आज ‘मार्च ८’ लाई संसारभरि अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि यो दिन विभिन्न कार्यक्रम गरी मनाइन्छ । विशेषगरी यस सन्दर्भमा नारी स्वतन्त्रता तथा सशक्तीकरणको सवालमा धेरै चर्चा गर्ने गरिन्छ र बराबरी हिस्सेदारीको माग पनि हुने गर्छ । आजका दिनमा यी मुद्दा जति सशक्त ढंगले उठाउन सम्भव छ, त्यो विगतमा निरंकुश राणाशासनको समयमा होस् वा पञ्चायती कालखण्डमा सहज थिएन ।
न्यायका पक्षमा नेपाली महिलाले सामुहिक आवाज उठाउन थालेको एक सय वर्ष पुग्दैछ । १९७४ सालमा भोजपुरको बालविधवा योगमाया न्यौपानेले महिला विरुद्धका हिंसा अन्त्यको पक्षमा विद्रोह बोल्नुमात्र भएन, बोल्नुभन्दा पहिला आफैंले विद्रोह थाल्नुभयो ।
आधुनिक नेपाली युगको ५० वर्षसम्म राज्य–व्यवस्थामा नेपाली महिलाका लागि कुनै स्थान थिएन । राणाशासन र पञ्चायती व्यवस्थामा राज्यको हरेक क्रियाकलाप पूर्णरूपले राज्य नियन्त्रित थियो । फलत: महिला गतिविधि पनि देशमा प्रजातन्त्र प्राप्तिका लागि संघर्षमा नै सीमित थिए ।
नेपालमा कुल जनसंख्याको आधाभन्दा बढी अर्थात् ५१.५ प्रतिशत महिला छन् । तर शिक्षा, अवसर, सहभागिता, स्वामित्व तथा सशक्तीकरणको दृष्टिले महिलाहरू पुरुषभन्दा धेरै नै तल रहेको तथ्य बताइरहनु पर्दैन । महिला जनसंख्या आधाभन्दा धेरै रहेको देशमा कुल राष्ट्रिय आयमा महिलाको योगदान एक तिहाइ पनि छैन ।
राजनीतिको मूलधारमा भएका महिलाहरू कति महिलामैत्री निर्णय र काम गर्छन् भन्ने शेरी हेनरीले आफ्नो पुस्तकमा प्रश्न उठाएकी छन् । पुस्तक ‘द डिप डिभाइड’मा उनी २० वर्षकी हुँदा उनले राजनीतिमा भाग लिन्छु भन्दा त्यतिबेला हाँसोमा उडाएका थिए । पछि यही विषय उनको पुस्तकमा लेखेकी छन् । अर्को कुरा विश्वभर आधा जनसंख्या महिलाको छ ।
‘तिम्रो बुबा के गर्नुहुन्छ ?’ यो प्रश्नको उत्तर हामी नहिच्किचाई दिन सक्छौं । ‘अनि, आमा ?’ धेरैको उत्तर अलि ढिलो आउँछ, ‘अहँ केही गर्नुहुन्न, घरमै बस्नुहुन्छ ।’ बिहान ४ देखि बेलुकी १० बजेसम्म काम गर्ने आमा किन केही काम गर्नुहुन्न भन्ने बुझिन्छ र बिहान १० बजे अफिस गएर बेलुका ४ बजे घर फर्कने बुबाचाहिँ किन काम गर्ने भनी व्याख्या गरिन्छ ?
स्थानीय निर्वाचन घोषणा भएदेखि मधेसी मोर्चा र संघीय गठबन्धन दबाबमा छ । निर्वाचनमा नजाऊँ वा त्यसलाई बिथोलौं त निर्वाचन विरोधी होइने डर र जाऊँ त संविधान संशोधनको आफ्नो माग ओझेलमा पर्ने डर । यो असमञ्जसमा मधेसी नेताहरू यतिबेला एकातिर हामी निर्वाचन हुनदिँंदैनौं पनि भन्दैछन् भने साथमा हामीलाई निर्वाचन विरोधी भनेर चित्रित नगरियोस् वा हामी निर्वाचनका विरोधी होइनौं पनि भन्दैछन् ।
एमालेले सप्तरीमा आयोजना गरेको आमसभा बिथोल्न गएको समूहमाथि प्रहरीले गोली चलाउँदा कम्तीमा तीनजना स्थानीय बासिन्दा मारिएको घटना जति दु:खद् छ, त्यति नै संवेदनशील पनि । यसलाई मधेस या पहाडका समुदायगत पहिचानसँग जोडेर जसरी आरोप–प्रत्यारोप गर्न खोजिएको छ, यसले समस्या सुल्झाउनेभन्दा चर्काउने भूमिका खेल्छ ।
शिक्षा प्रणालीमा पाठ्यक्रमलाई महत्त्वपूर्ण साधनको रूपमा लिइन्छ । किनकि यसले भविष्यमा कस्ता नागरिक तयार गर्ने भन्ने विषय तय गर्छ । पाठ्यक्रमका अपेक्षित उपलब्धि विद्यार्थीमा हासिल गराउन विविध क्रियाकलाप आवश्यक हुने हुनाले शिक्षा प्रणालीले त्यसै बमोजिम शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्छ ।
मदिराको नशाले तरंग ल्याई बरबराउने, होहल्ला गर्ने, हुलहुज्जत गर्ने, रिसइवी साँध्ने, संक्षेपमा द्वन्द्व बढाउनेतर्फ अग्रसर भई हिंसा गर्नेतर्फ प्रवृत्त रहने देखिन्छ । हिजोको घरायसी उपभोगको चलन आज यत्रतत्र सर्वत्र हुनथालेको छ ।
आफ्नो व्यस्त यात्राका क्रममा गाडीमा बजिरहेको गीतले मेरो ह्दयमा स्पर्श गर्दै मलाई भावुक बनायो । त्यसै गीतका स्थायी र अन्तरासँगै मैले जीवनको यथार्थ खोज्न थालेँ । यही बराबरी नै त हो, हाम्रो गन्तव्य हुनुपर्छ ।