सम्पादकलाई चिठी

Pathakmanch

स्पष्टीकरण चाहियो

प्रधानमन्त्री के.पी. शर्मा ओली लोकतन्त्रको दुहाइ निकै दिन्छन् । तर उनकै मन्त्रीमण्डलबाट लोकतन्त्रको चरित्र विपरीत विधेयकहरू पास हुन्छन् । ओली मन्त्रिपरिषदले पारित गरेको गोपनीयताको हक सम्बन्न्धी विधेयक तोडमोड गरी पास गरिएको उनकै पार्टीका पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले बताएका छन् । तर ओली मौन छन् ।

स्पष्टीकरण चाहियो

असुरक्षित आकाश

गोरखाको साना गाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको कलसाइन ९ एनएएलएस हेलिकप्टर नुवाकोट आइपुग्दा दुर्घटना हुनपुग्यो । जहाँ एकै ठाउँमा ६ जनाको ज्यान गएको छ भने १ जना जीवित भेटिएकी छन् ।

असुरक्षित आकाश

राष्ट्रिय ढुकुटीको दुरुपयोग

भदौ २३ गते राष्ट्रपति निवासमा आयोजित तीजको दर कार्यक्रम र प्रधानमन्त्री निवासमा ओली वंशावली भेला कार्यक्रमले हाम्रा राष्ट्र प्रमुखहरू राष्ट्र र आम नागरिकप्रति कति उत्तरदायी रहेछन् भन्ने प्रस्ट पारेको छ ।

राष्ट्रिय ढुकुटीको दुरुपयोग

शिक्षा दिवसको सार्थकता के ?

केको खुसियालीमा शिक्षा दिवस मनाइएको हो भनी शिक्षाका तथ्यांक अध्ययन गर्दा थाहा भयो कि यस्ता रहेछन्, बिरालो बाँधेर श्राद्ध गर्नाका कारण :

शिक्षा दिवसको सार्थकता के ?

दर त खाऔं तर विचार गरेर

भोलि नेपाली महिलाहरूको महान चाड हरितालिका अर्थात् तीज अनि आज ‘दर खाने दिन’ । आफ्नो बाल्यावस्थाका दिनहरू सम्झन्छु, मध्यरातमा आमादिदीहरूले गुँद अनि खीर पकाएर खाएको । अनि अचेल विकसित हुँदै गइरहेका कुसंस्कार पनि सम्झन्छु, महिनौं दिन अघिदेखि घर–घर घुमेर ‘दर खाने’ विचलन, जसमा शुद्धता छैन ।

दर त खाऔं तर विचार गरेर
भाद्र २४, २०७५

बालबालिकाको खाजा नखोस

शिक्षासम्बन्धी व्यवस्था गर्न शिक्षा मन्त्रालयले तयार गरेको विधेयकबाट शिक्षा दिवसको पूर्वसन्ध्यामा मन्त्रिपरिषद्ले पोसाक सुविधा कटौती गर्नुका साथै २ लाख ६० हजार बालबालिकाले विद्यालयमा पाउँदै आएको दिवा खाजा खोसेको समाचार सुनियो ।

बालबालिकाको खाजा नखोस

गैरजिम्मेवार डाक्टर

२३ गते प्रकाशित भरतपुरका ४ अस्पताल चहार्दा चहार्दै कुनैले पनि भर्ना नलिएपछि ३ वर्षीय अन्जान र निर्दोष बालकको ज्यान गयो । बच्चा जसलाई भगवान्को रूप मानिन्छ, बिचरा उनैको डाक्टरको गैरजिम्मेवारीले ज्यान गयो ।

गैरजिम्मेवार डाक्टर

व्यवस्था फेरियो, अवस्था फेरिएन

गणतन्त्रको घोषणादेखि संघीयताको सूत्रपातले संघीय गणतान्त्रिक मुलुकका रूपमा नेपाललाई परिभाषित गरिसकेका छौं । यस्ता परिभाषा संसारका थोरै राष्ट्रले मात्र हासिल गर्न सकेका छन् । हामी आफ्नो राज्यव्यवस्थाप्रति गौरवमय अनुभूति गर्छौं ।

व्यवस्था फेरियो, अवस्था फेरिएन

अवकाश उमेर हद

सरकारी नीतिनियम बेलाबखत चर्चामा आउँछन् । सरकारले चाहेमा कमसल नीतिनियम पनि लागू हुन्छन्, नचाहेमा असल नीतिनियम भए पनि ती त्यत्तिकै सेलाउँछन् वा ‘पेन्डिङ’ मा राखिन्छन् ।

अवकाश उमेर हद

बलात्कारको कारक

बलत्कारको कारक तत्त्व के ? भारत संसारमा १ नम्बरमा आउँछ महिला बलात्कार हुने देशहरूको सूचीमा । हरेकजसो बलिउड चलचित्रमा अश्लीलता, हिंसा, बलात्कार, लडाइँलाई देखाइन्छ । यही प्रभाव समाजमा छाप बनेर बस्छ ।

बलात्कारको कारक

महिला अधिकार र तीज

परापूर्वकालमा महिला घरकै काममा व्यस्त हुनुपर्ने र पुरुषको अधीनमा रहनुपर्ने अवस्थाबाट १ दिन भए पनि छुट्टी मिलाएर माइत जाने र आफ्ना दु:ख–पीडा गीतमार्फत व्यक्त गर्दै आएको सम्झनामा तीज पर्व मनाउँदै आएको भनाइ धेरै महिलाको रहिआएको छ ।

महिला अधिकार र तीज

तपाईंको जग्गा त बेचिदिएनन् !

‘करोडौंको घडेरी किर्ते गरी बिक्री’ समाचारमा मालपोत कार्यालयका कर्मचारी र भूमाफियाहरूको मिलेमतोमा सक्कली जग्गाधनी चन्दनकृष्ण कायस्थको बुढानीलकण्ठमा रहेको ४० आनाभन्दा ज्यादा जग्गा हत्याउन नक्कली जग्गाधनी बनेर लालपुर्जा नक्कली, नागरिकता नक्कली, वारेसनामाको कागज पनि नक्कली बनाउनु भ्रष्ट, अनैतिक र किर्ते गतिविधि हो ।

तपाईंको जग्गा त बेचिदिएनन् !

घर निर्माणमा झमेला

काठमाडौं तथा अन्य महानगरपालिकाहरूले नक्सा पास नगरी बनाएका अनियमित घरटहरा नियमित गर्ने नाममा फिल्ड सर्भे नगरी साधारण जरिवाना लिएर नक्सा पास गरेको देखिन आएको छ ।

घर निर्माणमा झमेला

सिफारिस गरेका छैनौं

भदौ २२ गते कान्तिपुरमा प्रकाशित ‘करोडौंको घडेरी किर्ते गरी बिक्री’ शीर्षकमा प्रकाशित समाचारमा बूढानीलकण्ठ नगरपालिका वडा नं ७ कार्यालयबाट घरबाटो सिफारिस गरेको भन्ने उल्लेख भएकामा यस वडाको गम्भीर ध्यानाकर्षण भएको छ ।

सिफारिस गरेका छैनौं