गण्डकी

Pradesh-4

बहुविवाहका अभियुक्त २५ वर्षपछि पक्राउ

अदालतबाट कैद फैसला सुनाएका एक अभियुक्तलाई प्रहरीले २५ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालतले उनलाई कारागार चलान गरेको छ । बहुविवाह गरेको अभियोगमा जिल्ला अदालतले लमजुङको बेंसीसहर नगरपालिका-११, चितीका ५४ बर्षे पूर्णबहादुर थापालाई २०५० बैशाख ६ गते १ महिनाको कैद फसलासहित १ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

बहुविवाहका अभियुक्त २५ वर्षपछि पक्राउ

नवलपरासीमा कांग्रेसद्वारा प्रदर्शन

पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नेपाली कांग्रेसले सरकार विरुद्ध प्रर्दशन गरेको छ । कावासोतीको बीपी चोकस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट निस्केको जुलुसले नगर परिक्रमा गरेको छ ।

नवलपरासीमा कांग्रेसद्वारा प्रदर्शन

बेंसीसहर–चामे सडक अवरुद्ध

हिमाली जिल्ला मनाङ जाने एकमात्र बेंसीसहर–चामे सडकको च्याम्चेमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । सोमबार दिउँसो ३ बजे खसेको पहिरोका कारण सवारी आवागमन ठप्प भएको स्थानीयले बताएका छन् ।

बेंसीसहर–चामे सडक अवरुद्ध

आँधीखोलामा सुली फाल्नेलाई कारबाही माग

प्रदेशभित्रका विभिन्न घटना तथा विषयवस्तुमाथि सांसदहरूले प्रदेश सरकारलाई झक्झकाउने क्रम जारी छ । यसै क्रममा उनीहरूले आँधीखोलामा कुखुराको सुली फाल्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, सरकारी जमिन, फेवाताल अतिक्रमण रोक्नुपर्ने माग गरे ।

आँधीखोलामा सुली फाल्नेलाई कारबाही माग

प्रदेश मामिला समितिमा कार्यविधि

गण्डकी प्रदेशसभाले गठन गरेको प्रदेश मामिला समितिले आफ्नो कार्यविधि बनाएको छ । ४ संसदीय समितिमध्ये कार्यविधि बनाउने यो पहिलो हो ।समितिको सोमबारको बैठकले कार्यविधिलाई अन्तिम रूप दिएको सभापति कृष्ण थापाले बताए ।

प्रदेश मामिला समितिमा कार्यविधि

जलविद्युत् आयोजनामा स्थानीयलाई रोजगारी

वैदेशिक रोजगारीका लागि कतार पुगेका रिसिङ गाउँपालिका १ झापुटारका सागर थापा आफ्नो जागिर छाडेर गाउँ फर्किएका छन् । उनले अहिले निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पूर्वतयारी संरचनाको काममा व्यस्त छन् ।

जलविद्युत् आयोजनामा स्थानीयलाई रोजगारी

पोखरी र चौतारा संरक्षण गरिने

महाशिला गाउँपालिकाले पुराना पोखरी र वरपीपलका चौताराहरूको संरक्षणको योजनालाई यो वर्ष पनि निरन्तरता दिने भएको छ । महाशिला ५ लुंखुले अघिल्लो आवदेखि थालेको चौतारी–पोखरी संरक्षण तथा पुनर्निर्माणलाई गाउँपालिकाभर अभियानकै रूपमा लैजाने तयारी गरेको छ ।

पोखरी र चौतारा संरक्षण गरिने

बालुवाडाँडामा भ्यु टावर

कावासोती नगरपालिकाको बालुवाडाँडामा भ्यु टावर निर्माण सुरु भएको छ । ६० फिट उचाइको ६ तले भ्युटावरको लागत करिब २ करोड हुने भनिए पनि पहिलो चरणमा २० लाखबाटै काम सुरु भएको हो ।

बालुवाडाँडामा भ्यु टावर

१० हजारलाई नागरिकता

एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १० हजार ७२ जनाले नागरिकताको प्रमाणपत्र लिएका छन् ।कार्यालयले आव ०७४/७५ मा ६ हजार ४ सय ८९ जनालाई नयाँ नागरिकता वितरण गरेको छ । नयाँ नागरिकता लिनेमा २ हजार ४ सय ११ पुरुष र २ हजार ९ सय ६० महिला छन् ।

१० हजारलाई नागरिकता

अधिकार विवादले विद्यालयलाई मर्का

जिल्लाकै पुरानो विद्यामन्दिर माविको निमावि तहमा विज्ञान र मावि तहमा लेखा विषयको शिक्षक डेढ वर्षदेखि खाली छ । गत शैक्षिक वर्षको आधा बेलासम्म विद्यार्थीले पढ्न पाएका थिएनन् । आंशिक शिक्षक खोजेर पढाइएको भरमा उनीहरू परीक्षा दिन बाध्य भए ।

अधिकार विवादले विद्यालयलाई मर्का