प्रदेश १

Pradesh-1

गाउँवस्तीको अवस्था बुझ्दै विद्यार्थी

ओखलढुंगाकी सुमित्रा कटुवाल धनकुटाको दुर्गम गाउँवस्तीको अवस्था बुझ्न निस्किएकी छन् । एक महिनादेखि उनी जिल्लाका ग्रामिण क्षेत्रको अध्ययनका लागि घरदैलोमा सक्रिय भएकी हुन् ।

गाउँवस्तीको अवस्था बुझ्दै विद्यार्थी

सुरक्षागार्डको विभत्स हत्या

महानगरपालिका-२ मा रहेको न्यू विकी हार्डवेयरमा सुरक्षागार्डमा कार्यरत ४८ वर्षीय टंकप्रसाद भट्टराईको अज्ञात समूहले हत्या गरेका छन् । निरवकुमार अग्रवालले सञ्चालन गरेको हार्डवेयरमा कार्यरत भट्टराईको लास आइतबार बिहान विभत्स अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सुरक्षागार्डको विभत्स हत्या

योजना माग्न राजधानी

स्थानीय तहमा ठूला विकास आयोजनाका लागि बजेट माग गर्दै छथर गाउँपालिकाका जनप्रतिनिधि संघीय राजधानी काठमाडौं पुगेका छन् । स्थानीय राजनीतिक दलका अगुवा, जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश र संघीय सांसद समेत लिएर जनप्रतिनिधि काठमाडौं पुगेका हुन् ।

योजना माग्न राजधानी

मुलुकी संहिता : जटिलतालाई संशोधन गर्नुपर्ने

शुक्रबारदेखि लागू भएको नयाँ मुलुकी संहिता (ऐन) को सन्दर्भमा जिल्लाका सरोकारवालाले मिश्रित प्रतिक्रिया दिएका छन् ।

मुलुकी संहिता : जटिलतालाई संशोधन गर्नुपर्ने

अभिभावक भेला बिथोलियो

कांग्रेसका कार्यकर्ताले दमक नगरपालिकास्थित हिमालय माध्यमिक विद्यालयले शुक्रबार आह्वान गरेको अभिभावक भेला बिथोलेका छन् । नगरपालिकाले जारी गरेको शिक्षा नियमावलीको विरोध गरिरहेका कांग्रेस कार्यकर्ताले नियमावलीअनुसार भेला बोलाएकाले विरोध गर्नुपरेको बताए ।

अभिभावक भेला बिथोलियो

प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्म पढेको स्कुल

एउटै जिल्लाबाट उपल्लो पदमा पुग्ने व्यक्तिको संख्या औंलामा गन्न सकिएला । तर एकै विद्यालयमा पढेका धेरै व्यक्ति उपल्लो पदमा पुगेको संयोग भने रोचक हो ।

प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्म पढेको स्कुल

नेकपामा नेतृत्व होडबाजी

पहिले कांग्रेसको किल्ला भनेर जिल्ला चिनिन्थ्यो । तर गत सालको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन बाम गठबन्धनले ‘क्लिन स्वीप’ गर्‍यो । केन्द्रमा पार्टी एकता भएसँगै जिल्लामा पार्टी कार्यालय एकै ठाउँ राखियो ।

नेकपामा नेतृत्व होडबाजी
भाद्र २, २०७५

बगेर एकको मृत्यु, अर्का बेपत्ता

खोलाले बगाउँदा झापाको कन्काइ नगरपालिका २ का एक युवकको शनिबार मृत्यु भएको छ । माईखालामा पौडी खेल्ने क्रममा स्थानीय २५ वर्षीय आशीष पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । साथीहरुसित पौडी खेल्ने क्रममा बगेका उनी बगेपछि उद्धार गरी स्वास्थ्य संस्था लैजाने क्रममा मृत्यु भएको थियो ।

बगेर एकको मृत्यु, अर्का बेपत्ता

फेरियो पाथीभरा

धेरैको आकर्षण केन्द्र बनेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्र अचेल फेरिएको छ । देवी उत्पत्ति हुँदाको मानिने ढुंगाको मूर्तिबाहेक सबै संरचना परिवर्तन गरिएको छ ।

फेरियो पाथीभरा

दसैंसम्म खानेपानीको व्यवस्था

धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानी आयोजनाको स्थलगत भूमिगत पानी उत्पादन क्षमता परीक्षण गर्दै आउँदो दसैंसम्म काम सम्पन्न गर्ने जनाएको छ ।

दसैंसम्म खानेपानीको व्यवस्था

दूध उत्पादन क्षमता बढाउँदै किसान

छथर दुग्ध चिस्यान सहकारी संस्थामा पछिल्लो एकै वर्षमा दैनिक १ हजार लिटर दूध उत्पादन बढेको छ । पछिल्लो एकै वर्षको अवधिमा किसानले यति धेरै दूध उत्पादन वढाएका हुन् ।

दूध उत्पादन क्षमता बढाउँदै किसान

धानमा जिंकको मात्रा अत्यधिक

‘सुख्खा ३’ नाम दिइएको प्रजातिको धानको चामलमा जिंक तत्त्वको मात्रा अत्यधिक पाइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गरेको अनुसन्धानमा झापास्थित धान सुपरजोनमा उत्पादित चैते धानमध्ये यो प्रजातिमा जिंकको मात्रा अत्यधिक पाइएको हो ।

धानमा जिंकको मात्रा अत्यधिक

रोगले तरकारी बालीमा क्षति

धनकुटा, तेह्रथथुम र संखुवासभाका किसानले लगाएको तरकारी बालीमा क्लवरूट (गाँठे रोग) फैलिएको छ । यसले गर्दा ठूलो परिमाण तरकारी बारीमै कुहिन थालेको छ ।

रोगले तरकारी बालीमा क्षति