कोसेली

Koseli

त्यो अस्कल यो अस्कल

पहिले अस्कल उज्यालो थियो, अहिले अस्कल मलीन भएको छ । किनकि, पहिले अस्कलको ज्ञानचक्षु खुलेको थियो, अहिले अस्कलको चर्मचक्षु मात्र चम्केको छ । यसअघि अस्कलको रङ खैरो–खैरो थियो, अहिले राताम्मे भएको छ ।

त्यो अस्कल यो अस्कल

कोहलपुर कथा

हाम्रा बाउ–बाजेले भनेका थिए । यहाँ ठूलो तोरी पेल्ने कोल थियो । चारैतिरका मानिसलाई पाई पर्ने भएकाले पनि यहाँ टाढा–टाढादेखि कोलमा तोरी पेल्न आउने गर्थे । पछि यसको लोकप्रियता बढ्दै गएर ‘कोहलपुर’ नाम चलन चल्तीमा आयो ।’ 

कोहलपुर कथा

‘टोन’ मा के छैन ? 

तिमी कि टिमी ? कुन ठीक ? थारू साहित्यिक बहस यहींबाट तात्तियो । त र ट मा मत बाझियो । अनि खोजी हुन थाल्यो, थारू शब्द लिपिको । पुर्खौंदेखि गाइने गीतको संग्रह (पोठी) लाई प्रमाणका रूपमा पेस गरियो । जुन थारू भाषामै लेखिएका छन् । नयाँ पिँढीले पोठीको कतिपय अक्षर चिन्दैनन् । तर पाकाहरूले मजाले वाचन गर्दै गीत गाउन सक्छन् ।

‘टोन’ मा के छैन ? 

जयपुरमा नेपाली कविता

खाकीको ह्वार्लाङ्गे पाइन्ट, कुर्ता, वेस्टकोट र सामान्य क्याप भिरेका अग्ला वृद्ध मलाई पहिल्यै परिचितझैँ लागिरहेका थिए । ‘तपाईं भन्दै हुनुहुन्छ, खराब सिनेमा र बजारिया साहित्य लेख्नेहरू भ्रष्ट हुन्, संसारलाई भ्रष्ट बनाउने पनि तिनै हुन्,’ उनी भनिरहेका थिए, ‘होइन, तिनलाई वाहवाही गर्ने, घूसखोरीप्रति आँखा चिम्लने, दु:ख पाइन्छ भनेर आफैं घूस दिने अनि गुन्डाहरूको सामूहिक प्रतिरोध नगर्ने तपाईँ–हामी पो भ्रष्ट हौँ ।’ 

जयपुरमा नेपाली कविता

संघर्ष 

बाँच्नका लागि कसैले गरेको संघर्ष देख्दा माया पलाएर आउँछ । अघिल्लो साता यस्तै देखियो सदर चिडियाखानामा । त्यहाँको पोखरी नजिक डिलमा ठूलो घाउँके हावासिल चराले यस्तै संघर्ष गरिरहेको थियो । उसले खानका लागि संघर्ष गरिरहेको थियो ।

संघर्ष 

मनमौजीको दुखान्त

कस्तो हुनेछ तपाईंको मृत्यु ? केही सोच्नुभएको छ यस विषयमा ?’प्रश्न सुनेर उनले मेरो आँखामा गडेर हेरे । उमेर बढ्दै जाँदा कसै–कसैलाई आफ्नो मृत्युको पूर्वाभास हुन्छ । म जान्न चाहन्थेँ, उनका मनमा पनि त्यस्तो कुनै ठाँटो बसेको छ कि ? 

मनमौजीको दुखान्त

किङ्ग सलाह

साँच्चै मोहमद सलाह र जोसे मोउरिन्होबीचको सम्बन्ध कस्तो होला ? अथवा थियो भनौं ? कुनै समय दुवै सँगै चेल्सीमा थिए । अचेल न त सलाह ती दिन सम्झन चाहन्छन्, न त मोउरिन्हो ।

किङ्ग सलाह

नेपाल ‘कनेक्सन’

नेपाल गए कपालसँगै, बर्मा गए कर्मसँगै । जहाँ गए पनि आफ्नो दु:ख आफैंसँग छ भन्ने आशयको यो परम्परागत युक्तिले ‘कालो पानी’ पारिको बर्मासँगको झन्डै दुई शताब्दी लामो नेपाली साइनो सम्झाउँछ ।

नेपाल ‘कनेक्सन’

संक्रमणकालीन न्यायको खोजी

(अ)न्यायका सम्बन्धमा मार्टिन लुथर किङ भन्ने गर्थे— कुनै एक ठाउँको अन्याय सबैतिरको न्यायका लागि धम्की हो । न्यायप्रतिको उच्च आग्रह सम्झनुपर्दा संसारको जुनसुकै कुनामा पनि झट्ट उनको सम्झना आइहाल्छ ।

संक्रमणकालीन न्यायको खोजी

पुस १५

घाँसको भारीसँगै हिमा नदी तरेर आइन्, निरमाया नेपाली । किनारमा भिरालो परेरको ढुङ्गामा भारी बिसाइन् । त्यही भारीमा ढेसिएर बगेको हिमा नियाल्दा पानीको बहाव उस्तै थियो । जस्तो बहाव उनका श्रीमान्ले सात वर्षअघि कालपार जानका लागि तर्दा थियो ।

पुस १५

देश गाउने कवि

देउताको घरबाट आउने कुनै चामत्कारिक वा प्राकृतिक वरदान होझैँ लाग्थ्यो कविता, जति बेला माधवप्रसाद घिमिरे मस्र्याङ्दी नदीको किनारैकिनार दगुर्दै लमजुङको पुस्तुन फाँटमा धानका बालाहरूका बयलीमा आफ्नो आवाजलाई मिसाउँदै लोकगीत गुन्गुनाउँथे ।

देश गाउने कवि

बा

बा अब यो घरमा हुनुहुन्न । बा बित्नुभएको पनि दुई दशक बितिसक्यो । तर, बा हिजो साँझसम्म यही चाक्सीको बोटमुनि राखिएको बेतको कुर्सीमा बसिरहनुभएको आभास हुन छाडेको छैन ।

बा

प्रेम, विवाह र प्रेम–विवाह

विवाह के हो ? यो प्रश्नको मोटामोटी सबैलाई चित्त बुझ्ने उत्तर तयार पार्नु सम्भव छ । तर ‘प्रेम के हो ?’ भन्ने प्रश्नको सबै वा धेरैजसोलाई समेत चित्त बुझ्ने जवाफ दिनबाट ठूल्ठूला साहित्यकार र दार्शनिकसमेत चुकेका छन् ।

प्रेम, विवाह र प्रेम–विवाह

भिनस, अनारकली, मधुबाला

भेलेन्टाइन डे’ मा जन्मेको म एकै व्यक्तिलाई जान्दछु यस संसारमा । तर मैले जानेको यही एक हुन्, जसले ‘प्रेम–दिवस’ का दिन जन्मेर आफ्नो समयका मानिसलाई ‘चकाचौंध’ बनाइन् । उनलाई ‘भिनस’ भनिन्थ्यो । उनको नाउँ मुमताज थियो ।

भिनस, अनारकली, मधुबाला