खेलकुद
जेष्ठ १, २०७५

सभामुख कप भलिबल : आर्मी र पुलिस भिड्ने

रोल्पामा जारी प्रथम सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबलमा पुरुषतर्फ त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब फाइनलमा पुगेका छन् । 

सन्दीपसँगै क्रिकेटको वर्चस्व

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ को मनोनयनमा युवा क्रिकेटर सन्दीप लामिछाने र उनको टोलीले वर्चस्व जमाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले वार्षिक आयोजना गर्ने स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी, युवा खेलाडी र उत्कृष्ट प्रशिक्षकको मनोनयनमा क्रिकेटको आधिपत्य रह्यो ।

अलबिदा ‘मणिदाइ’

नेपाली फुटबलसँग जति नजिक छन्, उनीहरूमध्ये सबै नयाँ पुस्ताका लागि मणि शाह ‘मणिदाइ’ हुन् । पछिल्लोपल्ट उनी सार्वजनिक रूपमा देखा परेका थिए, सानेपास्थित हेरिटेज गार्डेनमा भएको एन्फा निर्वाचनमा ।

थ्रीस्टार सेमिफाइनलमा

थ्रीस्टार क्लबले पाँचौं रमपम उदयपुर गोल्डकप फुटबलमा मोरङ–११ लाई ४–१ ले हराउँदै सेमिफाइनल सुरक्षित गरेको छ । सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालमा सोमबार थ्रीस्टारलाई जिताउँदा अजायी मार्टिनले दुई गोल गरेका थिए ।

विभागीय दबदबा

सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।दुवैतर्फ तीनै विभागीय टोली (त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ क्लब) सहित प्रदेश ४ र प्रदेश ५ सेमिफाइनल पुगेका छन् । प्रदेश ४ महिला र ५ पुरुषतर्फ अन्तिम चार पुगेका हुन् ।

वैशाख ३१, २०७५
ADVERTISEMENT
ADVERTISEMENT

स्पोर्टर्स अवार्डः चार विधाका खेलाडी मनोनयन

नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टर्स अवार्ड, २०७४ अन्तर्गत चार विधाका खेलाडीको मनोनयन सोमबार सार्वजनिक गरिएको छ । 

ठूलो अवसर पाएँ : सन्दीप

‘मेरा लागि यो भन्दा ठूलो अवसर अरू हुनै सक्दैन,’ इन्डियन प्रिमियर लिग (आईपीएल) मा आबद्ध पहिलो नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो ‘डेब्यु’ खेलपछि दिएको प्रतिक्रिया हो यो ।

स्पोर्ट्स अवार्डसँग सगरमाथा

पल्सर स्पोर्ट्स अवार्ड २०७४ मा घोराही सिमेन्ट इन्डस्ट्रीको उत्पादन सगरमाथा सिमेन्ट पनि जोडिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अवार्डका लागि घोराही सिमेन्टसँग सहप्रायोजन सम्झौता आइतबार गर्‍यो ।

लिभरपुल च्याम्पियन्स लिगमा

लिभरपुल फरवार्ड मोहमद सलाहको सुरुआती गोलसँगै इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार लिभरपुलले ब्राइटनलाई ४–० ले पराजित गर्न सफल भएसँगै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ ।

ADVERTISEMENT

मनाङ सेमिफाइनलमा

मनाङ मस्र्याङ्दी क्लब पाँचौं उदययपुर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार घरेलु टोली उदयपुर–११ लाई १–० ले पराजित गर्दै मनाङले सेमिफाइल यात्रा तय गरेको हो ।

युभेन्टसले जित्यो सिरी ए उपाधि

युभेन्ट्सले आइतबार राति लगातार सातौं पल्ट इटालीको सिरी ए उपाधि जितेको छ । यसले दश खेलाडीमा सीमित रोमालाई गोलरहित बराबरीमा रोकेपछि यो उपलब्धी हात पारेको हो । 

बार्सिलोनाको अपराजित यात्रा टुंगियो

स्पेनिस ला लिगा अन्तर्गत आइतबार लेभान्तेसँग ५–४ को हारसँगै बार्सिलोनाको  अपराजित यात्रा टुंगिएको छ । लिगको इतिहासमा अपराजित रहँदै उपाधि नजिक पुगेको बार्सिलोना सफल हुन सकेन ।