हेलो शुक्रबार

Hello-sukrabar

ईपीएल होड

विश्वकै सर्वाधिक लोकप्रिय घरेलु फुटबल प्रतियोगिता इंग्लिस प्रिमियर लिगको नयाँ सिजन गत साता सुरु भयो । पछिल्लो सिजन उपाधि होडमा म्यानचेस्टर सिटीलाई कसैले चुनौती दिन सकेको थिएन । यसपालि उसलाई लिभरपुलले कडा टक्कर दिने अपेक्षा गरिएको छ ।

ईपीएल होड

बम्बई टु मुम्बई

समाजमा आवेग छ, हिंसा छ, अन्याय छ, कुण्ठा छ, प्रेम छ, यौन छ । यिनै कुरालाई सिनेमामा जस्ताको त्यस्तै देखाउन खोज्छन्, बलिउड निर्देशक अनुराग कश्यप । तर संसारको सबभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा यो यथार्थ चित्रण पाच्य हुन्न । सेन्सरका नाममा अनुरागका फिल्ममाथि लगाम लगाइन्छ । त्यसैले अनुराग र सेन्सर बोर्डबीच लफडा परिरहन्छ ।

बम्बई टु मुम्बई

हिपहपका गोल्डेन ब्वाई

उनी संगीतमा आउनु नौलो कुरा थिएन । बा–आमा, काका, हजुरबुबा सबै संगीतकर्मी । उनमा पनि जन्मजात संगीतको रस पस्यो । तर, उनले पारिवारिक शैली अपनाएनन् । आफ्नै रुचिको विधा रोजे– हिपहप । र्‍यापमा पप र आरएन्डबी मिसाएर गीतलाई मेलोडियस बनाए । गाउने गति पनि विस्तारै बनाए । अनि विश्व संगीतमा र्‍याप सुपरस्टार बने– ड्रेक ।

हिपहपका गोल्डेन ब्वाई

मिसन साइपाल

हिमाल चढ्ने, त्यो पनि छोरी मान्छेले ?’ तलकोट गाउँपालिका सुुनिकोटकी सरस्वती थापाले साइपाल आरोहण गर्ने चाहना व्यक्त गरेलगत्तै बुबाले भनेका थिए, ‘अरू जेसुकै गर छोरी, तिम्रा रहर म पूरा गर्दिन्छु । यस्तो उटपट्याङ गरेर समाजले कुरा काट्ने काम नगर ।’

मिसन साइपाल

बिहेबारी बीस पारि

घोराही उपमहानगरपालिका–२ मोतिपुरकी २० वर्षीया शिवा परियारको विवाह गर्ने उमेर भर्खर भएको छ तर उनले वैवाहिक जीवन बिताएको पाँच वर्ष बितिसक्यो । सिउँदोभरि सिन्दूर टल्काउँदै उनले भनिन्, ‘विवाह गर्ने उमेर त भर्खर भएछ । पाँच वर्ष छिटो भएछु । यो कुरा सबैलाई बुझाउनु छ ।’ उनी अचेल ‘बिहेबारी बीसपारि’ अभियानमा लागेकी छन् ।

बिहेबारी बीस पारि

नयाँ डिजाइनमा पल्सर

नेपालमा १५० सीसीको पल्सर सबैभन्दा लोकप्रिय र प्रयोग भइरहेको बाइकमा पर्छ । पल्सरको डिजाइन र यसको पर्फमेन्सका कारण यो लोकप्रिय बनेको हो । १५० सीसी पल्सरमा उपलब्ध नयाँ डिजाइनले पनि नयाँ पुस्ताका उपभोक्ताको ध्यान तानिरहेको हुन्छ ।

नयाँ डिजाइनमा पल्सर

रानीकोटदेखि नालासम्म

भक्तपुर प्राचीन राज्यको राजधानी हो, जहाँ कलात्मक कलाकृतिसँगै पुस्तौंअघिको संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्र र चाँगुनारायणमात्र होइनन्, यस जिल्लामा आन्तरिक र बाह्य पर्यटकको मन जित्ने अन्य स्थानहरु पनि छन् । काठमाडौं उपत्यकाको कोलाहल, भीडभाड, धूलो र अस्तव्यस्त सहरी वातावरणलाई केही क्षण वा दिनका लागि भए पनि चटक्कै छाड्ने योजनाका लागि राम्रो विकल्पका रुपमा रहेका भक्तपुरका चार स्थानबारे लीला श्रेष्ठ लेख्छिन् :

रानीकोटदेखि नालासम्म
श्रावण २५, २०७५

महँगा हिरो

चर्चाले कलाकारको पारिश्रमिकमा प्रत्यक्ष फाइदा पुर्‍याउने गर्छ । ‘भर्चुअल सोसाइटी’ को अहिलेको जमानामा सामाजिक सञ्जालमा देखिने कलाकारको फ्यान फलोइङ र उसका कामले सिर्जना गर्ने ट्रेन्डिङले सेलिब्रिटी निर्धारण गरिरहेको छ । पछिल्ला वर्ष नेपाली फिल्मका हिरो/हिरोइनको क्रेज पनि बढ्दो छ ।

महँगा हिरो

ट्रु कलरमा कल रेकर्ड

आफ्नो फोनमा सेभ नभएको नम्बरको नाम पनि देखाउने भएकाले ट्रु कलर प्रयोगकर्तामाझ निकै लोकप्रिय छ । नचिनेको नम्बरबाट कल आउँदा नाम देखाउने भएकाले यसको व्यापकता बढेको हो ।

ट्रु कलरमा कल रेकर्ड

ट्वीटर सोझै फेसबुकमा सेयर गर्न नमिल्ने

धेरै ट्वीटर प्रयोगकर्ताहरू आफ्नो फेसबुक एकाउन्ट ट्वीटर एकाउन्टमा लिंक गरी आफ्ना हरेक ट्वीट फेसबुकमा सेयर गर्ने गर्छन् । यसो गर्दा प्रयोगकर्तालाई एउटै पोस्ट दुई पटक लेख्ने झन्झट हुँदैन ।

ट्वीटर सोझै फेसबुकमा सेयर गर्न नमिल्ने

म्युजिकल्ली अब टिकटक

छोटो भिडियो सेयर गर्ने एप म्युजिकल्ली टिकटकले किनेको छ । बिक्रीसँगै म्युजिकल्ली टिकटक नाममा रूपान्तरित भएको छ । यसका प्रयोगकर्ताले टिकटक नाममा यसको अपडेट पाइसकेका छन् । म्युजिकल्लीको लोगोसमेत अपडेट भइसकेको छ । टिकटक म्युजिकल्ली जस्तै सेवा दिने कम्पनी हो । म्युजिकल्लीका प्रयोगकर्ता पनि स्वत: टिकटकका प्रयोगकर्ता बनेका छन् ।

म्युजिकल्ली अब टिकटक

एन्ड्रोइड पाई

गुगलले आफ्नो अपरेटिङ सिस्टम एन्ड्रोइडको पछिल्लो संस्करण पि–पिक्सेल फोनहरूमा उपलब्ध गराएको छ । योभन्दा अर्को कुरा, उसले एन्ड्रोइड पीको आधिाकारिक नाम एन्ड्रोइड पाई राखेको छ । यो अहिले गुगलका पिक्सेल फोनमा मात्रै उपलब्ध भए पनि सबै फोनका लागि उपलब्ध हुन केही महिना कुर्नुपर्ने हुन्छ । तर, पनि यसमा त्यस्ता के विशेषता छन् जसले यसलाई फरक स्मार्टफोन बनाएको छ ? यसको खुल्दुली हुनु स्वाभाविक नै हो । एन्ड्रोइड पाईका विशेषताबारे यहाँ चर्चा गरिनेछ ।

एन्ड्रोइड पाई

जीएनआरको पुनर्मिलन !

सन् २०१६ मा मात्र हो, स्लाय्स र म्याककगन फर्किंदा जीएनआरको पूरा क्लासिक लाइन–अप बन्यो । ‘नट इन दिस लाइफटाइम टुर’ चलिरहेको एक वर्ष बढी भइसक्यो । केही समय अगाडि मात्र जीएनआरले पहिलो एल्बम ‘एपटाइट फर डिस्ट्रक्सन’ फेरि बजारमा ल्यायो, डिलक्स रि–इस्युका रुपमा । ठ्याक्कै ३० वर्ष अगाडि यो चार्ट्सको शीर्ष स्थानमा थियो, अहिले पनि नम्बर १ मा पुगेको छ ।

जीएनआरको पुनर्मिलन !

पहाडका सहयोगी

सिरहा सुखीपुर नगरपालिका ४ स्थित कविलासीका सुनील यादवले भारतको चेन्नाईबाट बीई सिभिल इन्जिनियर सकेलगत्तै दार्चुलास्थित चमेलिया जलविद्युत्को थलीघाट सबस्टेसनमा एक वर्ष काम गरे । अनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणतर्फ लागे । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ मा भूकम्प प्रतिरोधी घर बने/नबनेको हेर्ने काम थाले ।

पहाडका सहयोगी

फ्यान्टसी फुटबल क्रेज

फ्यान्टसी अर्थात् सपनाको कथा । खेलकुदमा भने ‘फ्यान्टसी’ शब्दले केही वर्षयता बेग्लै पहिचान बनाएको छ । खेललाई फरक ढंगले रोमाञ्चक बनाउन अचेल दर्शकमाझ फ्यान्टसी लिगहरू प्रख्यात भइरहेका छन् ।

फ्यान्टसी फुटबल क्रेज

सिड्नीमा ओरिजिनल डुओ

चर्चित ब्यान्ड १९७४ एडीका पूर्वसदस्यद्वय फिरोज स्याङ्देन र एड्रियन प्रधान शनिबार सिड्नीका नेपालीमाझ देखिए । ‘द ओरिजिनल डुओ’ नाम दिइएको कन्सर्टमा उनीहरूले एकसेएक आफ्ना चर्चित गीतहरू गाउँदै बिग टप लुनापार्कमा मनोरञ्जन दिलाएका थिए ।

सिड्नीमा ओरिजिनल डुओ