अर्थ / वाणिज्य

Nepali Business & Economics News

सर्वसाधारणको लगानी हुने १३ आयोजना पहिचान

ऊर्जामन्त्री वर्षमान पुनले एक दर्जन जलविद्युत् आयोजना सर्वसाधारणको प्रत्यक्ष लगानीमा बनाउने तयारी गरिएको बताएका छन् । विनियोजन विधेयकमा उठेका प्रश्नको संसदमा बुधबार जवाफ दिँदै ऊर्जामन्त्री पुनले १३ वटा आयोजना सर्वसाधारणको प्रत्यक्ष लगानीमा बनाउने तयारी भएको जानकारी दिए ।

सर्वसाधारणको लगानी हुने १३ आयोजना पहिचान

नाम मात्रैका उद्योगको छानबिन गरिने

सरकारी रेकर्डमा दर्ता भई सञ्चालन नभएका उद्योगको छानबिन हुने भएको छ । केही उद्योगले उत्पादनको नाममा आयातित सामान नेपाली टयाग राखेर बिक्री गरेको गुनासोपश्चात उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो ।

नाम मात्रैका उद्योगको छानबिन गरिने
असार १३, २०७५

माथिल्लो तामाकोसीको सेयर: प्रभावितलाई दुई सातामा खुल्ने

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको आयोजनाको सेयर प्रभावित बासिन्दाका लागि दुई सातापछि खुल्ने भएको छ । प्रभावितलाई सेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि खुला गरिने आयोजनाले जनाएको छ ।

माथिल्लो तामाकोसीको सेयर: प्रभावितलाई दुई सातामा खुल्ने

तीन वर्षमा पनि बनेन इन्धन भण्डारण

आर्थिक वर्ष सकिन झन्डै २० दिन बाँकी हुँदा सरकारले तीनवटा इन्धन भण्डारण निर्माण गर्ने दाबी गरेको छ । मध्यकालीन खर्च संरचनाअनुसार चालु आर्थिक वर्षमा ९० दिनको माग धान्न सक्ने गरी सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारणगृह निर्माण गरिने उल्लेख छ ।

तीन वर्षमा पनि बनेन इन्धन भण्डारण

माथिल्लो त्रिशूली थ्री ‘ए’ प्रसारण लाइन विस्तारमा अवरोध

स्थानीयवासीले मुआब्जा लिन नमान्दा ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ को प्रसारण लाइन विस्तारमा अवरोध आएको छ । आयोजनाको पावरहाउसदेखि १३२ केभी लाइनको थ्री ‘बी’ हबसम्म ६ वटा टावर छन् ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ प्रसारण लाइन विस्तारमा अवरोध

नेप्से १२ सय तल

काठमाडौं– सोमबार करिब १० अंकले घटेको बजार मंगलबार १५ अंकभन्दा धेरैले ओरालो लाग्यो । मंगलबारको गिरावटले सेयर कारोबार मापक नेप्से परिसूचक १ हजार २ सयभन्दा तल (१ हजार १ सय ९४.८०) झरेको छ । यो करिब करिब तीन महिनाअघिको अवस्था हो । गत चैत १२ गते नेप्से परिसूचक १ हजार १ सय ६८.६२ विन्दुमा थियो ।

नेप्से १२ सय तल

धनकुटा ‘एभोकाडोको राजधानी’

पछिल्लो समय व्यावसायिक खेतीसँगै आम्दानीको मुख्य स्रोत बनेको एभोकाडो फलप्रति कृषकको आकर्षणका आधारमा धनकुटा नगरलाई ‘एभोकाडोको राजधानी’ घोषणा गरिएको छ ।

धनकुटा ‘एभोकाडोको राजधानी’

विश्वकै महँगो हङकङ सस्तो तासकन्द

आप्रवासीहरूका लागि विश्वकै सबैभन्दा महँगो सहर चीनको विशेष प्रशासकीय क्षेत्रअन्तर्गत पर्ने हङकङ र सस्तो सहर उज्वेकिस्तानको तासकन्द रहेको एक सर्वेक्षणले देखाएको छ । विश्वका मानव जीवन निर्वाह लागत सर्वेक्षण रिपोर्ट तयार गर्ने संस्था ‘मर्सर’ ले सार्वजनिक गरेको प्रतिवेदनमा यी दुई सहरलाई क्रमश: महँगो र सस्तो भनेर उल्लेख गरिएको हो ।

विश्वकै महँगो हङकङ सस्तो तासकन्द