प्रदेश १

Pradesh-1

चोरिएका मोटरसाइकल सीमापारि

झापाका विभिन्न क्षेत्रबाट चोरी गरिएका मोटरसाइकलहरू सीमापारि भारत लाने गरिएको पाइएको छ । इलाका प्रहरी कार्यालय दमकले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । 

चोरिएका मोटरसाइकल सीमापारि

हतियारसहित ५ जना पक्राउ

प्रहरीले ठूलो परिमाणमा हतियार र गोलीसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरिएको छ ।

हतियारसहित ५ जना पक्राउ

सभापति चयनबारे छलफल

प्रदेशसभाले गठन गरेका सात समितिमध्ये न्याय, प्रशासन तथा विधायन समितिको बैठक बुधबार पहिलोपटक बसेको छ । प्रदेशसभा सञ्चालन नियमावलीअनुसार यो प्रदेशमा ७ वटा संसदीय समिति गठन भएका थिए ।

सभापति चयनबारे छलफल

खोला तार्दै पढाउँदै

महानगरपालिकासँग जोडिएको कटहरी गाउँपालिका ६ को लक्ष्मी निमाविका शिक्षक–शिक्षिकाको दिनचर्या तीन दिनदेखि अलि फेरिएको छ । विद्यालयका प्राचार्य कृष्ण सुवेदीसहितको विद्यालय टोली बिहान ९ बजे नै नजिकको सुखानी खोलामा तैनाथ हुन्छन् ।

खोला तार्दै पढाउँदै

सडकमा लाग्ने हाट व्यवस्थित पारिने

प्रदेश १ को अस्थायी राजधानी विराटनगर महानगरपालिकाका सडकमा लाग्दै आएको साप्ताहिक हटियालाई व्यवस्थित गरिने भएको छ । मुल सडकदेखि सहायक सडकहरूमा सहर स्थापना भएदेखि लाग्दै आएका २६ वटा साप्ताहिक हटियालाई अन्यत्र सारेर व्यवस्थित पारिने भएको हो ।

सडकमा लाग्ने हाट व्यवस्थित पारिने
असार २०, २०७५

एन्फा एकेडेमीहरू सञ्चालन गरिने

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले धरानसहित बुटवल र काठमाडौंको एन्फा एकेडेमी आगामी वर्षदेखि पुन: सञ्चालनमा ल्याउने बताएका छन् । एन्फाको सात जनाको टोली पूर्वको फुटबलको अवस्था बुझ्न आउने क्रममा उनले फुटबल विकासका लागि जसरी पनि एकेडेमी सञ्चालन गर्ने बताएका हुन् ।

एन्फा एकेडेमीहरू सञ्चालन गरिने