खेलकुद

Sports News of Nepal

१८ औं एसियाली खेलकुद : चञ्चलाले पदक जित्न सकिकन्

नेपाली खेलाडी चञ्चला दनुवार १८ औं एसियाली खेलकुदअन्तर्गत शनिबार कराँतेको महिला कातामा कांस्य पदक भिडन्तमा पराजित भएकी छन् ।

१८ औं एसियाली खेलकुद : चञ्चलाले पदक जित्न सकिकन्

एसियाली खेलकुद: कहाँ चुक्दैछ नेपाली खेलकुद

जेसीसी प्लानरी हलबाट बिहीबार मध्यान्ततिर बाहिरिँदै गर्दा दीपक विष्ट र संगीना वैद्यको अनुहारमा कुनै चमक थिएन । खुसीको रेखा थिएन । बोल्नै नपरे हुन्थ्यो कि भन्ने भाव उनीहरूको अनुहारबाट प्रस्ट झल्किन्थ्यो ।

एसियाली खेलकुद: कहाँ चुक्दैछ नेपाली खेलकुद

१८ औं एसियाली खेलकुद: कीर्तिमानविहीन पौडीको यात्रा

१८ औं एसियाली खेलकुदबाट नेपाली पौडी टोलीले शुक्रबार बिट मारेको छ । जकार्तास्थित जेबीके स्टेडियमको एक्वाटिक सेन्टरमा शुक्रबार तीन नेपाली पौडीवाजले प्रतिस्पर्धा गरेका थिए । गौरिका सिंह, टिसा शाक्य र शुभम श्रेष्ठ तीनै खेलाडी राष्ट्रिय कीर्तिमान बनाउनबाट चुके ।

१८ औं एसियाली खेलकुद: कीर्तिमानविहीन पौडीको यात्रा

रेडहर्सको विजयी सुरुवात

पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा रेडहर्स इलामले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा ताप्लेजुङको कञ्चनजंघा फुङलिङ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै इलाम अघिल्लो चरणमा प्रवेश गरेको हो ।

रेडहर्सको विजयी सुरुवात
भाद्र ८, २०७५

अभ्यासमा नेपालको दोस्रो जित

नेपालले एसिया कप छनोटको तयारीका क्रममा श्रीलंकामा दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ । नेपालले ब्लुमफिल्ड क्रिकेट क्लबलाई डकवर्थ लुइस पद्धतिमा १ सय ७६ रनले पराजित गर्‍यो । नेपालले बुधबार पहिलो अभ्यास खेलमा आर्मी क्रिकेट टिमलाई ६७ रनले पराजित गरेको थियो ।

अभ्यासमा नेपालको दोस्रो जित

नङसलको मिश्रित नतिजा

ब्याडमिन्टनमा नेपालले सात इभेन्टमा प्रतिस्पर्धा गर्दा दुई खेल जितेको छ । वुमेन्स सिंगल्समा नङसल तामाङले माल्दिभ्सकी अब्दुल रज्जाकलाई २१–१९, २१–१५ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेकी छन् । नेपालकी पहिलो वरीयताकी नङसलले अब अकाने यामागुचीसँग प्रतिस्पर्धा गर्नेछन् ।

नङसलको मिश्रित नतिजा

स्पेनिस फुटबलर असन्तुष्ट

स्पेनी लिगमा व्यावसायिक फुटबल खेलिरहेका खेलाडीले शीर्ष श्रेणीको लिग संयुक्त राज्य अमेरिकामा खेलाउने योजना कार्यान्वयन भए हडतालमा उत्रन सक्ने संकेत दिएका छन् ।

स्पेनिस फुटबलर असन्तुष्ट
भाद्र ७, २०७५

१८ औं एसियाली खेलकुदः तेक्वान्दोको पदकविहीन ह्याट्रिक यात्रा

एसियाली खेलकुदमा लगातार तेस्रोपल्ट नेपाली तेक्वान्दो पदकविहीन भएर फर्कने भएको छ । १८ औं संस्करण जारी रहँदा बिहीबार दुई नेपाली खेलाडीको खेलसँगै तेक्वान्दोको इन्डोनेसिया यात्रा सकिएको छ । एसियाली खेलकुदमा गौरवशाली इतिहास बनाएको तेक्वान्दोका खेलाडीले पछिल्ला तीन संस्करणमा पदक जित्न सकेनन् ।

१८ औं एसियाली खेलकुदः तेक्वान्दोको पदकविहीन ह्याट्रिक यात्रा

सहायक प्रशिक्षकमा किरण श्रेष्ठ 

नेपाली फुटबल टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ नियुक्त भएका छन् । बंगालादेशमा आयोजना हुने साफ फुटबल च्याम्पियनसिपका लागि एन्फाले उनलाई बिहीबार सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

सहायक प्रशिक्षकमा किरण श्रेष्ठ 

१८ आैं एसियाली खेलकुद : कमलद्वारा कीर्तिमान, सुस्मिता उत्कृष्ट

भारोत्तोलक कमलबहादुर अधिकारीले १८ आैं एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । जीआई एक्स्पोको हलमा बुधबार ६९ केजीमुनि प्रतिस्पर्धा गरेका कमलले स्न्याच र क्लिन एन्ड जर्कसहित कुलमा गरी तीन राष्ट्रिय कीर्तिमान बनाए ।

१८ आैं एसियाली खेलकुद : कमलद्वारा कीर्तिमान, सुस्मिता उत्कृष्ट

एन्फामा बालगोपाल नै कार्यवाहक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १९ देखि हुने साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

एन्फामा बालगोपाल नै कार्यवाहक

अभ्यासमा नेपालको जित

एसिया कप छनोटका तयारीका लागि श्रीलंकामा रहेको नेपालले पहिलो अभ्यास खेलमा सजिलो जित हात पारेको छ । नेपालले बुधबार आर्मी क्रिकेट टिमलाई ६७ रनले पराजित गर्‍यो ।

अभ्यासमा नेपालको जित