अर्थ / वाणिज्य
भाद्र ७, २०७५

ब्याज बढाएरै बैंक नाफामा 

सञ्चालनमा रहेकामध्ये २२ बैंकले गत वर्ष निक्षेप र कर्जाबीचको ब्याजअन्तर (स्प्रेड) बढाए । यो नै बैंकहरूको नाफा वृद्धिको प्रमुख कारण बन्यो । डेढ वर्षयता लगानीयोग्य पुँजीको अभाव भएको गुनासो गर्दै आएका बैंकको नाफा भने लोभलाग्दो छ । 

बिम्सटेक बैठक: प्राथमिकतामा पाँच क्षेत्र

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) बैठकमा नेपाल सरकारले पाँच क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

तिब्बतमै बिकेन यार्चा

तिब्बतमा यार्चागुम्बुले भाउ नपाएपछि स्थानीयबासी र व्यापारी मर्कामा परेका छन् । बर्सेनि यार्चाको भाउ घट्दै गएकाले तिब्बतमै बिकाउन मुस्किल भएको हो ।

समयमा ऋण नतिर्ने बढे

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ६ हजारभन्दा बढीले समयमा चुक्ता गरेका छैनन् । कर्जा सूचना केन्द्रका अनुसार कालोसूचीमा रहेका ऋणीको संख्या ६ हजार २ सय ४१ पुगेको छ ।

१ सय ४३ टावर थपिँदै

सडक र आकाश, मात्रै हैन राजधानीलाई बढ्दो बिजुलीको माग पुर्‍याउन ल्याउनुपर्ने बिजुलीका ठुलठूला टावरका फलामे संरचना पनि धादिङभरि निर्माण गरिएका छन् ।

ADVERTISEMENT

पर्यटकको फर्जी हेलिकप्टर उद्धार: बिमा नगर्ने चेतावनी

नेपाल भ्रमणमा आउने मुख्यत: अमेरिकी, बेलायती र अस्ट्रेलियन नागरिकहरूको भ्रमण बिमा गर्ने लगायतका चिकित्सा सहायता उपलब्ध गराउँदै आएको दाबी गर्ने एक विदेशी कम्पनीले फर्जी उद्धारमा संलग्न एजेन्सीहरूलाई नेपाल सरकारले कारबाही नगरे आगामी सिजनदेखि बिमासँग सम्बन्धित सबै सेवा रोक्ने चेतावनी दिएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकाे टर्मिनल शिलान्यास

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन निर्माण बुधबार सुरु भएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बुधबार शिलान्यास गरेपछि विधिवत् निर्माण सुरु भएको हो ।

भाद्र ६, २०७५

हराउँदै रैथाने जातका कुखुरा

उन्नत जातका कुखुराको उत्पादन बढेसँगै रैथाने कुखुरा हराउँदै गएका छन् । यी जातका कुखुरा बढ्न ढिलो हुने, अण्डा थोरै पार्ने भएकाले किसान छोटो समयमा धेरै आम्दानी हुने उन्नत जातका कुखुरामा आकर्षित भएका हुन् । 

सीमामा मौलायो मरिच तस्करीः सुपारीमा भन्दा दोब्बर फाइदा

भन्सार विभागले सुपारीको आयातलाई निरुत्साहित पार्न मूल्यांकन वृद्धि गरी प्रति किलो ४५ रुपैयाँ कायम गरेपछि आयातमा थोरै कमी आएको छ । तर, पूर्ण रुपमा आयात घटेको छैन ।

मौलाउँदै रैथाने फापर

हिमाली जिल्ला मनाङमा रैथाने फापर खेती मौलाएको छ । प्राय: सबैजसो गाउँबस्ती छेउका खेतमा फापर लगाइएको छ । तल्लो क्षेत्रको नासों १ ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ ९ खाङसारसम्म फापर खेती गरिएको छ ।

सात महिनापछि मुलुक बचतमा

सात महिनायता लगातार घाटामा रहेको मुलुकको शोधनान्तर स्थिति गत असारमा सुध्रिएको छ । मुलुक भित्रिने र बाहिरिने रकमको विवरण देखाउने शोधनान्तर असारमा ९६ करोड रुपैयाँले बचतमा रहेको हो ।

रसुवागढीको सुरुङमार्ग छिचोलियो

रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्ग सोमबार छिचोलिएको छ । १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना गोसाइँकुण्ड गाउँपालिका थुमन र टिमुरेको सिमानामा निर्माण भइरहेको छ ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष प्रतिस्पर्धाबाट छान्ने तयारी

सरकारले रिक्त रहेको दूरसञ्चार प्राधिकरण अध्यक्ष पद प्रतिस्पर्धाबाट छान्ने तयारी गरेको छ । दिगम्बर झा प्राधिकरण अध्यक्ष पदबाट बर्खास्त भएपछि यो पद रिक्त छ । असार २० गतेको मन्त्रिपरिषद् बैठकले अघिल्ला सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने निर्णयसँगै प्राधिकरण अध्यक्ष पद रिक्त छ ।

ब्याजदर वृद्धिमा सांसदहरूको चासो

बैंक तथा वित्तीय संस्थाहरूमा ऋणको ब्याजदर उच्च भएको प्रति सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । ऋणको ब्याजदर उच्च रहँदा ससानो लगानी निरुत्साहित हुने भन्दै उनीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । मंगलबार अर्थ समितिको बैठकमा उनीहरूले यस्तो बताएका हुन् ।

ADVERTISEMENT

पर्यटक बढेपछि होटल थपिँदै

थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा सुविधायुक्त होटलहरू थपिँदै छन् । आन्तरिक एवं बाहय पर्यटक आउने क्रम बढेसँगै होटलहरू थपिँदै गएका हुन् । इन्द्रसरोवर १ सिम्लाङमा १२ जना स्थानीय युवा मिलेर सुविधायुक्त होटल सञ्चालनमा ल्याएका छन् ।

किसानका उत्पादन पैंचोमा

छत्रकोट ४ तिलडाँडाका डिल्लीराज कँडेलले झन्डै ५० वर्षसम्म बारीको कान्लामा फलेका ‘भुटुक’ त्यसै खेर फाले । रूखको डाले घाँस प्रयोग भए पनि बर्सेनि फल्ने ती फल उपयोगबिनै कुहेर गए । तर, चार वर्षयता अवस्था फेरिएको छ ।

भदौभित्रै ‘हेजिङ’ सुविधा

विदेशी विनिमयदरको उचारचढावले आउने जोखिम व्यवस्थापनका लागि केन्द्रीय बैंकले हेजिङ सुविधा ल्याउन लागेको छ । विदेशी विनिमयमा निहित जोखिम व्यवस्थापन गर्न सहयोग पुर्‍याउने उद्देश्यले उक्त व्यवस्था ल्याउन लागिएको हो ।