फिचर
भाद्र १४, २०७५

पाइप जोगाउन ढुंगाको भुवा

जिल्लामा सिँचाइका पाइप डढेलोबाट जोगाउन नौलो प्रयोग थालिएको छ– ‘ढुंगाको भुवा’ ।ढुंगालाई भट्टीमा गालेपछि सिसाजस्तो वस्तु बन्छ । यसैलाई ‘रकउल’ अर्थात् ‘ढुंगाको भुवा’ भनिएको हो ।

भाद्र १२, २०७५

संस्कृत सिक्दै मुस्लिम बालबालिका

मोहमद सफिकुल शेक यहाँको गायत्री संस्कृत मावि आसपास हुने प्राय: सबै धार्मिक कार्यक्रममा स्वस्ती वाचन गर्न पुग्छन् । उनले स्वस्ती वाचन गर्दा कार्यक्रम आयोजकले शेक मुसलमान हुन् भन्ने भेउ नै पाउँदैनन् ।

भाद्र ११, २०७५

तानसेनमा चुइँकी फिराइ

सांस्कृतिक सहर तानसेन अब ९ दिनसम्म जात्रामा रम्नेछ । उहिले पश्चिम नेपालको ‘कमान्ड’ गर्ने थलोमा जात्रैजात्राको सिजन सुरु भएको हो । यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व काठमाडाैं र भक्तपुरकै सरह छ ।

भाद्र ९, २०७५

जनताले यसरी जोगाए रूपा ताल

अधिक दोहन र संरक्षण अभावले फेवातालको आयु घट्दो छ । तल्लो तटीय क्षेत्र अर्थात् लेकसाइड क्षेत्रका व्यवसायीको ताल संरक्षणमा योगदान छैन । उपल्लो तटीयका क्षेत्रका बासिन्दाको आफ्नै गुनासा छन् ।

भाद्र ८, २०७५

पहिले हात्ती सयर अहिले सिटी रिक्सा

राजकुमारी राजवंशी कुनै बेला हात्ती चढेर माइत पुग्थिन् । उबेला जमिनदारकी छोरी अनि जमिनदारकै बुहारी रहेकी उनलाई माइत आउजाउ गर्न दुई किलोमिटर टाढा रहेको पतिको घरबाट हात्ती पुग्थ्यो ।

भाद्र ४, २०७५

माछा मार्ने मेला

टीकापुर नगरपालिका–७ की लौटी थारू एकाबिहानै हेल्का र डिलिया लिएर माछा मार्न निस्किइन् । उनीसँगै छिमेकका अरू पनि मिस्सिए । खोलाको पानी बढेर झरन र खेतमा आएपछि लौटीलगायतका थारू महिला घर नजिकै सडक किनारको झरनमा पुगे ।

भाद्र ३, २०७५

भीरमा झुन्डिएर यात्रा [तस्बिरहरु] 

अन्नपूर्ण गाउँपालिका २ भुरुङ्ग तातोपानीको नागढुङ्गा छेउ कालीगण्डकी नदीले बेनी–जोमसोम सडक कटान गर्दा यातायात अवरुद्ध भएको छ । पैदलबाटोसमेत नहुँदा यात्रु भीरमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

चन्द्रौटाको बजारीकरण : बस बिसौनी बन्यो व्यापारिक केन्द्र 

शिवराज नगरपालिका–५ मा ४५ वर्षअघि पूर्व–पश्चिम राजमार्ग निर्माण मजदुर बस्थे । उनीहरूले पाल टाँगेर बस्ती बसाएका थिए । ०४० सालपछि झुपडीमा चिया पसल थपिए । वरिपरि केराबारी थियो ।

भाद्र १, २०७५

प्रधानमन्त्री ओलीले प्रदेश–२ को सभामा सम्बोधन गर्ने खबरले जनकपुर तरंगित

प्रधानमन्त्री केपी शर्मा ओलीको शनिवार हुने जनकपुर भ्रमणले यहाँको राजनीतिलाई मात्र होईन सामाजिक जीवनलाई पनि तरंगित बनाएको छ । नगरको चिया पसलदेखि गाउँघरका चौपालसम्म यसै विषयमा वहस हुन थालेको छ ।

काखभरि चौंरी

तिप्लिङको पाङसाङ र सोमदाङ लेक चौंरीगोठले भरिएका छन् । चौंरीको पोसिलो आहार मानिने बुकीले लेकमा हरियाली छाएको छ । गोठमा ब्याएका चौंरी र तिनका बाच्छाबाच्छी स्याहार्न किसानलाई भ्याइनभ्याइ छ ।