फोटोफिचर

Photo Feature

पाथीभरामा हिउँ परेपछि..[फोटाहरु]

ताप्लेजुङको हिमाली क्षेत्रमा बुधबार पहिलो पटक हिमपात भएको छ । सदरमुकाम फुङलिङसम्म नपरे पनि पाथीभरा क्षेत्रको देउरालीदेखि मन्दिरसम्म नै बिहीबार पनि हिउँले ढाकियो । ताप्लेजुङको हिमाली क्षेत्रमा वुधवार पहिलो पटक हिमपात भएको छ । सदरमुकाम फुङलिङ सम्म नपरेपनि पाथीभरा क्षेत्रको देउराली देखि मन्दीर सम्मनै विहिवार पनि हिउँले ढाकियो । मन्दिरमा पूजा गर्न गएका तीर्थयात्री तथा स्थानीय बिहीबार दिउँसो घाम लागेपछि हिउँमा रमाएका थिए । मंसिर, पुसमा नै पर्नुपर्ने यी ठाउँहरुमा पहिलो पटक हिउँ परेको हो । पाथीभरा क्षेत्रमा परेको हिउँका तस्बिरहरु

पाथीभरामा हिउँ परेपछि..[फोटाहरु]

रानीपोखरीबाट कमलपोखरी सारिएका माछा धमाधम मर्न थाले

कमलपोखरीका माछा धमाधम मर्न थालेका छन् । यी माछा अघिल्लो वर्ष मंसिरमा रानीपोखरीबाट नजिकैको कमलपोखरीमा सारिएका थिए । स्थानीयका अनुसार मंगलबार बिहानैदेखि मरेका माछा पोखरीमा तैरिएको अवस्थामा देखिएका हुन् ।

रानीपोखरीबाट कमलपोखरी सारिएका माछा धमाधम मर्न थाले
माघ १०, २०७४

हिमपात: कतै सास्ती, कतै मस्ती [फोटोहरु]

अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु—जिरी सडकको सबैभन्दा उच्च क्षेत्र खरिढुङ्गामा हिमपातपछि बुधबार करिब पाँच घण्टा सडक अवरुद्ध भएको छ ।

हिमपात: कतै सास्ती, कतै मस्ती [फोटोहरु]

भूमध्ये सागरबाट आएको प्रणालीले देशैभर वर्षा

भूमध्य सागरबाट इरान, अफगानिस्तान, पाकिस्तान र भारतको जम्मु कश्मिर हुँदै मंगलवार नेपाल प्रवेश भएको पश्चिम न्युनचापीय प्रणालीका कारण बुधवार देशैभर वर्षा भएको छ ।

भूमध्ये सागरबाट आएको प्रणालीले देशैभर वर्षा

रुकुम (पूर्व)मा हिमपात

भर्खरै हिमाली जिल्लाको मान्यता पाएको रुकुम (पूर्व)मा हिमपात भएको छ । मंगलबार राति करिब १ बजेदेखि बिहानसम्म हिमपात भएको जिल्लावासीले बताएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको अधिकांश तथा भूमे र सिस्ने गाउँपालिकाका उच्च भेगमा बाक्लो हिमपात भएको छ ।

रुकुम (पूर्व)मा हिमपात
माघ ८, २०७४
माघ ७, २०७४

प्रदेश ६ : शपथ लिन हेलिकप्टर चार्टर

प्रदेशसभा सदस्यहरुका लागि प्रदेश ६ को कार्यालयले आइतबार बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम राखेर निमन्त्रणा गरेको थियो । तर, प्रदेश प्रमुख दुर्गाकेशर खनाल र २४ बढी सदस्यहरु राजधानी काठमाडौंमै थिए । शनिबार दिनभर विमानस्थलमा कुरे पनि मौसमी प्रतिकूलताले उडान नभएपछि प्रदेश प्रमुख खनालसहित सदस्यहरु नेपाली सेनाको हेलिकप्टर चार्टर गरेर शपथ लिन आए ।

प्रदेश ६ : शपथ लिन हेलिकप्टर चार्टर

प्रदेश ५ का सांसद्हरुको खुसी

बुटवलस्थित रुपन्देही उद्योग वाणिज्य संघको हालमा आइतबार प्रदेश सांसद्हरुले शपथ लिएका छन् । प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले आइतबार नै पदबहाली गर्दै जेष्ठ सांसद बलदेव शर्मा पोखरेललाई शपथ खुवाएका थिए । 

प्रदेश ५ का सांसद्हरुको खुसी
माघ ४, २०७४

तस्बिरमा हेर्नुहोस्, सोनाम ल्होछार

तिथिमिति विवादबीच राष्ट्रिय तामाङ घेदुङले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ल्होछार मनाएको छ । टुँडिखेलमा नेपाली सेनाले ठाउँ उपलब्ध नगराएपछि घेदुङअन्तर्गत बनेको ल्होछार आयोजक समितिले भृकुटीमण्डपमा यसवर्षको ‘२८५४ औं खि–ल्हो (कुकुर वर्ग) सोनाम ल्होछार’मनाएको हो । कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भनिए पनि उनी सहभागी भएनन् । ल्होछारमा विभिन्न सांस्कृतिक झाँकी, तामाङ भेषभूषामा प्रदर्शन गरिएको थियो ।

तस्बिरमा हेर्नुहोस्, सोनाम ल्होछार