विचार

Opinion

न्याय मर्न नदेऊ

छोराको हत्यारालाई पक्राउ गरी कारबाही गरियोस् भन्दै न्यायका लागि वर्षाैंदेखि लडिरहेकी गंगामाया अधिकारी पुन: अनशन बसेको महिना दिन नाघिसक्दा पनि सरकारले देखाएको उदासीनता लज्जास्पद छ । आखिर उनले के नै मागेकी थिइन् र !

न्याय मर्न नदेऊ

‘पपुलिजम’को अन्तर्राष्ट्रिय प्रवाह

वर्तमानलाई बुझ्न इतिहास बुझेर मात्र सम्भव छ– यो त सबैले सधैं भनिरहेकै कुरा भयो । तर कहिलेकाहीँ वर्तमानको राजनीतिक प्रवृत्ति र रुझान बुझ्न मान्छेको समग्र जातकै इतिहासबाट कुरा थाल्नुपर्ने हुन्छ । दैनन्दिनको राजनीतिका कोरा ढाँचाहरूलाई बुझ्न त झन् इतिहासका पुरानै खण्डमा जानुपर्ने पनि हुन्छ ।

‘पपुलिजम’को अन्तर्राष्ट्रिय प्रवाह
असार १४, २०७५

उच्च महत्त्व, औसत उपलब्धि

दक्षिणी छिमेकी भारतसँग सम्बन्ध सामान्यीकरण गरेपछि उत्तरी छिमेकी चीनसंँग घनिष्ट कूटनीतिक, आर्थिक तथा व्यापारिक सम्बन्ध स्थापित गरी नेपालको विकास र समृद्धिमा विशेष सहयोग जुटाउने उच्च अपेक्षासाथ बेइजिङ गएका प्रधानमन्त्री केपी शर्मा ओली आंशिक उपलब्धि हासिल गरी आइतबार स्वदेश फर्केका छन् ।

उच्च महत्त्व, औसत उपलब्धि

प्रकोपसँग जुध्ने तयारी गर

वर्षायाम सुरु भएसँगै मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपहरू देखिन थालेका छन् । बागलुङमा पहिरोका कारण एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन् भने स्याङ्जामा खोलामा आएको बाढीले बगाएर एक किशोरीको मृत्यु भएको छ । चार नम्बर प्रदेशका अधिकांश सडक अवरुद्ध भएका छन् ।

प्रकोपसँग जुध्ने तयारी गर
असार १३, २०७५

नेपाल–चीन सम्बन्ध कति उचाइमा ?

धेरै प्रतिक्षित र अपेक्षित चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली नेपाल फर्किएका छन् । यो भ्रमणले कुन कुरामा नयाँ आयाम थप्यो र कुन कुरालाई निरन्तरता दियो ? अपेक्षा अनुसार चीनबाट नेपालको विकास र समृद्धिका लागि कति सहयोग मिल्यो ? आदिबारे टिकाटिप्पणी चलिरहेको छ ।

नेपाल–चीन सम्बन्ध कति उचाइमा ?

बाह्य सहायतामा मापदण्डको खाँचो

राज्यका प्रमुख अंगहरूमा दातृ निकायहरूको सहयोगलाई लिएर प्रश्न उठिरहेका बेला सर्वोच्च अदालतले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले प्रदान गर्न लागेको करिब ४६ करोड आर्थिक सहयोग अस्वीकार गर्नु सराहनीय छ ।

बाह्य सहायतामा मापदण्डको खाँचो

कांग्रेससँगको अपेक्षा

नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको राष्ट्रिय भेला सकियो । कांग्रेसभित्रकै गैरसंस्थापन पक्षहरूले सोचेजस्तो भेलालाई आफ्नो रणनीति अनुसार अनुकूल पाए–पाएनन्, सम्बन्धित पक्षले मूल्याङ्कन गर्दै गर्लान् । तर सभापति शेरबहादुर देउवाले भने राहतको अनुभव गरे । यस भेलाले कांग्रेसको अबको इतिवृतिमा कस्तो प्रभाव पार्ला, अहिल्यै भविष्यवाणी गर्न सजिलो छैन ।

कांग्रेससँगको अपेक्षा
असार १२, २०७५

माननीयहरूको ‘खेतीपाती’ कता छ ?

एउटा भेडेबाघको पुरानो कथा छ । एउटा भेडालाई लागेछ कि बाघजस्तै बलियो हुनपाए कस्तो मजा हुन्थ्यो ? उसले घनघोर तपस्या गरेछ । आखिर ईश्वर खुसी भई उसलाई वरदान दिएछन् । उसले लामा सिङ, तिखा दाह्रा र नङ्ग्रा पाएछ । भेडाले वरदान त पायो, तर दुर्भाग्य उसले घाँस चर्न सकेन । अब के खाने होला ?

माननीयहरूको ‘खेतीपाती’ कता छ ?

जवाफदेहिताविहीन खर्च

अर्थ मन्त्रालय, योजना आयोग, संसदिय समितिहरूका निर्देशन र अन्य कानुनी व्यवस्था लत्याउँदै यो वर्ष पनि वर्षान्तमै सरकारी बजेट खर्चको ग्राफ बढ्न थालेको छ । सरकारले आर्थिक वर्षको सुरुवाती दुई महिना (साउन र भदौ) मा खर्च गरेजति बजेट असारको तीन दिनमै सकिएको छ ।

जवाफदेहिताविहीन खर्च
असार ११, २०७५

खोइ गणतन्त्र ?

चाहे जस्तोसुकै व्यवस्था किन नहोस्, त्यसमा मानिसको स्वाभिमानपूर्वक बाँच्न पाउने अधिकारको सम्मान हुनुपर्छ । जहाँ त्यो अधिकारको सम्मान हुँदैन, त्यो समाजमा जुनसुकै तन्त्र वा राजनीतिमा जुनसुकै वाद हावी भए पनि त्यसको अर्थ रहँदैन । नेपालमा केही वर्ष अघिमात्र अकालमा हत्या गरिएका छोराका लागि न्याय माग्दै दसतिर धाउँदा केही नलागेपछि अनशन बसेका नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा देहान्त भयो ।

खोइ गणतन्त्र ?

विद्यालय शिक्षा सुधारको खाँचो

धेरै विद्यार्थी अनुत्तीर्ण हुने समस्याबाट मुक्ति पाउन सरकारले तीन वर्षयता कक्षा १० मा ‘लेटर ग्रेडिङ’ प्रणाली लागू गरे पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा झन्–झन् ओरालो लाग्दै जानुु चिन्ताको विषय हो । खस्कँदो एसईई परिणामले हाम्रो माध्यमिक शिक्षाको दुरुह चित्र मात्र प्रस्तुत गर्दैन, उच्च शिक्षाको अन्योलग्रस्त भविष्य पनि औंल्याउँछ ।

विद्यालय शिक्षा सुधारको खाँचो