नारायणीको बाढीबाट १२ सय घर जोगाउन मेघौलीमा निर्मित तटबन्धन दुई महिना नहुँदै भत्केको छ । भरतपुर महानगरपालिकाको २७ र २८ नम्बर वडाको सीमा मेघौली निउरे चोकमा नारायणी नदीले तटबन्ध कटान गरेपछि वरपरका बस्तीमा त्रास फैलिएको छ ।
पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा सिमेन्टको ढलान गरेको विरोधमा सम्पदा संरक्षण अभियन्ताले बिहीबार पशुपति क्षेत्र विकास कोष घेराउ गरेका छन् । घेराउका क्रममा विकास कोषका कर्मचारी र अभियन्ताबीच भनाभनसमेत भएको थियो ।
मकवानपुर भीमफेदी २ का सुरेन्द्र मोक्तान अहिले पत्नीसित सम्बन्धविच्छेदको कानुनी प्रक्रियामा छन् । तीन वर्षदेखि पत्नी अलग बसेकाले सम्बन्धविच्छेदका लागि उनले जिल्ला अदालत मकवानपुरमा भदौ ३ गत उजुरी दर्ता गरे ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–३ झुरझुरेमा बिहीबार राति साढे ८ बजे तेल बोक्ने ट्याङ्कर र मोटरसाइकल ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ ।