फल्सिङ्ग कलेज प्वाइन्ट २३ एभिन्यु, ७-११ स्टोरमा म सदा झै काम गर्दै थिएँ । मेरा साहु यु जङ्ग सिक आएर मेरो पिठ्यु थम्थमाउँदै भने "हेप्पी अर्थक्वेक ।" म असामन्जस्यमा परें कहिं नेपालमा फेरी भूकम्प त गएन !
सत्तासीन कम्युनिस्ट पार्टीहरू नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको श्राद्ध–कर्ममा व्यस्त रहेका बेला प्रश्न उठिरहेको छ– नेपालमा वर्गको राजनीति (कम्युनिस्ट राजनीति) कता जाँदैछ ?
केही दशक अघिसम्म चलिआएको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको शब्दावली प्रयोग गर्ने हो भने नेपालमा वामपन्थीहरूको भारी बहुमतले सत्तारोहण हुँदा चिनियाँ कम्युनिस्ट पार्टीले यसमा ‘सर्वहारा अन्तर्राष्ट्रियवाद’को भावनाले ओतप्रोत भई खुसी व्यक्त गथ्र्यो होला ।
२०७२ वैशाख १२ गते महाभूकम्पले पृथ्वी मात्र हल्लाएन, मान्छेको मथिंगलसमेत हल्लायो । त्यो हल्लाइ वर्गअनुसार फरक थियो । सडकमै बस्नेले ठाउँ छाड्नुपरेन, चिन्तै भएन । एकतले घर हुनेहरू डराउँदै बस्दै–भाग्दै गरे । अग्ला घर हुनेको पहिला जुन रवाफ थियो, भूकम्पले तिनैको बढ्ता सातो खायो ।
विद्यालयमा ४–५ कक्षा अध्ययन गर्ने आठ–दस वर्षका बालबालिका प्रेमपत्रका कुरा गर्छन् । कुनै व्यक्ति आफूलाई असाध्यै मनपरेको अर्का साथीलाई निसंकोच सुनाउँछन् ।
सबैतिर चर्चा छ, के यो सरकारले बोलेका कुरा व्यवहारमा लागु गरि नेपाललाई सवृद्धि बनाउन सक्ला? अहिलेसम्मका काम र कुरा हेर्दा यहि बिचार, दृष्टिकोण, तरिका र तयारीले सवृद्धि आयात हुने र आसेपासेले मात्र बाँडेर खाने देखिन्छ ।
केही महिनाअघि तिजडाँडा, दैलेखको हिमालय आधारभूत विद्यालयका विद्यार्थीहरुले दिउँसोको खाना खान अस्विकार गरे । विद्यालयको प्रशासन केही घण्टाको लागि बन्द भयो । कारण थियो, एक दलित भान्सेले भान्सामा छिरेर दिउँसोको खाना तयार पारेकोमा ।
नेपालमा पुन:स्थापना भएको लोकतन्त्र २०६२/६३ को दोस्रो जनआन्दोलनको उपज हो । त्यसो त लोकतन्त्रका लागि २००७ र २०४६ सालमा पनि ठूलै जनआन्दोलनहरू भएका थिए । तर त्यतिबेला स्थापना भएको लोकतन्त्रले नत जनताको हकहितको रक्षा गर्न सक्यो न उनीहरूलाई समृद्ध बनाउन सक्यो ।
बाह्र वर्ष पूरा भएछ, २०६२/६३ आन्दोलन सम्पन्न भएको । नेपाली समाज, राष्ट्र र राज्यलाई तलैदेखि धेरै हल्लाएको आन्दोलन हो यो । शताव्दीयौंदेखि स्थापित मिथकहरूलाई प्रश्नको कठघरामा उभ्याएको थियो । ‘राजा बिनाको पनि देश हुन्छ र ?’ भन्ने कतिपय सनातनी मान्यतालाई भत्काएर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सफल भयो, त्यो आन्दोलन ।
‘जतिसुकै कमीकमजोरी देखिए पनि अहिलेसम्म लोकतन्त्रभन्दा उत्कृष्ट शासन व्यवस्थाको परिकल्पना राजनीतिशास्त्रले गरेको छैन । त्यसैले भनिन्छ लोकतन्त्रको विकल्प अझ परिष्कृत लोकतन्त्र मात्रै हो ।
राजाले हारेको र नागरिकले जितेको दिन हो, वैशाख ११ । राजाले संविधानलाई आफ्नो हातमा लिंँदै मन्त्रिपरिषदको अध्यक्ष आफैं भए । नेता र क्रियाशील नागरिकलाई बन्दी बनाए । संविधानले चिन्दै नचिनेका डा. तुलसी गिरी, कीर्तिनिधि विष्ट जस्तालाई उपाध्यक्ष बनाए । उनको शासनमा पत्रकारका हात बाँधिएको थियो ।