सानो आन्द्राबाट भएको रक्तश्राव रोक्न दुई साताको अन्तरमा दुई पटक भारतको हरियाणास्थित मेदान्त अस्पताल लगिएका कविवर अहिले उपचारपछिको थकान र कमजोरीमाझ आराम गरिरहेका छन् । यो साता कवि माधवप्रसाद घिमिरे लैनचौरस्थित आफ्नै निवासमा आफू वरपर कुनै भीड र कोलाहल नराखी बसिरहेका भेटिए ।
भारतीय सिनेमालाई विश्वकै ठूलो चलचित्र उद्योगका रूपमा लिइन्छ । तर, भारतीय समाजका सबैभन्दा पछाडि पारिएका समुदायका सरेकार ती फिल्महरूले खासै उठाउन सकेका छैनन् । अझ भारतीय भूमिमा नै विकसित भएको क्रूरता जात व्यवस्थाबारे भारतीय मूलधारका फिल्म खासै बन्ने गरेका छैनन् ।
प्रयोगात्मक नेपाली शब्दकोशअनुसार शूद्र भनेको वर्णाश्रम व्यवस्थाअनुसार मानव समाजको चौथो वर्ग वा वर्ण, अछूत मानिएको वर्ग, हरिजन, निम्न जात । वर्ण भनेको हिन्दु सामाजिक व्यवस्थाअनुसार मान्छेको वर्ग ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र । अनि अछूतको अर्थ हिन्दू वर्ण व्यवस्थाअनुसार छोइछिटो हाल्नुपर्ने जात हो । उता मनुस्मृतिले शूद्रको बारेमा लेखेको अमानवीय क्रूर निर्देशनहरूको उदाहरण मात्रै दिन पनि छुट्टै कोलम जरुरी हुन्छ ।
दिनेश कण्ठ अहिले पोखरा, लुम्बिनी, चितवन र नगरकोट लगायतका चिनियाँ पर्यटकका लागि लोकप्रिय ठाउँमा होटल खोल्ने प्रयास गर्दै छन् । उनको अनुभवमा नेपालमा महँगा चिनियाँ पर्यटक गएकै छैनन् । मध्यम वर्गका केही र निम्न वर्गका चिनियाँ पर्यटक मात्र नेपाल जान्छन् ।
यस पटक निर्देशक राजकुमार हिरानी मिडियामाथि खनिएका छन्, तर्कसहित । त्यसो त कलाकार, फिल्मकर्मीलाई सेलिब्रिटी बनाउने काम पनि मिडियाकै हो । तर, हिरानी मिडियालाई अहिलेको खोजी पत्रकारितामा भन्दा चटपटे बिकाउ समाचार उन्मुख फस्टाउँदो व्यवसाय भनी टिप्पणी गरेका छन् ।
जोगी हुनु त काले राईजस्तो । राईको छोरो उमेरले ३० वर्ष पुगेपछि मात्रै अक्षरको महत्त्व बुझे । त्यसपछि जोगीका साथ लागेर इन्डिया भासिए । अक्षरयात्रा आरम्भ गरे । त्यो पनि संस्कृत भाषा र शिक्षा । गन्तव्य सही ठाउँमा परेछ । जति हिस्सा निरक्षर बाँचे, उत्ति नै हिस्सा संस्कृतज्ञानको महासागरमा चुर्लुम्मै डुबे । वेदान्ताचार्य बने । अनि नेपाली समाजमा फुत्तै निस्किए, डा. स्वामी प्रपन्नाचार्य भएर । उनले जीवनदर्शनको प्रतिपादन गरे । भन्न थाले— ‘जीवन परिश्रमपूर्ण, धैर्यवान र साहसपूर्ण सर्वजनहिताय, सर्वजनसुखायका लागि होस् । सफल होइन असल हुनुपर्छ ।’
नेपाली भाषामा लेखिएका ललितकला विषयसम्बन्धी पाठ्यसामग्रीहरूको सर्वथा अभावलाई दृष्टिगत गर्दै सिर्जना कलेज अफ फाइन आर्टस्ले ‘चित्रकला’ शीर्षकको अत्यन्तै उपयोगी पुस्तक प्रकाशन गरेको छ । यस पुस्तकमा चित्रकलाका तत्त्वहरू, कलाका आधारभूत नियमहरू तथा यस विधामा प्रयोग हुने सामग्री तथा माध्यमहरूबारे जानकारीहरू चित्रसहित समेटिएका छन् । यस अतिरिक्त सुप्रसिद्ध स्वदेशी तथा विदेशी चित्रकारहरूसँग सम्बन्धित विविध जानकारीहरू पनि यसमा समाविष्ट छन् ।
पहिले गोरखाको डाँडोमा गोरखनाथले एउटा लाम्चे फर्सी फलाएर गोरखकालीलाई पकाउन दिएका थिए, उनले पकाएको झोल पृथ्वीनारायण शाहले निकै पिए, गोरखकाली अन्तर्धान भएपछि त्यो फर्सी पृथ्वीनारायणका सन्तानको हात पर्यो, उनीहरूले पकाउन लागे, मौका पारेर हिन्दुस्तानबाट आएका गोराले त्यो फर्सी उडाउन खोजेका थिए ।
नेपालमा चिया खेतीको इतिहास करिब डेढ सय वर्ष मानिन्छ । यो चिया उद्यमका आ–आफ्नै पीडा छन् । न्यूनतम ज्याला नपाएको पीडा श्रमिकसँग छ भने उद्यमीलाई अनावश्यक सेवा सुविधा दिनुपर्दाको समस्या पनि छँदैछ ।
एकतमासले गाडी कुदिरहेको थियो, सयको गतीमा । तर, भित्र बस्दाको अनुभवचाहिँ बडो स्थिर थियो, कहीँ केही नहिल्लएजस्तो । कतिसम्म भने टेबलमाथि राखिएको पानीको बोतलसमेत पनि टसको मस भएको थिएन । नेपालका सडकमा बिस्तारै हाँक्दा पनि पुट्ठो थच्चारिएको अनुभवको पृष्ठभूमिमा चीनका फराकिला र चिल्ला सडकमा गुड्दाको अनुभूतिले सहयात्रीहरू रोमाञ्चित थिए ।
प्रधानमन्त्री केपी ओलीले बेलाबेला जनतालाई देखाउने पानीजहाजको सपनालाई लिएर धेरैले हाँसोको विषय बनाउने गरेका छन् । नेपाल गरिब हुनुको एउटा मुख्य कारण ‘भूपरिवेष्ठित भएर हो’ भन्ने सानैदेखि पढ्दै आएकी थिएँ । तर, जेनेभामा भेटिएका धेरै साथीहरू समुद्रसँग टाँसिएका देशका, समुद्री जीवन शैलीमा हुर्केका र समुद्रले जोडेका दु:खसँग जोडिएका थिए ।
डा. निमा नामग्याल शेर्पा, एमबीबीएस, चीन ताइनजिन मेडिकल विश्वविद्यालयबाट सन् २००९ मा एमबीबीएस सकाएपछि निमाको परिचय यस्तै बन्यो । तर, ठमेलस्थित उनको कार्यकक्ष छिर्दा मेडिकलसम्बन्धी केही देखिंदैन । हिमाली चुचुरा । आइस–क्रु बोकेका मानिस । कम्मरमा डोरीले आपसमा बाँधेका व्यक्ति । हिमाललाई नेपथ्यमा राखेर चरिरहेका याक र चौंरीका बथान । हिमाल चढिरहेका मानिसको लर्को । यस्ता ठूल्ठूला तस्बिर भित्तैभरि छन् ।
अम्बर गुरुङका थुप्रै गीतसंगीत नोटेसनमा छन्, रेकर्डमा आएका छैनन् । यी सिर्जनालाई संरक्षण, कदर र स्थान दिन एउटा यस्तो अम्बर स्मृति घर बनोस् जहाँ अम्बर गुरुङको कला–सिर्जना बाँचिरहोस्, जहाँको सिर्जनशील ऊर्जाले आगामी पुस्ताका नेपाली सङ्गीत उपासकका लागि मार्गदर्शक गरोस् ।
एउटा यस्तो गीत जसलाई संगीतकार अम्बर गुरुङले एकै निमेषमा संगीत भरेका थिए, गायिका अरुणा लामाले आफूले गाउनैपर्ने गीत भनेर जिद्दी गरिरहिन् । गीत रेकर्ड गर्दा अम्बरको सर्त थियो– अरुणा, यो गीत गाउँदा ता स्टुडियोमा रुन पाउँदिनस् । यदि रोइस् भने तैंले यो गीत गाउन पाउँदैनस् ।
बााटाघाटा त नभएका होइनन् । छोटा बाटा, गल्छी–गल्छ्यौंडा त काठमाडौं शहरको विशेषता नै हो । तर, अलिकति हतारमा भएको र सुटबुट लगाएको मानिस गल्लीमा फँस्न पनि सक्दछ । गल्लीको बाटो ढलीमली गर्दै, चिलाएको ढाड पर्खालका भित्तामा कन्याउँदै, साँढे आउने सम्भावना त छँदै थियो । साँढेबाट बच्न गल्लीमा भाग्ने ठाउँ थिएन ।