फोटोफिचर

Photo Feature

छोरीहरुको काँधमा डा. देवकोटाको पार्थिव शरीर

दक्षिण एसियाकै अब्बल स्नायु चिकित्सक विशेषज्ञ डा. उपेन्द्र देवकोटाको मंगलबार दिउँसो पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अत्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई छोरीहरुले बोकेका थिए । डा देवकोटाको हिजो सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको थियो ।

छोरीहरुको काँधमा डा. देवकोटाको पार्थिव शरीर
असार ३, २०७५

भगवान पुकार्दै मनास्लु पदमार्गको यात्रा

बर्खा लागेसँगै मनास्लु पदमार्गको ठाउँ/ठाउँमा गएको पहिरोले जोखिम बढाएको छ । पहिरो सँगै माथिबाट ढुङ्गा झर्न थालेपछि पैदलयात्रीहरु समस्यामा परेका छन् ।

भगवान पुकार्दै मनास्लु पदमार्गको यात्रा
असार २, २०७५

इदउल फित्र मनाइयो

विश्व शान्तिको कामना गर्दै नेपालका मुस्लिम धर्मावलम्बीले हर्षोल्लासकासाथ इदउल फित्र मनाएका छन् । मुस्लिम समुदायका अगुवाले इदको बिदा कटौती गरेर सरकार हाम्रो अधिकारप्रति उदासीन रहेको देखिन्छ भन्दै यो पर्वका अवसरमा दिदैं आएको बिदा कटौती गरिएकोप्रति असन्तृष्टि व्यक्त गरेका थिए । 

इदउल फित्र मनाइयो
असार १, २०७५
जेष्ठ २९, २०७५

तस्बिरमा ट्रम्प-किमको शिखर वार्ता

विश्व जगत नै अाश्चर्यचकित हुने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच 'बृहत्' सम्झौतामा हस्ताक्षर भएको छ । उनीहरु बीच सिंगापुरको भएको वार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो । ट्रम्प-किम शिखर वार्ताको सुरुदेखि अन्त्यसम्मका तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।

तस्बिरमा ट्रम्प-किमको शिखर वार्ता

एेतिहासिक हस्तमिलनको त्यो क्षण [फोटोफिचर]

सिंगापुरको सान्तोसा टापुस्थित क्यापिला होटलमा नेपाली समय अनुसार मंगलबार बिहान ७ बजे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पहिलो भेट भएको थियो । बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच भएको यो नै पहिलो भेट हो । यो दुर्लभ क्षणलाई विश्वभरका मिडियाले नियालिरहेका छन् । उनीहरुबीच एेतिहासिक शिखर वार्ता सुरु भएको छ ।

एेतिहासिक हस्तमिलनको त्यो क्षण [फोटोफिचर]
जेष्ठ २८, २०७५

काकाकुल चौरजहारी

चौरजहारी उपत्यका राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोक मार्गका उत्कृष्ट दश सहर मध्यको एक हो । चौरजहारी नगरपालिका-१,२ र ३ नम्बर वडामा फैलिएको बजार लामो समयदेखि काकाकुल छ ।

काकाकुल चौरजहारी
जेष्ठ २७, २०७५

तुइनको लठ्ठा तान्दा हातमा ठेला... [फोटोफिचर]

गण्डकी गाउँपालिका–८ घ्याल्चोकका स्थानीय निकै जोखिमका साथ तुइनबाट त्रिशूली नदी वारपार गर्न बाध्य छन् । ठेकेदारले झोलुङ्गे पुल निर्माणमा ढिलाई गर्दा जोखिमले त्रिशूली नदी तर्न स्थानीय बाध्य बनेका हुन् । केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए ।

तुइनको लठ्ठा तान्दा हातमा ठेला... [फोटोफिचर]
जेष्ठ २६, २०७५

डा. उपेन्द्र देवकोटा पुर्ख्यौली घर पुग्दा... [फोटोफिचर]

स्वास्थ्य अवस्था जटिल बन्दै गर्दा वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाले बारम्बार पुर्ख्यौली घर जाने इच्छा व्यत्त गरे । देवकोटाको इच्छालाई शनिबार उनका परिवारले पूरा गरिदिए । हेलिकप्टर चार्टर गरेर पालुङटार नगरपालिका–४ बोहोरागाउँस्थित पुर्ख्यौली घर ल्याएका देवकोटालाई भेट्न उनका शुभचिन्तकको भीड लागेको थियो । झण्डै डेढ घण्टा बोहोरागाउँमा बिताएका देवकोटा ५५ मिनेट जन्मिएको घरमा सुस्ताए ।

डा. उपेन्द्र देवकोटा पुर्ख्यौली घर पुग्दा... [फोटोफिचर]
जेष्ठ २२, २०७५

यसरी गरियो पोखरामा विपद् व्यवस्थापन तयारी अभ्यास [फोटोफिचर]

पोखरामा मंगलबार विपद् व्यवस्थापनसम्बन्धी तयारी अभ्यास गरिएको छ । कास्की जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना र नेपाली सेनाको सिद्धिबक्स गणको संयोजनमा भएको अभ्यासमा आगलागी, बाढीपहिरो, डेभिज फल्समा फँसेका र फेवातालमा डुबेकाको उद्धार गरिएको थियो ।

यसरी गरियो पोखरामा विपद् व्यवस्थापन तयारी अभ्यास [फोटोफिचर]