प्रदेश ५

Pradesh-5

शनिबार पनि प्रशासन खुल्ने

जिल्ला प्रशासन कार्यालयले भदौ २ गतेदेखि शनिबार पनि सेवा दिने जनाएको छ । शनिबार बिहान ११ देखि दिउँसो २ बजेसम्म सेवा प्रदान गर्ने तयारी छ ।

शनिबार पनि प्रशासन खुल्ने

गाडी चाेरेको आरोपमा सशस्त्रका हवलदारसहित ३ पक्राउ

केही दिन अगाडि सुनवलबाट हराएको स्कारपियो गाडी चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका एक वरिष्ठ हवलदारसहित तीनजनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाडी चाेरेको आरोपमा सशस्त्रका हवलदारसहित ३ पक्राउ

फरक क्षमता भएकाकै सहारा

स्याङ्जाका सन्दीप नेपालीको जन्मिँदै कम्मरमुनिको भाग चलेन । आमाको निरन्तर खटनमा हुर्किंदै थिए । तर, उनी चार वर्ष नपुग्दै आमाको मृत्यु भयो । छोराको स्याहार र घर चलाउन समस्या भएपछि बाबुले दोस्रो बिहे गरे ।

फरक क्षमता भएकाकै सहारा

रित्तिए बस्ती, बाँझियो जग्गा

माथागढी गाउँपालिका १ चिदीपानीका अधिकांश बस्ती रित्तिन थालेका छन् । बस्ती पातलिँदै गएपछि जमिनसमेत बाँझै रहेको छ । तीनतले पुराना घर थोत्रिएका छन् । टिनमा खिया लागेको छ ।

रित्तिए बस्ती, बाँझियो जग्गा

सार्वजनिक जग्गा व्यक्तिका नाममा

करोडौं मूल्यको सार्वजनिक जमिन व्यक्तिका नाममा दर्ता गरिएको दाबीसहित रूपन्देहीको मायादेवी गाउँपालिकावासीले बदर गर्नुपर्ने माग गरेका छन् ।

सार्वजनिक जग्गा व्यक्तिका नाममा

उखु किसान अनशनमा

माग पूरा नभएको भन्दै उखु किसान बुधबार अनिश्चितकालीन अनशनमा उत्रिएका छन् । सरकारले कृषकलाई दिने घोषणा गरेको अनुदान पाउनुपर्ने माग गर्दै इलाका प्रशासन चन्द्रौटाअगाडि उनीहरू अनशन बसेका हुन् ।

उखु किसान अनशनमा

प्यूठानमा फस्टाउँदो कुखुरापालन

प्यूठान नगरपालिका ४ खडडेराका लीलाध्वज पाठक पाँच वर्षअघि कुुखुरापालन व्यवसाय थाल्दा निकै द्विविधामा थिए । प्यूठानबाट अध्ययनका लागि दाङको घोराही पुगेका उनले उतै जग्गा भाडामा लिएर लेयर्स पाल्न थाले ।

प्यूठानमा फस्टाउँदो कुखुरापालन

३ वर्षदेखि अधुरै बसपार्क

निर्माण सुरु भएको दुई वर्षमा पनि नेपालगन्ज बसपार्कको आधा काम भएको छैन । पटक–पटक म्याद थप्दासमेत अहिलेसम्म ४० प्रतिशत मात्रै काम भएको छ । निर्माणमा ढिलाइले यात्रु, यातायात व्यवसायी, गाडी चालक, स्थानीय व्यापारीलगायत सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

३ वर्षदेखि अधुरै बसपार्क

‘प्रलोभन’मा पारेर तस्करी

पश्चिम नवलपरासीका विभिन्न सीमावर्ती क्षेत्रबाट मालसामान तस्करी बढेको छ । तस्करले सीमावर्ती क्षेत्रका व्यवसायी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई समेत प्रलोभनमा पारेर कुखुराका चल्ला र दैनिक उपभोग्य वस्तुको तस्करी गरिरहेको खुलासा भएको छ ।

‘प्रलोभन’मा पारेर तस्करी