प्रदेश ७
भाद्र १७, २०७५

बझाङमा मदिरा निषेध

‘बझाङलाई मदिरा निषेधित’ जिल्ला घोषणा गर्नुपर्ने माग अन्तत: पूरा भएको छ । शुक्रबारको जिल्ला सभा बैठकले असोज १ गते देखि लागू हुने गरी जिल्लाभर मदिराको कारोबारमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

अतिक्रमणले खुम्चिँदै किल्ला

‘म बाघको डमरु हुँ, मलाइँ सिनो खाने कुकुर नसम्झ’ नेपाल एकीकरणका बेला बडाकाजी अमरसिंह थापाले भनेका यी शब्द कुदिएको डडेलधुराको अमरगढी किल्ला अहिले सरकारी उपेक्षाले अलपत्र छ ।

पुल निर्माण अधुरै

काम सुरु भएको ५ बर्ष बितिसक्दा पनि बुढीगंगा नदीमा पुल निर्माण हुन सकेको छैन । ०७० मा सम्झौता भई ०७२ असारमा पुल निर्माण गरिसक्ने सम्झौता थियो ।

भाद्र १६, २०७५

निर्मलाका परिवारसँगै रोइन् मन्त्री मगर

शनिबार बिहान खानेपानी मन्त्री बिना मगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा केहीबेर सन्नाटा छाउनुका साथै केहीबेर आगन्तुक सबै स्तब्ध हुन पुगे ।

बर्सेनि बढ्दै खाद्यान्न र तरकारी आयात

तीनवटै तहको निर्वाचनमा सबै राजनीतिक दलको एउटै नारा थियो, ‘अब मुलुक समृद्धितिर जान्छ, कृषि उत्पादनमा विशेष जोड दिन्छौं र आत्मनिर्भर बन्छौं ।’

भाद्र १५, २०७५

स्थानीय तहका वार्षिक समीक्षा : सडक नाटकदेखि कुखुरा खोर उपलब्धि

स्थानीय तहले एक वर्षमा गरेका कामको समीक्षा गर्न आयोजित जिल्ला सभामा जनप्रतिनिधिले सडक नाटकदेखि कुखुरा खोर निर्माण गरिएको कार्यलाई उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । 

बेपत्ता पत्रकारको खोजीमा सेना परिचालन 

बाजुराको बुढीनन्दा एफएममा कार्यरत ३८ वर्षीय पत्रकार तेजबहादुर खड्का ६ दिनदेखि बाजुराको बुढीनन्दा क्षेत्रबाट बेपत्ता छन् । उनको खोजी कार्यमा प्रहरी र सेनाको टोली परिचालित छ । 

ADVERTISEMENT
ADVERTISEMENT

महाकालीमा तुइनकै भर

एउटा मसिनो रसी जस्तो ग्याबिन तारमा झुन्डिएर महाकाली नदी वारपार गर्न निकै कठिन हुन्छ । नदी तर्दै गर्दा बिग्रियो वा तर्न नसकेर बीचमै अड्किँदा नदीमा खस्ने सम्भावना उत्तिकै रहन्छ । दार्चुलाको उत्तरपश्चिमी गाउँका स्थानीयबासिन्दा भने वर्षौंदेखि यस्तै कहालीलाग्दो यथार्थ दिनदिनै भोगिरहेका छन् ।

डुंगाबाट वारपार

कैलालीको मध्य भागबाट बग्ने कन्द्रा नदीमा दिनहुँ दर्जनौ डुंगा चल्छन् । नदीको सिरानदेखि कैलालीको अन्तिम सीमासम्म विभिन्न ठाउँमा दिनभर चल्ने डुंगामा कम्तीमा तीन हजार यात्रु जोखिमपूर्ण तरिकाले नदी वारपार गर्न बाध्य छन् ।

‘छोरीले जहिल्यै बुवा खोज्छिन्’

सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका परिवारले आफ्ना आफन्तजनको हालसम्म अत्तोपत्तो लाग्न नसकेकोमा पीडा व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवसका अवसरमा बिहीबार सदरमुकाम मंगलसेनमा आयोजित कार्यक्रममा बेपत्ता व्यक्तिका परिवारले राज्यले वास्तै गर्न छाडेको भन्दै दु:ख व्यक्त गरे ।