समाचार

News

अवैध रूपमा कामदार टर्की पठाइयो 

साकुरा इन्टरनेसनल इम्प्लोइमेन्ट कन्सल्टेन्सीले अवैध ढंगले टर्कीमा कामदार पठाउने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई साकुराले कामदारसँग लाखौं रुपैयाँ असुल गरी टर्की पठाइरहेको पीडितहरूले बताएका छन् ।

अवैध रूपमा कामदार टर्की पठाइयो 

मुठभेड नै शंकास्पद !

राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो ।

मुठभेड नै शंकास्पद !

पुनः निर्माणको गति बढाउन प्राधिकरणको निर्देशन

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्प पछिको पुनः निर्माणका कामलाई पूर्ववत् जारी राख्न भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहलाई अनुरोध गरेको छ । प्राधिकरणले यसअघि २०७३ पुससम्म अनुदान सम्झौता गरी पहिलो किस्ता रु ५० हजार लिएका लाभग्राहीलाई २०७४ असारसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो ।

पुनः निर्माणको गति बढाउन प्राधिकरणको निर्देशन

न्यायपालिकामा अतिक्रमण : कांग्रेस

प्रमुख प्रतिपक्षी कांग्रेसले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेप भएको ठहर गरेको छ ।

न्यायपालिकामा अतिक्रमण : कांग्रेस

देउवा नआउने भएपछि संवैधानिक परिषद्‍को बैठक बसेन

प्रधानन्यायाधीश सिफारिस गर्न प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले आफू बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएपछि प्रधानमन्त्रीले बैठक स्थगन गरेका हुन् ।

देउवा नआउने भएपछि संवैधानिक परिषद्‍को बैठक बसेन

प्रदेश १ को नाम किरात नै रहनेछ : दाहाल

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नं.१ को नाम किरात नै रहने बताएका छन् । किरात राई यायोक्खाको ३१औं स्थापना दिवसको उद्घाटन गर्दै मंगलबार उक्त विचार व्यक्त गरेका हुन् ।

प्रदेश १ को नाम किरात नै रहनेछ : दाहाल

सेनाले सुरु गर्‍यो विपद् ब्यवस्थापन शिक्षालय

नेपाल सेनाले विपद् व्यवस्थापन तालिम शिक्षालय सुरु गरेको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मंगलबार शिक्षालयको उद्घाटन गरे । 

सेनाले सुरु गर्‍यो विपद् ब्यवस्थापन शिक्षालय

भारतमा राजदूत : निलकण्ठको नाममा नेकपाभित्रै विवाद

भारतका लागि प्रस्तावित राजदूत नीलकण्ठ उप्रेतीको विषयलाई लिएर सत्तारूढ दल नेकपाभित्र विवाद उत्पन्न भएको छ । शीर्ष नेताहरूले नै आपत्ति जनाएपछि मन्त्रिपरिषद्ले निर्णय गरेको तीन साता बितिसक्दा पनि उप्रेतीको नाम संसदीय सुनवाइका लागि संसद् पठाइएको छैन ।

भारतमा राजदूत : निलकण्ठको नाममा नेकपाभित्रै विवाद

निजी क्षेत्रप्रति दृष्टिकोण परिवर्तन आवश्यक : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धि र देश विकासका लागि उद्योगी व्यवसायीप्रति राज्यको परम्परागत दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । 

निजी क्षेत्रप्रति दृष्टिकोण परिवर्तन आवश्यक : दाहाल

काठमाडौं पोष्टको प्रधान सम्पादकमा अनुप 

कान्तिपुर मिडिया ग्रुपले द काठमाडौं पोष्टको प्रधान सम्पादकमा पत्रकार अनुप काफ्लेलाई नियुक्ति गरेको छ । उनले केएमजीको 'डिजिटल ट्रान्सफर्मेशन' को समेत नेतृत्व गर्ने छन् । 

काठमाडौं पोष्टको प्रधान सम्पादकमा अनुप 

‘सहमति त्यागे १६ औं सत्याग्रह’

प्रा.डा. गोविन्द केसीले आफूसँग भएका सहमति अक्षरश: पालना गर्दै चिकित्सा शिक्षा ऐन शीघ्र जारी गर्न माग गरेका छन् । सरकारले गरेको सहमति तोडे कडा कदम चाल्न बाध्य हुने र १६ औं पटक सत्याग्रह बस्ने चेतावनीसमेत उनले दिएका छन् । 

‘सहमति त्यागे १६ औं सत्याग्रह’

जतुवाको घरघरमा पाइपबाट ग्यास

प्रधानमन्त्री केपी ओलीले अघिल्लो कार्यकालमा घरघरमा पाइपबाट ग्यास बाँडिने भाषण गरेपछि धेरैले हाँसोमा उडाए । भारतले नाकाबन्दी गरेर गयाँसको अभाव भइरहेको बेला उनको यो भनाई पत्याउनेको संख्या कमै थिए ।

जतुवाको घरघरमा पाइपबाट ग्यास

जनकपुर–जलेश्वर सडकमा पाइलैपिच्छे खाल्डाखुल्डी, जर्जर सडकमा गुड्ने बस पनि थोत्रै

जनकपुरबाट महोत्तरीको जलेश्वर पुग्ने सडक खण्डमा पाइलापिच्छे खाल्डाखुल्डी छन् । जर्जर सडकमा गुड्ने बस पनि थोत्रा छन् । जनकपुरबाट जलेश्वर १७ किलोमिटर सडक छिचोल्न बसलाई कम्तीमा १ घण्टाभन्दा बढी समय लाग्छ । वर्षौंदेखि जर्जर बनेको सडकको निर्माण सुरु भएको २ वर्ष बितेको छ ।

जनकपुर–जलेश्वर सडकमा पाइलैपिच्छे खाल्डाखुल्डी, जर्जर सडकमा गुड्ने बस पनि थोत्रै

जथाभावी संरचनाले खलंगा असुरक्षित

भौगर्भिक अध्ययन, माटो परीक्षण र वातावरणीय प्रभाव मूल्यांकनबिनै भौतिक संरचना बनाइएकाले सदरमुकाम खलंगाको चारैतिर पहिरो खस्न थालेको छ । भिरालो भूबनोट, कमजोर जमिन र अन्धाधुन्ध संरचना निर्माण भएकाले खलंगा बजार पहिरोको उच्च जोखिम परेको भेरी नगरपालिकाका इन्जिनियर नवराज शर्माले बताए ।

जथाभावी संरचनाले खलंगा असुरक्षित

युवालाई गाउँमै रोजगारी

घरको आर्थिक अवस्था कमजोर भएपछि मंगलसैन–४ का रोहित विक पढाइ अधुरै छाडेर भारतको मुम्बई गए । त्यहाँ मजदुरी गर्दै आएका उनी ४ वर्षपछि फर्केका छन् । नगरपालिकाले युवालाई गाउँमै रोजरागारी दिन लागेको खबर सुनेर उनी घर आएका हुन् ।

युवालाई गाउँमै रोजगारी

मौरिससमा विद्यार्थी पठाउन रोक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मौरिससमा पढ्न जान चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिन रोक लगाएको छ । दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयको सुझावमा मन्त्रालयले अनुमतिपत्र दिन रोकेको हो ।

मौरिससमा विद्यार्थी पठाउन रोक

रुद्राक्षलाई क्लिप !

चिनियाँ व्यवसायीले थेप्चो पारेको रुद्राक्ष मन पराउने, भारतीयले साविककै । दुई ठूला देशका व्यवसायीको यो अनौठो रुचिले संखुवासभाका रुद्राक्ष उत्पादकलाई नै विभाजित गरेको छ ।

रुद्राक्षलाई क्लिप !