खेलकुद

Sports News of Nepal

नेपाली फुटबलका लागि भोलि ऐतिहासिक दिन हुनेछः प्रशिक्षक बालगोपाल महर्जन

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार नेपालका लागि ऐतिहासिक दिन हुने बताएका छन् । नेपालले साफ च्याम्पियनसिप २०१८ को पहिलो सेमिफाइनलमा बुधबार माल्दिभ्सको सामना गर्दैछ ।

नेपाली फुटबलका लागि भोलि ऐतिहासिक दिन हुनेछः प्रशिक्षक बालगोपाल महर्जन
भाद्र २५, २०७५

सन्दीप अफगान प्रिमियर लिगमा

नेपाली युवा स्टार सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा खेल्ने भएका छन् । सोमबार यूएईको दुबईमा भएको ड्राफ्टमा सन्दीपलाई ५ मध्ये एक फ्रेन्चाइज टोली नान्गरहरले एसोसिएट खेलाडीका रूपमा लिएको थियो । 

सन्दीप अफगान प्रिमियर लिगमा

प्रधानसेनापति कप सुरु

इन्डोनेसियामा अघिल्लो साता सम्पन्न १८ औं एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाएका सोमबहादुर कुमालले आफ्नो लयलाई निरन्तरता दिएका छन् । उनले सोमबार सुरु प्रधानसेनापति ट्रफी २०७५ खेलकुदमा एथलेटिक्सको ८ सय मिटर दौड जितेका छन् ।

प्रधानसेनापति कप सुरु

ओसाकालाई पहिलो ग्रान्डस्लाम

जापानकी नाओमी ओसाका अमेरिकी सेरेना विलियम्सलाई यूएस ओपन टेनिसको फाइनलमा सोझो सेटबाट पराजित गर्दै ग्रान्डस्लाम उपाधि जित्ने पहिलो जापानी खेलाडी बनेकी छन् ।

ओसाकालाई पहिलो ग्रान्डस्लाम

नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स

फुटबललाई त्यसै निर्दयी खेल भनिएको होइन । यो वास्तवमै कति निर्दयी छ, श्रीलंकालाई सोधे हुन्छ । अनि फुटबल कसैका लागि भाग्यमानी पनि हुनसक्छ । फुटबलले कसरी भाग्यको ढोका खोल्छ, यो भने माल्दिभ्सभन्दा अरू कसलाई अनुभव होला त ?

नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स

सैयदलाई स्वर्ण

यूडब्लूसी इस्टका सैयद हमजा शाह पुरुषतर्फ आठौं एनएसए कप खुला तथा उमेर समूह पौडीको २०० मिटर फ्रिस्टायलमा स्वर्ण पदक जितेका छन् । सैयदले उक्त दूरी २ मिनेट १०.५० सेकेन्डमा पूरा गरे ।

सैयदलाई स्वर्ण
भाद्र २४, २०७५

साफ च्याम्पियनसिपः भारत र माल्दिभ्स सेमिफाइनलमा

साफ च्याम्पियनसिप २०१८ अन्तर्गत आइतबार समूह 'बी' को लिग चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २-० ले हराएको छ । भारतले खेलको ३६ र ४४ औं मिनेटमा गोल गर्दै माल्दभ्सलाई २-० ले हरायो । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा भारतले २ खेलमा दुवै जित निकाल्दै समूह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

साफ च्याम्पियनसिपः भारत र माल्दिभ्स सेमिफाइनलमा

'नेपाल सेमिफाइनल प्रवेश गर्नु ठूलो उपलब्धि'

साफ च्याम्पियनसिप नेपालले खेल्ने सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो र महत्त्वको हिसाबले यसलाई विश्वकप मान्ने हो भने नेपाली राष्ट्रिय टिमले शनिबार बंगबन्धु रंगशालामा नयाँ इतिहास रच्यो ।

'नेपाल सेमिफाइनल प्रवेश गर्नु ठूलो उपलब्धि'

जोकोभिच र डेल पोट्रो फाइनलमा

डिफेन्डिङ च्याम्पियन तथा विश्व नम्बर एक राफेल नडालले घुँडाको चोटका कारण सेमिफाइनल खेल बीचमै छाडेपछि अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोट्रो शुक्रबार यूएस ओपन टेनिसको फाइनल पुगेका छन् । उनले उपाधि भिडन्तमा सर्बियाली नोभाक जोकोभिचको सामना गर्नेछन् ।

जोकोभिच र डेल पोट्रो फाइनलमा

बिसन भए मिस्टर काठमाडौं

कान्तिपुर फिटनेसका बिसन गुरुङले शनिबार तेस्रो जिल्लाव्यापी मिस्टर काठमाडौं शारीरिक सुगठनको उपाधि जितेका छन् । काठमाडौं जिल्ला बडिबिल्डिङ एन्ड फिटनेसको आयोजनामा भएको प्रतियोगितामा बिसनले एक लाख नगद, ब्यालेट र ट्रफी प्राप्त गरे ।

बिसन भए मिस्टर काठमाडौं