प्रवास
पुस ७, २०७४

कतारमा गोरखाको सम्झना 

गोरखाबाट कतारमा काम गर्न गएकालाई आपसी सम्बन्ध वलियो वनाउन र आपतविपद परेको समयमा साथ सहयोग गर्न गठित गोरखा सेवा समाजले १४ औं स्थापना दिवस मनाएको छ । 

राजदूत ढकालद्वारा ओमनी सामाजिक मन्त्रीसँग द्विपक्षीय भेट 

ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमनका सामाजीक विकास मन्त्री शेख मोहम्मद विन सैद वि सैफ अल–कल्वनीसँग विहिवार द्विपक्षीय भेट गरेकी छन् ।

पुस ६, २०७४

वरिष्ठ न्यूरोसर्जन देवकोटा लन्डनमा अस्पताल भर्ना

नेपालका वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा अकस्मात बिरामी परेपछि अस्पतालमा भर्ना भएका छन् । देवकोटाको किंग्स कलेज हस्पिटल, डेनमार्क हिल, ब्रिक्टनमा उपचार भइरहेको लन्डनस्थित दूतावास स्रोतले जानकारी दिएको छ ।

पुस ५, २०७४

सिचुवानमा नेपाली तस्बिर

चीनको पश्चिममा पर्ने सिचुवान प्रान्तको छन्दुमा नेपालसम्बन्धी फोटो प्रदर्शनी सुरु भएको छ । छन्दुको पर्यटकीय स्थल वाइड न्यारो एलेमा ६ दिनसम्म चल्ने प्रदर्शनीमा चिनियाँ तथा नेपाली फोटो ग्राफरले नेपालमा खिचेका सुन्दर फोटा राखिएका छन् ।

पुस ४, २०७४
ADVERTISEMENT
ADVERTISEMENT

कुवेतको नेशनल खराफीका २ सय नेपाली कामदारको खाना बन्द

पारिवारिक विवादले धरासयी बनेको कुवेतको ठूलो कम्पनी खराफी नेशनलमा कामविहीन भएर बसेका झन्डै दुई सय नेपाली कामदारको खाना सोमबार बिहानदेखि पुन: बन्द भएको छ । त्यस कम्पनीमा भारतीय, फिलिपिनोसहित झन्डै चार हजार कामदार समस्यामा परेका छन् ।

चौधरीलाई विजयी प्रमाणपत्र दिलाउन सरकारसँग माग

प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीलाई निर्वाचन आयोगले विजयको प्रमाणपत्र दिन आनाकानी गरिरहेको भन्दै दक्षिण कोरियामा सक्रिय नेपाली संघ संस्थाले विरोध जनाएका छन् ।

पुस २, २०७४
पुस १, २०७४

मलेसियाले कामदारका लागि नयाँ बिमा योजना ल्याउँदै

मलेसियाले विदेशी कामदारहरुलाई लक्षित गर्दै नयाँ स्वास्थ्य बिमा योजना ल्याउने तयारी गरेको छ । सरकारले ‘भिएजआइएस’ अर्थात् भोलुन्टरी हेल्थ ईन्सुरेन्स स्किम भनिने स्वास्थ्य बिमा योजना ल्याउन लागेको हो ।

बेलायतबाट लगानी भित्र्याउन पहल

नेपालमा भर्खर सकिएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनपछि स्थायी सरकार गठन हुने प्रक्रियाले आशावादी छन् बेलायती एवं नेपाली ।