विचार
फाल्गुन ३०, २०७४

नेपाली ‘राज्य’ को पुनरागमन

त्यसो त जहिलेबाट अहिलेको नेपाल एउटा राज्यको रूपमा स्थापित भयो, त्यसबेलादेखि नै यसको आफ्नो सार्वभौमिकता अविच्छिन्न रहँदै आएको छ । अन्य मुलुकको इतिहासमा जस्तै नेपालको सन्दर्भमा पनि बेला–बेला केही भूभाग थप प्राप्त गर्ने र गुमाउने कार्य भएको त इतिहासमा छँदैछ । तसर्थ नेपाल देश त जुन बेलादेखि बनेको हो, यो सधैं छँदैछ र जे चिज सधैं छ, त्यसको पुनरागमन हुँदैन ।

फेरि यस्तो नहोस्

यूएस बंगलाको विमान सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ५१ जनाले ज्यान गुमाउनुपर्‍यो भने विमानमा रहेका २० जना घाइते छन् ।

दम्भको घोडामा सवार पराजुली

२०७४ फागुन २८ गते सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा इतिहासमा विरलै हुने आदेश जारी भयो । इजलासका एकजना सदस्य चोलेन्द्रशमशेर जबराले जारी गरेको आदेशले नेपालको न्यायिक जगत्को मात्र नभई अन्तर्राष्ट्रिय न्यायिक जगत्कै ध्यानाकर्षण गरेको छ ।

बारको धुमिल छवि

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले २०६२/६३ को जनआन्दोलनमा जनताको अधिकार, लोकतन्त्र, कानुनी शासन र स्वतन्त्र न्यायपालिका स्थापनार्थ खेलेको भूमिकासँगै यसको अपरिहार्य आवश्यकता राज्य र जनताले महसुस गरेका थिए । फलस्वरुप नेपालको संविधान २०७२ को धारा १५३ (ङ) ले नेपाल बार एसोसिएसनलाई संवैधानिक परिचय दिएको छ ।

अमेरिकी दूतावासलाई प्रश्न

२ वर्षअघि छोरा पोषण विषय लिएर स्नातक गर्न क्यालिफोर्निया र ८ महिनाअघि छोरी पूर्ण छात्रवृत्ति पाएर पत्रकारिता विषयमा १० महिने स्नातकोत्तर गर्न न्युयोर्क गएकाले हामी अभिभावकलाई छोरीले आफ्नो दिक्षान्त समारोहमा सहभागी हुन बोलाइन् र हामीले आवेदन दियौं ।

वायुसेवाका ‘महामहँगा सल्लाहकार’

–पत्याउनुहोस्, नपत्याउनुहोस्– नेपाल एयरलाइन्समा मासिक २६ हजार ५ सय अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँभन्दा बढी) तलब खाने एक विदेशी कर्मचारी छन् । यो कमाइ दैनिक लाख रुपैयाँ हाराहारी हो ।

फाल्गुन २९, २०७४

नयाँ डम्फु : २१औं शताब्दीको समाजवाद

एमालेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादीको एक्काइसौं शताब्दीको जनवादबीच समन्वय नभएर यी दुई दलको एकता अड्केको समाचार धेरैको आँखा परेको होला । यी दुई बीचको मूर्त सैद्धान्तिक फरक कसैले प्रस्ट्याएको छैन ।

ओली सरकारले ध्यान दिनुपर्ने कुरा

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा माओवादी केन्द्र सम्मिलित बहुमतको सरकार निर्माण भएको छ । ६ वटा प्रदेशमा वाम गठबन्धनको बहुमतको र अधिकांश गाउँपालिका र नगरपालिकामाा पनि वाम गठबन्धनको बहुमत आजको राजनीतिक स्थिति हो ।

शक्तिशाली सरकारको निहितार्थ

मुलुकले पहिलोपटक तीन चौथाइ समर्थनको शक्तिशाली सरकार पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अधिकांश दलले विश्वासको मत दिँदा प्रतिपक्षमा नेपाली कांग्रेस एक्लै परेको छ ।

नेपाली फिल्म उद्योगलाई भुटानी पाठ

३ वर्षअघि भारतको नयाँदिल्लीमा भुटानी सञ्चारकर्मीहरूसँग १५ दिन सँगै अध्ययन गर्ने अवसर मिलेको थियो । मिडिया सम्बन्धी जामिया मिलिया युनिभर्सिटीको सानो कोर्सका क्रममा नेपाली र भुटानी सञ्चारकर्मीमाझ फिल्मबारे पनि कुराकानी चल्यो ।

ADVERTISEMENT
ADVERTISEMENT

नेपाल विकासको मार्गमा

भर्खरै प्रदेश नं. १ का मुख्यमन्त्री बनेका शेरधन राईले आफ्नो प्रदेशलाई साँच्चै समृद्ध बनाउने उद्घोष गरेका छन् । उनले भनेका छन्, जलविद्युतको क्षेत्रमा हाम्रो प्रदेश निकै धनी छ । त्यसतर्फ प्रदेशको ध्यान जानुपर्छ । उनले भनेजस्तै प्रदेश नं. १ मा जलको सम्भाव्यता निकै छ ।

विनाशतिर जाने विकास–मार्ग

खाने तेल उत्पादनका लागि प्रख्यात ‘ख्वना’ (खोकना) आजभोलि अशान्त छ । एकातिर नेपाली सेना एक्स्काभेटरसहित तैनाथ छ । अर्काेतिर ‘ख्वनामि’ (खोकनावासी) ब्यानर र प्लेकार्डसहित धर्नामा खटिएका छन् । एकातिर छ राष्ट्रिय सेना, अर्काेतिर छन् स्थानीय जनता ।