प्रदेश २

Pradesh-2

सुख्खा बन्दरगाह: जग्गा अधिग्रहण गरिने

वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाह र एकीकृत सुरक्षाजाँच चौकी बीचको ६२ बिघा जग्गा अधिग्रहण प्रक्रिया तीव्र पारिने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

सुख्खा बन्दरगाह: जग्गा अधिग्रहण गरिने

भीमसेन जात्रा शान्त

विगतमा प्रहरी प्रशासनका लागि चुनौती बन्दै आएको वीरगन्जको भीमसेन जात्रा यस वर्ष शान्तिपूर्वक सम्पन्न भएको छ । बाक्लो सुरक्षा घेराबीच मंगलबार साँझ यो जात्रा भएको हो ।

भीमसेन जात्रा शान्त

उखुको भुक्तानी दिन निर्देशन

जिल्ला प्रशासनले उखुको बाँकी भुक्तानी दिन श्रीराम सुगर मिल्स गरुडालाई निर्देशन दिइएको छ । गत आर्थिक वर्षमा खरिद गरेको उखुको १५ करोड र अघिल्लो वर्षको १२ करोड रुपैयाँ भुक्तानी दिन निर्देशन दिइएको हो ।

उखुको भुक्तानी दिन निर्देशन
भाद्र २१, २०७५

नगरपालिकाबीच सीमा विवाद

चन्द्रपुर र गुजरा नगरपालिकाबीच सीमा विवाद बढेको छ । भूगोल नक्सामा चुरेसम्म गुजरा नगरपालिकाको सीमाक्षेत्र रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिओग्राफी इन्फरमेसन सिस्टमले देखाएपछि विवाद बढेको हो ।

नगरपालिकाबीच सीमा विवाद

भन्सार प्रज्ञापन र बिलबिजक गायब

भन्सार राजस्व छली आशंकामा चितवन प्रहरीले नियन्त्रणमा लिएको ट्रक चेकजाँचपछि अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालय पठाउँदा भन्सार प्रज्ञापनपत्र र बिलविजक नै गायब गरेको पाइएको छ ।

भन्सार प्रज्ञापन र बिलबिजक गायब
भाद्र २०, २०७५

पाेखरीमा डुबेर दुई बालकको मृत्यु

पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । 

पाेखरीमा डुबेर दुई बालकको मृत्यु

जाल हान्दै, गुजारा चलाउँदै

ग्वाङखोलाको सङ्लो पानीमा माछा मर्नु ४२ वर्षीय बुद्धिबहादुर दर्लामीको दैनिकी हो । वीपी राजमार्गमा यात्राका क्रममा आइतबार साँझ माछा मार्दै गरेका बेला उनी भेटिए ।

जाल हान्दै, गुजारा चलाउँदै