नेपालका निम्ति चीनजस्तो छिमेकी जोसँग मन छ र सामर्थ्य पनि छ । सहयोगी भावना छ, तत्परता छ र सहयोग र सहकार्य गर्ने क्षमता पनि छ । यस्तो छिमेकीले यस प्रकारले अझ खुलापनका साथ अगाडि बढ्ने नीति लिनु र उपलब्धिहरूमा साझेदारी गर्ने मनसाय राख्नु र तदनुसारका व्यवहार अपनाउनु नेपालका लागि धेरै खुसीको कुरा हो ।
रक्षामन्त्री ईश्वर पोखरेल संघीय समाजवादी फोरम सरकारमा आएपछि हालै उपप्रधानमन्त्री पदमा बढोत्तरी भएका छन् । पार्टी एकीकरणपछि भने उनले एमालेमा दुई कार्यकालदेखि सम्हाल्दै आएको शक्तिशाली महासचिव पद गुमाएका छन् । एमालेमै छँदा भावी अध्यक्षका रुपमा तयारी गरिरहेका पोखरेलको पार्टीभित्रको भूमिका अब सचिवालय सदस्यका रुपमा खुम्चिन पुगेको छ ।
राष्ट्र बैंकको गभर्नर, योजना आयोगको दुई पटक उपाध्यक्ष हुँदै अर्थमन्त्री बनेका युवराज खतिवडाले अघिल्लो साता पेस गरेको बजेटमा चर्को क्रिया–प्रतिक्रिया आइरहेको छ । दुई तिहाइभन्दा बढीको समर्थनप्राप्त सरकारले वाम घोषणापत्रमा उल्लेख भएका विषय सम्बोधन नगरेको आलोचना एकातिर छ भने अर्कातिर वित्तीय अनुशासनका लागि आधार बनाउन खोजेको टिप्पणी पनि छ ।
अनेरास्ववियुका पूर्व अध्यक्ष हिक्मत कार्कीले प्रदेश नम्बर १ को आन्तरिक मामिला छन् । उनले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व गरेका छन् । मन्त्री भएको तीन महिनामा गएको साता काठमाडौं आएका मन्त्री कार्की संघीयताको भविष्यमाथि आशावादी त देखिए ।
शिक्षा क्षेत्रमा सरकारी, निजी, समुदाय र अन्तर्राष्ट्रिय दातृ निकायहरुबाट बर्सेनि अर्बौं लगानी भइरहेको छ । तर लगानीअनुसार विद्यालयदेखि विश्वविद्यालय तहसम्मको गुणस्तर अपेक्षित रुपमा सुुध्रन सकेको छैन ।
आशंकै–आशंकाबीच एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको छ । यो एकीकरण प्रक्रियामा सुरूदेखि नै सक्रिय भूमिका खेल्ने एक व्यक्ति थिए– विष्णु पौडेल । केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको तिक्त सम्बन्धलाई सुमधुर बनाउन उनले पछिल्लो समय निकै प्रयत्न गरे ।
प्रा. जयराज आचार्य नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघका लागि पूर्वस्थायी प्रतिनिधि हुन् । नेपाली कूटनीतिका धरोहर यदुनाथ खनालसँग निकट रहेर अध्ययन गरेका आचार्यको ‘यदुनाथ खनाल : जीवनी र विचार’ पुस्तक प्रकाशित छ ।
यातायात व्यवसायीका संघ–संस्थाले वर्षौंदेखि लाद्दै आएको सिन्डिकेट हटाउन सरकार डटेर लागेको छ । अघिल्लो महिना काठमाडौं–काभ्रे चल्न थालेको मयूर यातायातलाई पुराना व्यवसायीले अवरोध पुर्याएपछि सरकारले हस्तक्षेप गरी इच्छुकलाई रूट इजाजत दिएको थियो ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डीआईजी पुष्कर कार्की कुनै समय महानगरीय अपराध अनुसन्धान विभाग प्रमुखसमेत थिए । अन्तर–देशीय संगठित अपराध अनुसन्धानमा अनुभवी डीआईजी कार्कीसँग अपराधको पछिल्लो प्रवृत्ति र अनुसन्धानका जटिलताबारे कान्तिपुरकर्मी जनकराज सापकोटाले गरेको कुराकानीको सार :