खेलकुद

Sports News of Nepal

‘ऐतिहासिक खेलमा जितले कोसेढुंगा’

नेपालको पहिलो वान–डे अन्तर्राष्ट्रिय ऐतिहासिक हुनुका साथै पहिलो जितले कोसेढुंगा थपिएको कप्तान पारस खड्काले बताएका छन् । नेपालले बुधबार एमस्ट्राडमको एमस्टलभिनस्थित भीआरए मैदानमा नेदरल्यान्ड्ससँग खेल्दै वान–डे अन्तर्राष्ट्रिय क्रिकेटको ढोका खोलेको थियो ।

‘ऐतिहासिक खेलमा जितले कोसेढुंगा’

विलियन चेल्सीमै बस्ने

ब्राजिलका अन्तर्राष्ट्रिय खेलाडी विलियनले चेल्सीमै बस्ने वाचा गरेपछि टिमलाई ठूलो उत्साह थपिएको छ । प्रिमियर लिग महारथी टोलीमा थिबाउट कोर्टियस र इडेन हाजार्ड पनि बस्नेमा भने शंका गरिएको छ ।

विलियन चेल्सीमै बस्ने

लक्ष्य एसिया कप

नेपालले वान–डे अन्तर्राष्ट्रिय खेल्छ भन्ने सपना थियो, तर म नै प्रशिक्षक भएको समयमा खेल्छ भन्ने थिएन । यसमा नेपालीदेखि विदेशी सबै प्रशिक्षक, यत्रो वर्षदेखि खेल्दै आएका खेलाडी सबैको योगदान छ । म प्रशिक्षक भएको समयमा खेल्यो, त्यसमा खुशी लाग्नु स्वाभाविक हो ।

लक्ष्य एसिया कप

खेल पूर्वाधार अधुरै

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन चार महिना बाँकी छ । तर, त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण धेरै बाँकी छन् । अधिकांश खेलस्थल अधुरा छन् । पूर्वाधार पूरा नभएको खण्डमा राष्ट्रिय प्रतियोगिता प्रभावित हुने खतरा बढेको छ ।

खेल पूर्वाधार अधुरै

बंगलादेशलाई शृंखला

एन्ड्रे रसेलको विष्फोटक इनिङ्स पन्छाउँदै बंगलादेशले सोमबार बिहान वर्षाले प्रभावित दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा वेस्ट इन्डिजमाथि १९ रनको विजय हात पारेको छ । नतिजासँगै बंगलादेशले अमेरिकामा भएको शृंखला २–१ ले आफ्नो पक्षमा पारेको छ ।

बंगलादेशलाई शृंखला
श्रावण २१, २०७५

नेपाली टोली स्वदेश फिर्ता

नेपाली टोली नेदरल्यान्ड्ससँग दुई खेलको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेलेर नेपाल फर्किएको छ । नेपाल र नेदरल्यान्ड्सबीचको शृंखला बराबरीमा टुंगिएको थियो ।

नेपाली टोली स्वदेश फिर्ता

मर्माहत छन् शाक्य

‘अहिले आएर बेकार फुटबल खेलेछु जस्तो लागिरहेको छ । बरु बुवाको व्यापार सम्हालेको भए, अहिले गाडी चढेर हिँड्थें होला । देशका लागि गरेको यत्रो योगदान बेकार भए जस्तो लागेको छ,’ राजुकाजी शाक्यले भने । उनलाई अवकाश जीवनमा आएर पछुतो लागेको हो ।

मर्माहत छन् शाक्य

अफ्रिकी जितमा हेन्ड्रिक्सको शतक

डेब्यु गरिरहेका ब्याट्सम्यान रिजा हेन्ड्रिक्सले शतक बनाएपछि दक्षिण अफ्रिकाले आइतबार श्रीलंकालाई तेस्रो एकदिवसीयमा ७८ रनले पराजित गर्दै शृंखला कब्जा गरेको छ ।

अफ्रिकी जितमा हेन्ड्रिक्सको शतक

नेपाल यू–१९ क्रिकेट टोलीले इडेन गार्डेन्समा खेल्ने

नेपाली यू–१९ क्रिकेट टोलीले भारतको प्रख्यात कोलकाताको इडेन गार्डेन्स मैदानमा खेल्ने भएको छ । हालै मात्र राष्ट्रिय टोलीले विश्व क्रिकेटको ‘मक्का’ इंग्ल्यान्डको लर्डसमा खेलिसकेको अवस्थामा युवा टोलीले पनि त्यस्तै ठूलो अवसर पाएको हो ।

नेपाल यू–१९ क्रिकेट टोलीले इडेन गार्डेन्समा खेल्ने

राष्ट्रिय स्क्वास हुने

तेस्रो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउन २२ देखि २६ गतेसम्म हुने भएको छ । कुल १ लाख ६ हजार रुपैयाँ पुरस्कार राशि रहेको प्रतियोगितामा ७ विधा रहनेछ ।

राष्ट्रिय स्क्वास हुने

एलिसनको डेब्युमा लिभरपुलको जित

ब्राजिलियन गोलरक्षक एलिसनले डेब्युमा क्लिन सिट राखेपछि शनिबार लिभरपुलले नेपोलीलाई डब्लिनमा भएको मैत्रीपूर्ण खेलमा ५–० ले पराजित गरेको छ । एलिसन ६ करोड ७० लाख पाउन्डमा इटालियन क्लब एएस रोमाबाट लिभरपुल आएका थिए ।

एलिसनको डेब्युमा लिभरपुलको जित