विचार
श्रावण ११, २०७५

यमानको हात्ती कि विमान

हामीलाई विकास चाहिएको छ । तर केको विकास र कस्तो विकास ? बहसले निकास पाउनुपहिल्यै विकास खोज्दा विनाश गरिसकेका हुन्छौं । जस्तो प्रकृतिका लागि हात्ती ठूलो हो भने विकासका लागि विमान । प्रकृति र विकास सहोदर दिदी र भाइ हुन सक्छन् कि सक्दैनन्, सोच्नुपरेको छ । प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल एउटा उदाहरण हो ।

ओलीको लय विलयतिर

२००७ सालमा प्रजातन्त्रको स्थापना भएपछिको प्रत्येक दशकमा नेपाली राजनीतिमा एउटा न एउटा पेचिलो राजनीतिक प्रश्न जहिले पनि उठिरहने गरेको छ । प्रजातन्त्र र राजतन्त्र सँगै कसरी जालान् भन्ने प्रश्न प्रजातन्त्र आएपछिको पहिलो दशकको महत्त्वपूर्ण प्रश्न थियो । त्यो प्रश्नले सामञ्जस्यपूर्ण उत्तर नपाउँदै राजा महेन्द्रले त्यसको एकलौटी हिसाबले जवाफ दिएर पञ्चायत ल्याइछाडे ।

श्रावण १०, २०७५

के जनप्रतिनिधि, के कर्मचारी

हालैका केही घटनाले अशुभ संकेत गरेका छन् । आफूले भने अनुकूल प्रतिवेदन नदिएकामा पश्चिमतिरका एक स्थानीय तह प्रमुखले कर्मचारीलाई हातपात गरेछन् । लहान नगरपालिकाका एक वडा अध्यक्षले रीत नपुगेको जिन्सी सामानको भुक्तानी नपाएको झोँकमा कर्मचारीमाथि सांघातिक आक्रमण गरेको समाचार आयो ।

श्रावण ९, २०७५

रैथाने उब्जनीबाट समृद्धि

अस्ति भर्खरजस्तो लाग्छ, गोरखाबाट बसाइँ आएको माइला दाइको परिवारले हाम्रो घरभन्दा पर पाखोको धयेरी, पाती र असुरोको घारी फाँडेर घैयाबारी बनाएको । ४/५ कक्षामा पढ्दै गर्दा हामी माइला दाइको त्यही घैयाबारीमा खरबुजो चोर्न जान्थ्यौं । हामीलाई एक त खरबुजो भेट्टाउनै गाह्रो पथ्र्यो, भेट्टाए पनि लुकाएर जंगलतिर लगी खानै मुस्किल ।

ADVERTISEMENT

रञ्जनाको सम्झना

सुरुमा ब्राह्मी भनियो । ब्रह्माको बोली भनेर । शासकहरूकै भाषामा त्यसपछि लिच्छवि भनियो । त्यसैलाई पछि नेवारी भनियो । नेवारी लिपिभित्रै एउटा सुन्दर लिपि विकास भयो । बाह्रौं शताब्दीदेखि त्यो लिपिलाई रञ्जना भनियो ।

सीको ‘विश्व सञ्चालन’ सोच

केही समययता पश्चिमा देशहरूबीचको विभाजन खुलेआम देखिन थालेको छ । केही साताअघि उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को शिखर सम्मेलन तथा गत महिना क्यानडामा सम्पन्न जी–७ राष्ट्रहरूको सम्मेलनमा सदस्य देशहरूबीचको विभाजन सतहमै आएको थियो । एकातर्फ अमेरिकी अलायन्समा विभाजन देखिन थालेको छ भने आर्कोतर्फ दिनानुदिन चीनको अन्तर्राष्ट्रिय तहमा प्रभाव बढ्दै गएको छ ।

श्रावण ८, २०७५

रेलमार्गलाई भौगर्भिक भर

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि काठमाडौं–रसुवागढी हुँदै तिब्बतको केरुङसम्म पुग्ने रेलमार्ग निर्माण गर्ने विषय चर्चामा छ । यस सन्दर्भमा रेलमार्ग निर्माण क्षेत्रको भूगर्भले पनि महत्त्व पाएको देखिन्छ । ‘कमजोर भौगर्भिक स्थिति भएको’, ‘भौगर्भिक वास्तविकता अझै थाहा नभएको’, ‘जटिल भौगर्भिक स्थिति भएको’, ‘अत्यन्त विकट भौगर्भिक बनावट भएको’, ‘भूगर्भीय दृष्टिकोणबाट उच्च भूकम्पीय जोखिममा रहेको’ जस्ता टिप्पणी आइरहेका छन् ।

तित्राको मुख कि मन्त्रीको

तित्राको मुखै वैरी भन्छन् । हाम्रा भने मन्त्रीहरूका पनि मुख थुन्नुपर्ने दिन आएजस्तो छ । कहाँ कतिखेर के बोल्छन् भिडियो भाइरल भएपछि आफैं झस्किन्छन् । मन्त्रीको बोली सचिवसँग मिल्न जरुरी छैन । सांसदसँग पनि मिलिहाल्दैन । जनप्रतिनिधि भए पनि मतदातासँग पनि मिल्छ भन्ने छैन । विभागीय मन्त्रालयसम्बन्धी जानकार समुदायसँग पनि मिल्दैन । आम नागरिकको बोली पनि झट्टै बिर्सन्छन् ।

श्रावण ७, २०७५

दम्भको श्रीपेच

जुम्लाको अस्पतालमा गोली चलेको साँझ बुद्ध र जंगबहादुरको ‘फ्युजन’को अलि अघिको प्रसंग सम्झिएँ । प्रधानमन्त्री केपी ओलीले केही अघिमात्रै डा. गोविन्द केसीलाई राजनीतिमा आउन चुनौती दिएको सन्दर्भ पनि सम्झिएँ । त्यसपछि सम्झिएँ, श्रद्धेय मदन भण्डारीलाई । ‘महाराज, आँखा नचम्काई बक्स्योस्, राजनीति गर्न मन भए श्रीपेच खोलेर मैदानमा आए हुन्छ ।’

ADVERTISEMENT
ADVERTISEMENT

जसले मान राख्छ, उसकै मर्दन

एक जना निडर र सेवाभावका वरिष्ठ चिकित्सकले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि शृंखलाबद्ध आमरण अनशन बस्नु राज्यका लागि लाजमर्दो विषय हुनुपर्ने हो । तर, मन्त्री र सत्तारूढ दलका कार्यकर्ता उल्टै उनको मानमर्दन गरिरहेका छन् । राज्यले आफ्नो दायित्व बिर्सेझैं देखिन्छ । सत्ताधारीहरू सहिष्णु हुनुपर्ने र वागी विचार सुन्नुपर्ने लोकतान्त्रिक सीमारेखा तोडिएको छ ।