विश्व
जेष्ठ २३, २०७५

ग्वाटेमालामा फेरि ज्वालामुखी बिस्फोट, मृत्यु हुनेको संख्या ७५ पुग्यो, १ सय ९२ बेपत्ता

ग्वाटेमालामा गत आइतबार बिस्फोट भएको फ्युगो ज्वालामुखीमा मृत्यु हुनेको संख्या ७५ पुगेको छ भने १ सय ९२ जना हराइरहेका छन् । यस्तै, ३ सय जना घाइते भएका छन् । उनीहरु ज्वालामुखीको खरानी र माटोमा पुरिएको आशंका गरिएको छ ।

जब प्रधानमन्त्री अाफैँले भुईँ सफा गरे...

नेदरल्याण्डसका प्रधानमन्त्री मार्क रुटको एउटा भिडियो भाइरल भएको छ । संसद भवन परिसरमा हिडिरहेको बेला अचानक कफी पोखिएको कफी प्रधानमन्त्री मार्कले आफैँले सफा गरेको भिडियो भाइरल बनेको हो । 

जनचेतना जगाउन ९ हजार किलोमिटर पौडी

एक फ्रान्सेली पौडीबाजले जलवायु परिवर्तनबारे जनचेतना जगाउन ९ हजार लामो पौडी सुरु गरेका छन् ।५१ वर्षीय बेन लेकोम्टेले मंगलबार जापानको चोसीस्थित प्रशान्त महासागरबाट पौडी सुरु गरेका हुन् । उनी पौडी खेलेर प्रशान्त महासागर पार गर्ने पहिलो मानव हुनेछन् ।

ट्रम्प–किम अर्को साता भेट्दै: गोर्खा प्रहरीले सुरक्षा दिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन् । दुई नेताबीच जुन १२ मा सिंगापुरमा शिखर बैठक हुँदै छ ।

जेष्ठ २२, २०७५

ग्वाटेमालमा ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुग्याे

ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ६५ पुगेको छ । राजधानी शहरनजिकै अवस्थित स्थानमा एक शताव्दियताकै शक्तिशाली विस्फोट भएको पुष्टि गरिएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

विपक्षी गठबन्धनले भाजपा दबाबमा

भारतको विधानसभा तथा लोकसभाका लागि हालै सम्पन्न उपनिर्वाचन परिणामले भारतीय जनता पार्टी (भाजपा) र उसको गठबन्धन नेसनल डेमोक्रेटिक एलाइन्स (एनडीए) का लागि आगामी वर्ष हुने लोकसभा चुनावमा सहज नहुने देखिएको छ ।

जेष्ठ २१, २०७५

विश्व व्यापार युद्धको जोखिम बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबारदेखि लागू हुने गरी क्यानाडा, युरोपियन युनियन तथा मेक्सिकोबाट अमेरिका निर्यात गर्ने स्टिल तथा आल्मुनियममा क्रमश: २५ र १० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने घोषणा गरेपछि विश्व व्यापार युद्ध सुरु हुने चिन्ता बढेको छ ।

ग्वाटेमालामा ज्वालामुखी विस्फोट, दर्जनौंको मृत्यु, सयौं घाइते

ग्वाटेमालामा फ्युगो नामक ज्वालामुखी विस्फोट हुँदा हालसम्म २५ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । ग्वाटेमालाको राजधानी सहरबाट ४० किमी दक्षिण-पश्चिममा पर्ने उक्त ज्वालामुखी विस्फोट सन् १९७४ यताकै ठूलो भएको बताइएको छ ।

इजिप्टको राष्ट्रपतिमा पुन: अल–सीसी

इजिप्टका राष्ट्रपति अब्देल फतेह अल–सीसीले दोस्रो कार्यकालका लागि आइतबार शपथ लिएका छन् । शपथलगत्तै उनले ‘हिंसा, आतंकवाद र अतिवादविरुद्ध’ लड्ने प्रतिबद्धता जनाएका छन् ।