समाचार

News

राजनीतिज्ञले अस्पताल संचालन गर्दा विकृति : स्वास्थ्य मन्त्री

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताएका छन् ।

राजनीतिज्ञले अस्पताल संचालन गर्दा विकृति : स्वास्थ्य मन्त्री

कांग्रेसमा किचलोः बन्न सकेन प्रदेश समिति

मुलुक संघीय संरचनामा गएको तीन वर्ष पुग्नै लागे पनि कांग्रेसमा प्रदेश समिति बन्न सकेको छैन । पार्टीभित्रका गुटहरूको टकरावका कारण नेतृत्वले विधानबमोजिम प्रदेश समिति बनाउन नसकेको हो ।

कांग्रेसमा किचलोः बन्न सकेन प्रदेश समिति

डा. केसीसित वार्ता गर्न ३ सदस्यीय टोली गठन

सरकारले १७ दिनदेखि आमरण अनशनरत प्रा.डा. गोविन्द केसीसित वार्ता गर्न ३ सदस्यीय टोली गठन गरेको छ । डा.केसी ७ बुँदे माग राखी जुम्लामा अनशनरत छन् । 

डा. केसीसित वार्ता गर्न ३ सदस्यीय टोली गठन

२५ करोडमा ५ किलोमिटर तटबन्ध

पूर्वी मोरङमा बग्ने बक्राहाखोला हरेक वर्षायाममा आसपासका बासिन्दाका लागि विपत् लिएर आउने गरेको छ । मध्यवर्षामा बाढीले कहाँनेर बाँध भत्काएर बस्ती पस्ने हो भन्दै स्थानीय बासिन्दा त्रसित हुने गरेका छन् ।

२५ करोडमा ५ किलोमिटर तटबन्ध

जग्गा कारोबार खुकुलो बनाइँदै

वर्षमा एकपल्ट मात्रै कित्ताकाट गर्न पाउने व्यवस्थालाई सरकारले खुकुलो बनाउने भएको छ । ‘एक/डेढ सातामै विशेष निर्णयमार्फत परिपत्र जारी गरी जग्गा उपयोग र कित्ताकाटसम्बन्धी नयाँ व्यवस्था ल्याउँछौं,’ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय स्रोतले भन्यो, ‘अधिकांश काम पूरा भइसकेको छ ।’

जग्गा कारोबार खुकुलो बनाइँदै

डा. केसीको स्वास्थ्य नाजुक

चिकित्सा शिक्षा र सेवा सुधारका विभिन्न माग राख्दै १७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रँदै गएको छ । उनको रक्तचाप, मुटुको गति र श्वासप्रश्वासमा शनिबार रातिदेखि नै उतारचढाव आइरहेको छ । 

डा. केसीको स्वास्थ्य नाजुक

मुगु औलोको उच्च जोखिममा

हिमाली जिल्लामा पटक–पटक औलोका बिरामी भेटिएपछि यो उच्च जोखिममा परेको छ । चालु आर्थिक वर्षमा खत्याड गाउँपालिका– ८, ९ र ११ मा एक सय ३८ जनामा मलेरिया रोगको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

मुगु औलोको उच्च जोखिममा

संविधान बेवास्ता गर्दै भारतमा राजदूत सिफारिस

सरकारले संवैधानिक व्यवस्थालाई बेवास्ता गर्दै भारतको राजदूतमा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार उप्रेतीलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।

संविधान बेवास्ता गर्दै भारतमा राजदूत सिफारिस

एकाधिकार कसैले फर्काउन सक्दैनः मन्त्री महासेठ

सरकारले कुनै पनि प्रकारको एकाधिकार मान्य नहुने र फर्कने कुनै गुञ्जायस नै नरहेको स्पष्ट पारेको छ । लामो समयदेखि रोगका रूपमा रहेको एकाधिकारलाई अन्त्य गर्ने साहसिक निर्णयलाई कसैले पनि फिर्ता ल्याउन नसक्ने बताउँदै सरकारले यसबाट कुनै पनि हालतमा पछाडि नफर्कने जनाएको छ ।

एकाधिकार कसैले फर्काउन सक्दैनः मन्त्री महासेठ

माइतीघरमा निषेधाज्ञा नलगाउन अन्तरिम आदेश 

नागरिक स्वतन्त्रताको हकसँग जोडिएका क्रियाकलापमाथिको बन्देज न्यायिक परीक्षणको विषयवस्तु हुने भन्दै सर्वोच्च अदालतले त्यसको किनारा नलागेसम्म माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

माइतीघरमा निषेधाज्ञा नलगाउन अन्तरिम आदेश 

बनारसमा १ सय ५० नेपाली महिला बन्धक

वैदेशिक रोजगारीका लागि अवैधरुपमा तेस्रो मुलुक जान लागेका करिब १ सय ५० जना नेपाली महिलालाई भारत उत्तरप्रदेश राज्यको बनारसमा बन्धक बनाइएको छ । दलालले  बन्धक बनाएको भन्दै कोठामा रहेकी एक बन्धक महिलाले बर्दिया मधुवन नगरपालिकामा रहेका आफ्नो श्रीमान्‌लाई फोनमा रुदै उद्दार गरिदिन गुहार मागेकी छन् ।

बनारसमा १ सय ५० नेपाली महिला बन्धक

कांग्रेसको अवरोधपछि दोस्रोपटक पनि संसद बैठक अवरुद्ध, अर्को बैठक साउन ३ गते

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सोमबार संसद बैठक स्थगित भएको छ । आगामी बैठक साउन ३ गते दिउँसो १ बजे बस्ने छ । सोमबार बिहान बसेको बैठकमा नेपाली कांग्रेससहित अन्य दलका सांसदहरुले उठेर संसद बैठक अवरोध गरेपछि आधा घण्टाका लागि बैठक स्थगन गरिएको थियो ।

कांग्रेसको अवरोधपछि दोस्रोपटक पनि संसद बैठक अवरुद्ध, अर्को बैठक साउन ३ गते

सभापति देउवाद्वारा डा केसीका मागप्रति गम्भीर हुन आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् ।

सभापति देउवाद्वारा डा केसीका मागप्रति गम्भीर हुन आग्रह

पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती भारतका लागि राजदूतमा सिफारिस

सरकारले भारतका लागि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र मलेसियाका लागि उदयराज पाण्डेलाई राजदूतको लागि सिफारिस गरेको छ । 

पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती भारतका लागि राजदूतमा सिफारिस

संघीय मन्त्रालय र विभागसहितका निकायहरूमा ४५ हजार ८ सय १५ कर्मचारी

सरकारले प्रदेशहरूमा यसअघि तय भइसकेको निजामती प्रशासनको दरबन्दी कटौती गरी संघअन्तर्गतका मन्त्रालय, विभाग र निकायका लागि १५ हजार कर्मचारी थप गर्ने भएको छ । सरकारले प्रदेशमा हस्तान्तरण हुने भनिएका कतिपय विभाग र कार्यालयहरू संघमा नै राख्ने निर्णय गरेपछि केन्द्रमा कर्मचारीको दरबन्दी बढेको हो ।

संघीय मन्त्रालय र विभागसहितका निकायहरूमा ४५ हजार ८ सय १५ कर्मचारी

विरोध प्रर्दशनमा उत्रिएका २५ पक्राउ

सरकारको स्वतन्त्रता विरोधी नीति र स्वेच्छाचारी निर्णय विरुद्ध प्रर्दशनमा उत्रिएका मानवअधिकारकर्मी पक्राउ परेका छन् । 

विरोध प्रर्दशनमा उत्रिएका २५ पक्राउ

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले अवरोध गरेसँगै सोमबार दिउँसो १ बजे सुरु भएको संघीय संसदको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

आजको संसद बैठकमा ‘चिकित्सा शिक्षा विधेयक २०७५’ पेश गर्ने सरकारको तयारी

संघीय संसदको सोमबार १ बजे बस्ने बैठकमा सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पाखरेलले ‘चिकित्सा शिक्षा विधेयक २०७५’ पेश गर्ने कार्यसूची रहेको छ । यस्तै आजकै बैठकमा 'बिमा विधेयक २०७५' र संकल्प प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

आजको संसद बैठकमा ‘चिकित्सा शिक्षा विधेयक २०७५’ पेश गर्ने सरकारको तयारी

मुक्त कमैया शिविरमा हात्ती

विपतपुरस्थित मनिकापुर मुक्त कमैया शिविरका बासिन्दा शुक्रबारदेखि ढुक्कले निदाउन पाएका छैनन् । भारतको दुदुवा राष्ट्रिय निकुञ्ज भएर जंगली हात्तीको झुण्ड गाउँ पसेपछि उनीहरूको निद्रा खोसिएको छ । स्थानीय राति आँगो बाल्छन् । थाल ठटाएर हात्ती भगाउँदैमा रात छिचोलिन्छ ।

मुक्त कमैया शिविरमा हात्ती

बेनी–जोमसोम सडकमा सास्ती

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक विस्तारमा लापरबाही भएको छ । ठेकेदार कम्पनीले समयमै काम नगर्दा यात्रु सास्ती भोग्न बाध्य छन् । खाल्डाखुल्डी र ग्रेड नमिलेको हिलाम्ये सडकमा गाडी गुडाउँदा जोखिम बढेको छ ।

बेनी–जोमसोम सडकमा सास्ती

अदालतको आदेश अटेर

दुई महिनाअघि उच्च अदालत पोखराको बागलुङ इजलासले कालीगण्डकी दोहन रोक्न परमादेश जारी गर्‍यो । प्रशासन कार्यालयलाई अनुगमन गर्न र स्थानीय तहलाई दोहन रोक्ने कानुन बनाउन आदेश दियो । अदालतको आदेश अटेर गर्दै नदीमा एक्साभेटर लगाएर ढुंगा, गिटी र बालुवा झिक्न भने रोकिएको छैन ।

अदालतको आदेश अटेर

अझै बनेन मौलिक हक कानुन

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आइतबार ट्वीटमा लेखे, ‘संविधानप्रदत्त मौलिक अधिकार (शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुता, आवास, रोजगारी) र महिला, दलितलगायतका अधिकार कार्यान्वयन गर्ने कानुन ३ वर्षभित्र बनाउन दुई महिना मात्र बाँकी छ । संसद् बिजनेस नपाएर हाटा (हाजिर गरेर टाप) गर्दै छ । दुई तिहाइ बहुमतको सरकार किन कुम्भकर्ण निद्रामा ?’

अझै बनेन मौलिक हक कानुन

चिकित्सा शिक्षा विधेयक: सरकारको अडान

प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा सुधारको विषय संसद्‌बाटै टुंगो लगाउनुपर्ने उल्लेख गर्दै डा. गोविन्द केसीका माग संसद्‌भन्दा बाहिरबाट सम्बोधन गर्न नसकिने सरकारको ‘बटमलाइन’ राखेका छन् । डा. केसीको आमरण अनशन र उनका माग सम्बोधन गर्ने विषयमा भइरहेको उच्चस्तरको राजनीतिक छलफलमा ओलीले संसद्‌मा विधेयक पेस भइसकेकाले चिकित्सा शिक्षा सुधारका विषय त्यहींबाट टुंगिनुपर्ने धारणा राखेका हुन् ।

चिकित्सा शिक्षा विधेयक: सरकारको अडान

डा. केसीको घाँटीमा संक्रमण

१६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको शनिबार रातिदेखि रक्तचाप, मुटुको गति र श्वासप्रश्वासमा उतारचढाव आएको छ । उनको घाँटीमा समेत संक्रमण बढ्दै गएको छ । संक्रमण बढ्दै जाँदा समेत उनले औषधि लिन मानेका छैनन् । उनको नसा सुन्निएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

डा. केसीको घाँटीमा संक्रमण