विश्व
चैत्र २२, २०७४

१७० अमेरिकीले रूस छाडे

एक जना पूर्वरूसी गुप्तचरलाई विषालु रासायनिक पदार्थले गरिएको आक्रमणपछि अमेरिका र रूसबीच बढेको तनावबीच बिहीबार ६० अमेरिकी कूटनीतिज्ञले रूस छाडेका छन् । 

राजकुमार ह्यारीको विहेमा सुरक्षा खर्च मात्र चार अर्ब रुपैयाँ भन्दा बढी

बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मर्केलबीच आउँदो मे १९ तारिखमा विन्साेर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा भव्य विवाह हुने तयारी छ । विवाह समारोह नजिकिँदै गर्दा विश्वले यसलाई चासोपूर्वक हेरिरहेको छ । 

फेसबुकबाट ८ करोड ७० लाख प्रयोगकर्ताको विवरण चुहावट

सामाजिक सञ्जाल फेसबुकले केम्ब्रीज एनालाइटीका नामक राजनीतिक परामर्श दिने संस्थाले ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण प्राप्त गरेको बताएको छ । यो तथ्यांक पहिले सोचेभन्दा निकै धेरै हो ।

फ्रान्सको हड्तालमा विद्यार्थी पनि उत्रे

राष्ट्रपति इम्यानुएल म्याक्रोंले सार्वजनिक गरेको श्रम सुधार योजनाको विरोधमा बुधबार फ्रान्सका विश्वविद्यालयका विद्यार्थी पनि उत्रेका छन् ।

चिनियाँ उत्पादनमा कर बढाइयो

चिनियाँ उत्पादनमा कर वृद्धि गर्ने अमेरिकी निर्णयको विरोधमा चीनले वासिङ्टन निर्यात हुने वस्तुहरूमा लाग्ने भन्सार दरमा २५ प्रतिशतले वृद्धि गरेको छ ।

चैत्र २१, २०७४
ADVERTISEMENT

लन्डनमा न्युयोर्कभन्दा बढी हत्या श्रृंखला

बेलायतको राजधानी लन्डनमा न्युयोर्कभन्दा बढि हत्या श्रृंखलाको नयां तथ्यांक सार्वजनिक भएको छ । कुनै बेला दैनिक सरदर ६ जना मारिने अमेरिकी शहर भन्दा लन्डन अझ बढि असुरक्षित देखिएको हो ।

युट्युब मुख्यालयमा गोली चल्दा ३ घाइते

अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित युट्युबको मुख्यालयमा गोली चल्दा ३ जना घाइते भएका छन् भने गोली चलाउने महिलाको मृत्यु भएको छ । ती महिलाले अन्यलाई हमला गरेपछि आफैँलाई गोली हानेकी थिइन्।

पत्रकार कारबाहीको आदेश फिर्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले झूटो समाचार प्रकाशन/प्रसारण गरेको आरोप लागेका पत्रकारलाई कारबाही गर्न दिइएको आदेश फिर्ता लिन निर्देशन दिएका छन् ।

चैत्र २०, २०७४

फ्रान्समा रेलसेवा ठप्प

राष्ट्रपति इम्यानुएल म्याक्रोंले सार्वजनिक गरेको श्रम सुधार योजनाको विरोधमा गरिएको हड्तालका कारण फ्रान्समा विरोधमा रेल सञ्जाल प्राय ठप्प भएको छ । राष्ट्रिय रेलसेवाका कर्मचारी (एसएनसीएफ) को अगुवाईमा भएको हड्तालले उर्जा तथा फोहोरमैला व्यवस्थापनका क्षेत्रसमेत प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

‘क्याटलोनियाली पूर्व नेतालाई सुपुर्दगी गरिने’

जर्मनीका कानून अधिकारीहरूले आफूहरूले जर्मनीमा पक्राउ परेका स्पेनको क्याटलोनिया सरकारका पूर्व प्रमुख काल्र्स पुज्डमोनलाई कानूनी प्रक्रिया पुर्‍याएर सुपुर्दगी गर्न लागिएको मङ्गलबार बताएका छन् ।

ADVERTISEMENT