इतिहाससम्बन्धी जिज्ञासा राखेर बेला बेलामा म सुकेधारा पुगरिहन्थे, प्रा.दिनेशराज पन्तलाई भेट्न । नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालिन कुलपति वैरागी काँइलाको सुझावपछि थप उत्साह बोकेर प्रा. पन्तलाई भेट्न जान थालेको थिएँ । काँइलाले भन्नुभएको थियो, “संशोधन मण्डलका इतिहासकारहरुसँग भेट गर्दा इतिहाससम्बन्धी ज्ञान मात्र होइन, इतिहास खोज्ने र विश्लेषण गर्ने तरिका पनि सिक्न सकिन्छ ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेको एक महिना बित्दा–नबित्दै भारतीय समकक्षी नरेन्द्र मोदी वैशाख अन्तिम साता यहाँ आउँदैछन्, जुन पछिल्ला चार वर्षमा उनको तेस्रो नेपाल यात्रा हो । २०४६ सालपछि भारतीय प्रधानमन्त्रीबाट यत्ति छिट्टै जवाफी भ्रमण (रेसिप्रोसिटी भिजिट) भएको थिएन ।
विभिन्न सरकारले भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ को उद्घोष गरे पनि बहुआयामिक भ्रष्ट आचारले नेपाली समाज र जीवनलाई गहिरोसंँग जकडि नै रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको विश्वव्यापी मूल्यांकनमा नेपाल सन् २००४ मा १४६ देशमध्ये ९० औं स्थानमा परेको थियो ।
तस्बिरको महत्त्व हुन्छ । सन् १९३८ मा विश्वले तत्कालीन बेलायती प्रधानमन्त्री निभाइल च्याम्बरलेनले जर्मनका तानाशाह हिट्लरसँग हात मिलाएको, १९८५ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र रूसी राष्ट्रपति मिखाइल गोर्भाचोव सँगै आगो तापिरहेको, २००३ मा इराकी राष्ट्रपति सद्दाम हुसेनको बगदादमा लडाइएको मूर्तिका तस्बिरहरू यसका उदाहरण हुन् ।
यस बजेटले अर्थतन्त्रको नयाँ दिशा दिने संकेत गर्छ कि गर्दैन ? हामी नेपाली सांकेतिक कुरामा धेरै विश्वास राख्छौं । जति फोहोर भए पनि, चोखो पानी छर्किदिए पुग्छ, हामीलाई । ट्राफिक नियम वर्षभरि किन पालना गर्ने, ट्राफिक सप्ताहमा माने पुगिहाल्छ ।
सन् १९४५ मा दोस्रो विश्वयुद्धको अत्यपछि विश्वविख्यात नेता तथा बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिल त्यहाँ सम्पन्न आमचुनावमा पराजित हुनपुगे । त्यत्रो भीषण महायुद्धमा बेलायतलाई विजयी बनाएका नेता निर्वाचनमा पराजित हुनु चानचुने कुरा थिएन ।
वैशाख पहिलो साता स्वास्थ्यकर्मी महिलाहरूको एक प्राज्ञिक भेलामा छलफल गर्ने क्रममा थाहा भयो, बच्चा भइसकेका ८ स्वास्थ्यकर्मी महिलामध्ये ५ जनाले शल्यक्रिया गरी सन्तान जन्माएका रहेछन् । शिक्षित, सहरी र सम्पन्न महिला वर्गमा आधुनिकीकरणसँगै महिलाहरू प्राकृतिक रूपमा सन्तान उत्पादन गर्ने कार्यमा अशक्त, असमर्थ र असक्षम हुँदै गएका छन् ।
यही वैशाख ९ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मोरङ्गको रतुवामाइस्थित सरस्वती माध्यमिक विद्यालयमा सोही ठाउँका रजिना खातुन, सुदर्शन मुुर्मु र विनोद मुुर्मुलाई भर्ना मात्र गरेनन, उनीहरूको शिक्षादिक्षामा आफूले सधैँ चासो राख्ने भन्दै प्रतिबद्धता पनि व्यक्त गरे । अबको दुईवर्षभित्र १नम्बर प्रदेशमा निरक्षरता उन्मूलन गर्ने घोषणासमेत गरे उनले ।
खुल्ला विश्वविद्यालय पनि हुन्छ र? अधिकांशलाई थाहै थिएन । खुल्ला विश्वविद्यालयका लागि एनआरएनले सन् २००९ मा गरेको चौथौं विश्व सम्मेलनमा एउटा अवधारणापत्र घोषणा गऱ्यो । जसमा क्यानाडा निवासी डा. प्रमोद ढकाललाई खुल्ला विश्वविद्यालय कार्यदलको जिम्मेवारी दिएको थियो ।
शासन सत्ताको बागडोर सम्हालेका थिए, जुद्ध शमशेरले । तिब्बतबाट उपत्यका पुगेका लामा गुरुको धर्मदेशनाबाट प्रभावित भई केही युवा बौद्ध भिक्षुका रूपमा प्रवजित भए, त्यतिखेर । चिवर धारण गरे, उनीहरूको श्रावक जीवन थालनी भयो । वर्षाबासका रूपमा स्वयम्भु, आनन्दकुटीको ध्यान शिविरमा रहंँदै थिए ।
भगवान् बुद्ध श्वेत केतु बोधिसत्वका अवतार हुन् । उनको जन्म ६२३ ईसापूर्वमा लुम्बिनी शालाबागमा महामाया देवीको कोखबाट भएको थियो । शाक्य संस्कार अनुसार पाँचौं दिनमा उनको नामकरण भयो– ‘सिद्धार्थ’ । आठ वर्षको उमेरमा गुरुकुलमा प्रवेश गरेर उनी वेद, दर्शन, उपनिषद, समाजशास्त्र, अर्थनीति, राजनीति, युद्धनीति, युद्धकला आदिमा पारंगत भए ।
कुनै दु:ख–कष्ट अनुभूति नगरी दरबारिया सुखशयलमा हुर्केका एक राजकुमार संयोगवश वृद्ध, रोगी तथा मृतकलाई देखेपछि जीवन–जगत, बुढ्यौली, रोग तथा मृत्यु आदि दु:खले जेलिएको रहेछ भन्ने थाहा पाएपछि त्यस दु:खबाट छुटकारा पाउने उपायबारे चिन्तन गर्न थाल्छन् ।
भारतमा बुद्धको जन्मस्थल लुम्बिनीको खोजखबर भइरहेका बेला पाल्पाका तत्कालीन बडाहाकिम खड्गशमशेर जबरा स्थानीय व्यक्तिहरूको सहयोगमा लुम्बिनी (पडेरिया) मा लडेको अशोक स्तम्भ खनाउँदै थिए । यो सन् १८९६ को कुरा हो । भारतको पुरातत्त्व विभागले खटाएका पुरातत्त्वविद् ए. फुहरर त्यही सालको डिसेम्बर १ मा त्यहाँ आइपुगे ।
ईशापूर्व ६२३ मा लुम्बिनीमा जन्मिएका सिद्धार्थ राजकुमारले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरे । बुद्धले बोधगयामा ज्ञान प्राप्त गरेका थिए भने बनारसमा ज्ञान बाँडेका थिए । महापरिनिर्वाण भने कुशिनगरमा प्राप्त गरेका थिए ।