खेलकुद
चैत्र २८, २०७४

डीपीएल क्रिकेटः महेन्द्रनगर र काठमाडौंबीचको खेल वर्षाले स्थगित

रुस्लान धनगढी प्रिमियर लिग अन्तर्गत बुधबार दोस्रो क्वालिफायरको खेल वर्षाले गर्दा स्थगित भएको छ । आज पहिलो क्वालिफायरमा हार व्यहोरेको काठमाडौं गोल्डेन्स र एलिमिनेटर विजेता महेन्द्रनगर युनाइटेडबीच खेल स्थगित भएकाे छ।

चैत्र २७, २०७४

डीपीएल क्रिकेटः महेन्द्रनगर युनाइटेड दोस्रो क्वालिफायरमा प्रवेश

रुस्लान धनगढी प्रिमियर लिग अन्तर्गत मंगलबार दिउँसोको खेलमा महेन्द्रनगर युनाइटेडले सीवाईसी अत्तरियालाई १५ रनले पराजिित गरेको छ । संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा भएको खेलमा महेन्द्रनगरले दिएको १३१ रनको लक्ष्य भेट्टाउन सकेन । सीवाईसीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११५ रन मात्रै बनाउन सक्यो ।

डीपीएल क्रिकेटः धनगढी फाइनलमा

रुस्लान धनगढी प्रिमियर लिग अन्तर्गतको पहिलो क्वालिाफायरमा टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्समाथि १ विकेटको सनसनीपूर्ण विजय हात पार्दै फाइनलमा प्रवेश गरेको छ ।

ADVERTISEMENT

थ्रीस्टारलाई विराट गोल्डकप

विभागीय टोली त्रिभुवन आर्मी क्लबको चुनौती ३–० गोलले पन्छाउँदै रुस्लान थ्रीस्टार क्लबले सोमवार पाँचौं विराट गोल्डकपको उपाधि जितेको छ । यो जितसँगै थ्रीस्टारले यसवर्ष घरेलु फुटबल शृंखलामा सुखद अन्त्य गरेको छ ।

आयशा च्याम्पियन

जर्जिया चौधरी र भगवती बिक एनके खुला सफ्ट टेनिसको महिला सिंगल्समा फाइनल पुगेका छन् । त्रिपुरेश्वरस्थित राखेपको कोर्टमा सोमबार जर्जियाले श्रीया राईलाई ४–१ र भगवतीले निमा दावा लामालाई ४–० सेटले हराए ।

धनगढी र काठमाडौं विश्वस्त

सानो मैदान र विदेशी खेलाडीका कारण रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा धेरै चर्चा र परिचर्चा भइसकेको छ । सानो मैदानकै कारण ठूलो स्कोर बनेका छन् । ठूलो लक्ष्य पछयाइएको छ । विदेशी खेलाडीको प्रभाव प्रत्येक खेलमा उस्तै छ ।

केशवलाई उपाधि

गोल्डेनगेट कलेजका केशव श्रेष्ठले गणेशमान सिंह स्मृति सहकारी कप बुद्धिचालको ट्रफी उचालेका छन् । केशवले स्वागतम्का क्षितिज भण्डारीलाई १.५–०.५ अंकले हराए ।

मन्त्रीकहाँ पुगे खेलाडी

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेल र खेलाडीको हितलक्षित गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारलाई सोमबार ज्ञापनपत्र बुझाएको छ ।