१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२
प्रदेश १

Pradesh-1

ढुवानीमा कर लगाएको भन्दै लोकमार्गको काम ठप्प

ढुवानीमा समेत कर लगाएको भन्दै निर्माण व्यवसायीले म्याङलुङ हलीमेला खण्डमा निर्माणाधीन मध्य पहाडी लोकमार्गको काम ठप्प पारेका छन् ।

ढुवानीमा कर लगाएको भन्दै लोकमार्गको काम ठप्प

अरुण–३ को बाँध: जोखिम परिवारलाई स्थानान्तरण माग

मकालु गाउँपालिकामा निर्माणाधीन बहुचर्चित अरुण–३, जलविद्युत् परियोजनाको बाँध निर्माण स्थल (ड्याम साइट) का १४ घर जोखिममा परेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सार्न सुरक्षित स्थान खोजी भइरहेको प्रशासनले जनाएको छ ।

अरुण–३ को बाँध: जोखिम परिवारलाई स्थानान्तरण माग

खारेजीका कार्यालय धमाधम भवन बनाउँदै

केन्द्र सरकार अधिनका अधिकांश जिल्ला कार्यालयहरू गत साउन १ गते खारेज भए । जसका कारण प्राय: कार्यालयहरू स्थानीय सरकार मातहतमा गइसकेका छन् । तर, रोचक के भने खारेजीमा परेका दुई वटा सरकारी कार्यालयमा भने धमाधम नयाँ भवन निर्माण भइरहेको छ ।

खारेजीका कार्यालय धमाधम भवन बनाउँदै

धमाधम कर घटाउँदै स्थानीय तह

चौतर्फी आलोचना भएपछि स्थानीय तहहरूले अहिले कर संशोधन तथा छुट दिने निर्णय गर्न थालेका छन् । सामान्य सेवा लिन पनि स्थानीय तहहरूमा कर तिर्नुपर्ने व्यवस्था गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो ।

धमाधम कर घटाउँदै स्थानीय तह

ठेकीको माग बढी

धनकुटा नगरपालिका १ ओक्मालुङ्गकी शारदा मल्ल हिले बजारको पेटीमा बिक्री गर्न राखिएको काठको ठेकी नियालिरहेकी थिइन् । ‘काठको ठेकीमा दूध जमाएको दहीमही खानुको मजा नै अर्कै,’ उनले भनिन्, ‘प्लास्टिकका भाँडाले हैरान भाको थियो, अब मुक्ति पाइयो ।’

ठेकीको माग बढी

सार्वजनिक शौचालय प्रयोगविहीन

दशकअघि छथर गाउँपालिका केन्द्र शुक्रबारे बजारमा निर्माण गरिएको सार्वजनिक शौचालय प्रयोग नहुँदै भत्किने अवस्थामा पुगेको छ । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि प्रयोगमा नआउँदा शौचालय भत्किने अवस्थामा पुगेको हो ।

सार्वजनिक शौचालय प्रयोगविहीन

सुक्खा क्षेत्रमा अरुणको पानी

बाह्रै महिना सुक्खा हुने खाँदबारी–९ तुम्लिङटारमा अरुण नदीको पानी ल्याइएको छ । सौर्य ऊर्जा प्रयोग गरी नदीबाट दैनिक ५० हजार लिटर पानी तान्न थालिएको हो । पानी तान्न सामान्य प्रकाशबाट पनि बढी ऊर्जा निकाल्ने ‘भेरिएबल फ्रिक्वेन्सी ड्राइभ’ प्रविधि प्रयोग गरिएको छ ।

सुक्खा क्षेत्रमा अरुणको पानी
भाद्र ६, २०७५

पानी नहुँदा बसाइँसराइ

मध्य वर्षामा पनि पानीको अभाव भएपछि आठराई गाउँपालिकाका बासिन्दा समस्यामा परेका छन् । उनीहरू पानी नभएपछि अन्यत्र बसाइँ सर्न थालेका छन् ।

पानी नहुँदा बसाइँसराइ

सडकले फेरियो दैनिकी

टुटेदेउरालीदेखि संखुवासभाको गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्मको क्षेत्रमा चौंरीलाई भारी बोकाउने प्रतिस्पर्धा दशकअघिसम्म स्थानीयबीच निकै चल्थ्यो । यो रूटमा जसले धेरै चौंरी पालेर भारी बोकाउने व्यवसाय गर्छ, त्यो प्रतिष्ठित कहलिन्थ्यो ।

सडकले फेरियो दैनिकी

कृषिउपज भण्डारणमा समस्या

प्रशस्त कृषिजन्य उत्पादन हुने जिल्लाका व्यवस्थित भण्डारण नहुँदा किसान समस्यामा परेका छन् । भण्डार गरेर राख्ने व्यवस्था नहुँदा आफ्ना उत्पादन सस्तैमा बेच्नुपर्ने बाध्यतामा उनीहरू छन् ।

कृषिउपज भण्डारणमा समस्या

तुम्लिङटारमा अरुणको पानी

बाह्रै महिना सुख्खा हुने तुम्लिङटारमा अरुणको पानी ल्याइएको छ । खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा सिँचाइका लागि अरुणको पानी ल्याइएको हो । उपभोक्ताले पानी ल्याउन अरुण नदीमा इनार निर्माण गरिसकेका छन् ।

तुम्लिङटारमा अरुणको पानी

अंग्रेजी पढ्न सरकारी विद्यालय

अंग्रेजी भाषामा कमजोर होलान् भन्ने चिन्ताले बाआमा छोराछोरीलाई महँगा विद्यालयमा हाल्छन् तर महानगर विराटनगरमा भने यसको ठीक उल्टो छ । खुला वातावरण र अंग्रेजी विषयमै तालिम प्राप्त उत्कृष्ट विषय शिक्षकका कारणले यहाँ बालबालिका र अभिभावकले सामुदायिक विद्यालय नै रोज्छन् ।

अंग्रेजी पढ्न सरकारी विद्यालय

चिहानघारीमा वडा र प्रहरी कार्यालय

कोठा भाडा महँगो । व्यस्त चोक बजारमा सार्वजनिक जग्गा अभाव । यस्तो अवस्थामा धरान उपमहानगरपालिका–१७ को वडा समिति कार्यालयको आर्थिक भार कम गर्न चिहानघारी छनौट गरिएको छ ।

चिहानघारीमा वडा र प्रहरी कार्यालय

नगरपालिकाको निर्देशन विद्यालयले मानेनन्

कक्षा ११ र १२ कक्षाको पठनपाठन दिउँसो गराउने इलाम नगरपालिकाको प्रयास असफल भएको छ । नगरपालिकाले सबै उच्च माध्यमिक तहका कक्षा दिउसो मात्र चलाउन निर्देशन दिए पनि विद्यालयले अस्विकार गरेका हुन् ।

नगरपालिकाको निर्देशन विद्यालयले मानेनन्

मेची पहाडमा २७ मोबाइल टावर थपिँदै

विकट पहाडी क्षेत्रमा सञ्चारको पहुँच नपुगेको गुनासो आइरहेका बेला मेचीका ३ पहाडी जिल्लामा २७ वटा नयाँ मोबाइल टावर थपिने भएका छन् । नेपाल टेलिकमले ३ जिल्लाका अत्यावश्यक स्थानमा एकै पटक यति धेरै टावार बनाउने पक्रिया सुरु गरेको हो ।

मेची पहाडमा २७ मोबाइल टावर थपिँदै

आपराधिक घटना लगातार, कारबाही शून्य

सातायता महानगरमा शृंखलाबद्ध आपराधिक घटना भइरहेका छन् । प्रहरीले घटनामा संलग्नलाई नियन्त्रणमा लिन सकेको छैन । महानगर र लेटाङ नगरमा गरी सातामा चारवटा आपराधिक घटना भए । दुई जनाको वीभत्स हत्या भयो ।

आपराधिक घटना लगातार, कारबाही शून्य