम (विभाग र जिल्लातर्फ) र सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयले मात्रै शत प्रतिशत प्रगति गरेका छन् ।

उद्योग मन्त्रालयका आयोजना: ३० मध्ये २ को प्रगति सन्तोषजनक

इन्टरनेट र केबल टिभीको शुल्क बढ्ने व्यवसायीको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले नयाँ व्यवस्थासहित आफ्नो पोल भाडा वृद्धि गरेको छ । प्राधिकरणले बढाएको भाडादर १० गुणाभन्दा बढी महँगो भएको भन्दै व्यवसायीले इन्टरनेटको मूल्य बढ्ने चेतावनी दिएका छन् ।

इन्टरनेट र केबल टिभीको शुल्क बढ्ने व्यवसायीको चेतावनी