विविधा

Bibidha

प्यारा कवि प्रधानमन्त्री

हामीसँग ‘कवि–राजा’हरूले भरिएको गौरवशाली इतिहास छँदै थियो । अब कवि–प्रधानमन्त्रीयुक्त जाज्वल्यमान वर्तमान पनि सुरु भएको छ । अब एकसेएक राजा–महाराजाले कविता, गीत, नाटक लेखेर रसिलो बनाएको इतिहासको विरासत थाम्ने प्रक्रिया थालनी भएको छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले साहित्य रचना गर्ने राजकीय इतिहासलाई निरन्तरता दिएर राजा–महाराजाका रंगीन सपनालाई पनि ब्युँताउन खोजेका छन् ।

प्यारा कवि प्रधानमन्त्री

एक विश्वविद्यालय एक मेडिकल कलेज

उमेरले ६० नाघेपछि बाको स्वास्थ्य कमजोर बन्दै जान थाल्यो । २०५४ सालदेखि झन्डै ४ वर्षसम्म उहाँको उपचारमा कहिले काठमाडौंको शिक्षण अस्पताल त कहिले पाटन अस्पताल निकै धायौं । केही नाम चलेका निजी अस्पतालमा पनि गयौं । तर फोक्सोको संक्रमण हो कि भन्ने बाहेक प्रस्टसँग रोगको किटान भएन । त्यसपछि बा चितवनको जुटपानीस्थित आफ्नै घरमा आराम गर्न थाल्नुभयो ।

एक विश्वविद्यालय एक मेडिकल कलेज

भुत्ते पत्रकारिता

‘हाम्रो पत्रकारिता भुत्ते भएको छ । भुत्ते चक्कुले घाउ बनाउँदैन ।’ चिनियाँ क्रान्तिको दौरानमा माओ त्सेतुङले चिनियाँ पत्रकारिताबारे भनेका थिए । यस्तै आशय गत असार ३० गते कान्तिपुर दैनिकमा ज्येष्ठ पत्रकार भैरव रिसालले नेपाली पत्रकारिताबारे ‘प्रतिप्रश्न : पत्रकारिता तिखार्ने औजार’ शीर्षकमा बकेका छन् । हुन त प्रतिप्रश्न गर्नुले मात्र पत्रकारितालाई गुणस्तरीय बनाउने होइन ।

भुत्ते पत्रकारिता

महिला विश्वकप फुटबल

विश्वकप फुटबलको प्रभाव जताततै छ । जुनसुकै मुलुकका जुनसुकै सहरका मानिसमा यसको असर छ । आकर्षण छ । हेर्ने र आनन्द लिने क्रम छ । धर्म, वर्ग, राज्य र रङलाई भुलेर सबै देशका मानिस फुटबलको मोह र नशामा छन् । सबै उमेरका मानिसलाई फुटबलको मजाले तानेको छ ।

महिला विश्वकप फुटबल
असार ३२, २०७५

रेलमार्ग नयाँ चिनियाँ रेशममार्ग

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ‘ट्रान्स हिमालय मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ स्थापना गरी नेपालको पूर्वाधार विकासमा साझेदारी गर्नेमा चीन र नेपालले सहमति जनाएका छन् । चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा टेकेर उक्त सञ्जालमार्फत नेपालमा चिनियाँ रेल पुर्‍याउने सहमति भएपछि नेपालमा यसबारे बहस हुनथालेको छ ।

रेलमार्ग नयाँ चिनियाँ रेशममार्ग

बहुमतको बलमिच्याइँ

दुुई तिहाइको सरकार बन्नु विगतमा देश र जनताले भोग्नुपरेको राजनीतिक अस्थिरताको अन्त्य र राजनीतिक स्थायित्वको प्रारम्भ हो । तसर्थ संविधानका हक कार्यान्वयन गर्नु निर्वाचित सबै तहका जनप्रतिनिधिको प्रमुख कर्तव्य हो । संविधानको कार्यान्वयनलाई पन्छाएर उही पुरानै आसेपासे पुँजीवादको अभ्यास र दुई तिहाइ बहुमतको दम्भ, घमन्डका आधारमा जनतालाई झुटो आश्वासनमात्र बाँडिरहने हो भने यो सरकारले अवसर गुमाउन सक्छ ।

बहुमतको बलमिच्याइँ

१३ दिने संस्कारका विकार

पुष्पकमल दाहालले आफ्नो छोरा प्रकाशको आकस्मिक मृत्युपछि १३ दिने मृत्यु संस्कार र आफ्नो परिवारलाई पनि गर्न दिएनन् । बरु सपरिवार चुनावी कार्यक्रम गर्दै हिँडे । आमसभाहरू बीचै श्रद्धाञ्जली सभाहरू भए । यसबारे सकारात्मक, नकारात्मक अनेक टिप्पणी भए । वास्तवमा हिन्दु धर्म निर्देशित मृत्यु सम्बन्धी कर्मकाण्डमा ब्यापक सुधार आवश्यक छ ।

१३ दिने संस्कारका विकार
असार ३१, २०७५

नमस्कारको संस्कार

आफन्त, साथीसंगी, परिचित व्यक्तिसँग भेट हुनासाथ हामी ‘नमस्कार’ अथवा ‘नमस्ते’, ‘प्रणाम’, ‘दर्शन’ जस्ता अभिवादन गर्छौं । अंग्रेजी बोल्नेहरू ‘हेलो’ ‘गुड मर्निङ’ ‘गुड आफ्टरनुन’ आदि भनेर कुरा सुरु गर्छन् । हवाईमा जाँदा मैले सिकें त्यहाँका नागरिक एकअर्कोसँग भेट हुनासाथ ‘अलोहा’ भनेर आत्मीयता जाहेर गर्दारहेछन् ।

नमस्कारको संस्कार

गैससको बित्थामा बदनामी

संघीय, प्रादेशिक तथा स्थानीय तहमा सरकार निर्माण भएपछि गैरसरकारी संस्थाको उपस्थितिलाई खेदो खनिएको छ । गैरसरकारी संस्थाको भूमिका, चरित्र र स्रोतका विषयमा बारम्बार बहस हुने गरेका छन् । कतिले तिनीहरूको भूमिकामाथि सन्देह व्यक्त गर्छन् त कतिले मुक्तकण्ठले प्रशंसा । गैससलाई व्यवस्थित तथा नियमन गर्न पाउने जिम्मेवारी पाएको समाज कल्याण परिषद्को तथ्यांकअनुसार मुलुकमा ४६ हजारभन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था कार्यरत छन् ।

गैससको बित्थामा बदनामी

टाउको किन दुख्यो ?

टाउको दुखाइको अनुभूति नगरेको मान्छे बिरलै पाइन्छ । संसारभरि नै यो सबैभन्दा बढी हुने समस्या हो । करिब ७० प्रतिशत मानिस टाउको दुखाइबाट पीडित छन् । टाउको दुखाइ रुघाखोकी, ज्वरोजस्ता अति सामान्य कारणदेखि मस्तिष्क ज्वरो, ब्रेन ट्युमरजस्ता अति नै घातक कारणले हुने गरेको पाइन्छ ।

टाउको किन दुख्यो ?

विश्वकै ठूलोमध्येको हाम्रो विश्वविद्यालय

त्रिवि विश्वकै ठूलो विश्वविद्यालयमध्ये एक हो । यसको सञ्जाल देशैभरि फैलिएको छ । यसअन्तर्गत ५ वटा अध्ययन संस्थान र ४ वटा संकाय रहेका छन् । ती अध्ययन संस्थानअन्तर्गत ६१ वटा आंगिक क्याम्पस, ३९ वटा केन्द्रीय विभाग र १०८५ वटा सम्बन्धनप्राप्त कलेज रहेका छन् । अहिले आंगिक र सम्बन्धन प्राप्त गरी ११४६ कलेजले देशका ७६ वटा जिल्लामा विभिन्न विधाका विषय सञ्चालन गर्दै आएका छन् ।

विश्वकै ठूलोमध्येको हाम्रो विश्वविद्यालय